MOTIVATIONAL ARTICLE RFOM MARS PLANET GOD
आफैसँग प्रेम गर्नु त्यति ठूलो पाप हैन, जति आफैलाई वास्ता नगर्नु हो । – विलियम शेक्सपियर
तपाई परमात्माको दिव्य अंश हो । त्यसैले तपाई कुनै पनि हालतमा कमजोर या अयोग्य हुनसक्नु हुन्न । यदि तपाई साँचो मनले परमात्मामा आस्था राख्नुहुन्छ भने उसले पनि तपाईलाई विर्सदैन ।तपाईको आस्था उसमा जति दृढ हुन्छ । त्यति नै तपाईको कार्यक्षमता पनि बढ्ने छ । जीवनमा अविश्वास पलाउन नदिनुस ।अविश्वासले शंकालाई जन्म दिन्छ । शंकाका स्थितिमा कुनै पनि काम पूरा हुदैन । प्रकृतिको भण्डार अक्षय छ । परमात्माले हाम्रो उपभोगको लागि यति धेरै कुरा दिएका छन्, हाम्रो कैयौँ पिंढीले पनि त्यो सकाउन सक्ने छैनन् ।
तपाई जब त्यो परमात्मासँग जोडिनु हुनेछ,तब जब तपाईको मनो–मस्तिष्कको तरंग त्यो महान् शक्तिसँग जोडिने छ, जब तपाईको मनो–मस्तिष्कको तरंग त्यो शतिmसँग जोडिने छ तब तपाईलाई ज्ञात हुनेछ, उसको त स्वभाव नै दिने हो । जुन प्रकार सूर्यको स्वभाव प्रकाश दिनु हो । उसले समस्यामा जड–चेतनालाई प्रकाश दिन्छ । ऊ नमागीकनै प्रकाश दिन्छ ।उसको प्रकाशमा कहिल्यै कुनै कमी आउँदैन । एक बत्तिले यदि अर्काै बक्ती बलियो भने दुबै बक्ती एक समान बल्छन् । कुनै पनि प्रकाशमा कमी आउँदैन । यसै प्रकार यदि तपाई अरु कसैलाई प्रेम, सुख एवं सहयोग प्रदान गर्नुहुन्छ भने तपाईसँग कुनै प्रकारको कमी आउने छैन । सहयोग ,सेवा एवं समर्पण यी यस्ता गुण हुन् जुन खर्च गर्नाले कहिल्यै घट्दैन । यसलाई जति खर्च गर्छाै उति नै बढ्ने छ ।
तपाई गरिब एवं आवश्यक परेकालाई जति मदत गर्नुहुन्छ उति नै तपाईको यश फैलँदै जाने छ । यदि तपाई कसैलाई कुनै प्रकारको मदत गर्नुहुन्छ भने त्यो मानिस आजीवन तपाईको अभारी बनिरहन्छ । सो बाहेक समय आवश्यकतामा तपाई पनि उसबाट आफ्नो सहायताको आशा गर्न सक्नुहून्छ । यदि तपाई आफूभित्र निहित दिव्य शक्तिलाई चिनेर त्यसको स्वभाव आफूतिर मोड्न सक्षम रहनु हुन्छ भने तपाई पनि यो जिवनमा सफलताको अदभुत रहस्य जान्न सक्नुहुन्छ । जसलाई यो रहस्यको ज्ञान हुन्छ उसको कार्य क्षमता निरन्तर बढ्दै जान्छ । किनकी सबै मानिसको जीवन त्यो परमात्माको अंश हो । त्यसैले उसको सम्बन्ध त्यो अनन्त एवं दिव्य शक्तिबाट हुन निश्चित छ । परमात्माबाट हाम्रो मनो –मस्तिष्कको तरंग जोडिने वित्तिकै हाम्रो आत्माको विकास हुन थाल्छ ।यस्तो भएमा दुःख दरिद्रदा हाम्रो मनबाट हटेर जान्छ ।
यी दोषबाट मुक्ति हुने वित्तिकै हामीलाई परमात्माको दर्शन हुन्छ हाम्रो प्रगति–पथका तमाम अवरोध हटेर जान्छ । परमात्माके अनुभूत गर्दे हामी आफूलाई दुनियाँको श्रेष्ठ एवं सबल प्राणी मान्न थाल्छौ । हामी सबैभन्दा पहिला त्यो काम गर्नको लागि तयार हुनुपर्छ जुन काम कुनै बेलामा हामीले कठिन या असंभव भनेर छोडिदिएका थियौँ । यो सबै प्रभुको कृपा एवं प्रेरणाबाटै संभव छ । सहि अर्थमा परमात्माको कृपाको अधिकारी त्यहि हुन्छ ।जसको मन निर्मल होस्, जो छल कपट एवं द्धेष भावबाट मुक्त होस् । परमात्मासँग सम्बन्ध जोड्नु छ भने हामीले आफ्नो मनबाट नराम्रो बिचार त्याग्नुपर्छ । यदि हाम्रो मन अपवित्र छ या त्यसलाई कुत्सित बिचार भरिएको छ भने दैवी शक्तिको धारालाई हामीले आफ्नो अनुकुल मोड्न सक्दैनौ । यदि हामी मनलाई पवित्र गर्छाै,यदि हाम्रो मन परोपकारको भावले ओतप्रोत छ भने निश्चय नै हामी आफूलाई त्यो परमात्माको नजिक अनुभव गर्न थाल्छौँ ।
प्राय ःफोहोरी बिचार एवं स्वार्थपुर्ण कामले हाम्रो आँखामा माया मोहको पर्दा हालिदिन्छ । यो पर्दाको कारण नै हामीलाई परमात्माको दर्शन हुन सक्दैन । हामी उसको श्रेष्ठता देख्न सक्दैनौं तथा उसको कृपाबाट वञ्चित रहन्छौँ । हामी एक संकीर्ण दायरामा अट्की रहन्छौ । यदि जिवनमा सफलता हासिल गर्नु छ भने आफ्नो यो संकीर्ण दायरा तोड्नुस् । आफ्नो दृष्टिलाई ब्यापक बनाएर हेर्नुस,तपाईले पाउनु हुन्छ, जुन वस्तु तपाई पाउन चाहनु हुन्छ त्यसले त तपाईलाई नै खोजिरहेको छ ।आफ्नो संकीर्ण दृष्टिकोण त्यागेर तपाई जे चाह्यो त्यहि प्राप्त गर्न सक्नु हुन्छ । कहिल्यै पनि आफ्नो मनमा यो हिन भावना पलाउन नदिनुस, तपाई केहि गर्न सक्नुहुन्न । आफुलाई निर्धन, कमजोर या साधनहिन नसझ्नुस् । यदि तपाई हीन भावनामा घेरीरहनु हुन्छ भने तपाईको जीवन निश्चिय नै अन्धकारमय हुने छ ।नकारात्मक एवं दरिद्रतापूर्ण विचारलाई कहिल्यै पनि आफ्नो मनमा स्थान नदिनुस् ।कुत्सित बिचार कुनै पनि रुपमा तपाईको लागि उपयोगी हुन सक्दैन ।
जब सम्म हिन भावना तपाईमा हावी हुनेछ, तपाई आफ्नो दिब्यशक्तिको फाइदा उठाउन सक्नु हुन्न, तपाईको कुनै पनि इच्छा पुर्ण हुन सक्दैन । आफ्नो जीवनमा सफलतामा हासिल गर्नकोलागि तपाईले मनको भावलाई त्यस्तै ढाल्नुपर्ने छ ,जस्तो तपाईको खोजी छ ।यदि तपाई सुःख समृद्धि पाउन चाहानु हुन्छ भने आफ्नो विचारलाई पनि समृद्ध बनाउनुस् । यदि तपाईको मन दुःख –दरिद्र विचारले ओतप्रोत छ भने तपाईको जीवनमा सुख–समृद्धि आउन सक्दैन । जब सम्म तपाईको बिचार सुख–समृद्धिले पूर्ण हुँदैन तपाई देखि सुख–समृद्धि पनि टाढा भागिरहने छ । तपाई जब सम्म आफ्नो विचारलाई पवित्र बनाउनु हुन्न, तब सम्म तपाई सुख –समृद्धिको नजिक जान सक्नुहुन्न । यदि तपाई जीवनमा सफल हुन चाहनु हुन्छ भने आफ्नो मनलाई आशा, उत्साह ,धैर्य , संयम आदि गुणले ओत–प्रोत राख्नुहोस् । यदि तपाई सुम्पेको कामलाई पूर्ण उत्साह,अटुट मनोबव एवं आत्मविश्वासका साथ गर्नुहुन्छ भने निश्चय नै तपाईको टाउकोमा सफलताको ताज हुनेछ ।
यस्तो कुनै काम छैन जसमा केही विघ्न, बाधाहरु नआओस् , यदि तपाईको पनि काममा कुनै बाधा आएको छ भने तपाई नडराउनुस् । हिम्मतका साथ परिस्थितिको सामना गर्नुस् । यदि तपाई त्यो समस्याको हल देखिरहनु भएका छैन भने आफ्नो कुनै शुभचिन्तक या अनुभवी मानिसको मद्यत लिनुस् । उसको अनुभवको फाइदा उठाएर तपाई निश्चय नै सफल हुन सक्नुहुन्छ । आजसम्म जति पनि महापुरुष भएका छन उनीहरुले विषम परिस्थितिमा पनि कहिल्यै हार मानेनन् । उनीहरुले कहिल्यै साधनको वास्ता गरेनन् ।
जब उनीहरु माथि कुनै विपत्ति आयो उनीहरुले दुईगुणा लगन, हिम्मत र तागतका साथ काम गर्न शुरु गरे । आफ्नो अटुट लगन परिश्रम एवं आत्मविश्वासका बलमा नै उनीहरु विषम परिस्थितिलाई पनि आफ्ना अनुकुल मोड्नमा सफल भए ।
यदि तपाई आफ्नो लक्ष्य पाउन चाहानु हुन्छ, यदि तपाई सफलता हासिल गर्न चाहनु हुन्छ भने आलस्यलाई यसै समय त्यागिदिनुस् । जब सम्म तपाई आलस्यमा भईरहनु हुन्छ, तपाईको कुनै पनि कार्य समयमा पूरा हुन सक्दैन । अल्छी मानिसको यो स्वभाव हुन्छ, उ आजको कामलाई भोली भनेर टालिदिन्छ । परिणाम स्वरुप त्यो काम धेरै ढिलो हुन्छ । जुन समयमा त्यो काम पुरा हुन्छ त्यसको आवश्यकता सकिसकेको हुन्छ । यस्तो भएमा अल्छी मानिस आफ्नो मेहनतको सहि मूल्य कहिल्यै लिन सक्दैन । यदि तपाई जीवनमा सफलता हासिल गर्न चाहनु हुन्छ भने सुम्पिएको कामलाई आफ्नो योग्यता एवं क्षमताका साथ समय रहँदै पूरा गर्नुस् ताकि तपाईले त्यसको सहि मूल्य पाउन सक्नुहोस् तथा मानिसको नजरमा तपाईको विश्वास जम्न सकोस् । यदि तपाई आलस्य त्यागेर कर्मक्षेत्रमा हामफाल्नुहुन्छ भने निश्तिय नै सफलताले तपाईको पाइला चुम्ने छ ।
जीवनको एक–एक पल अनमोल छ । सानो क्षणको पनि दुरुपयोग नगर्नुस् । यदि तपाई समयको कदर गर्नुहून्छ भने समयले पनि तपाईको कदर अवश्य गर्ने छ । यदि तपाई आफ्नो भविष्य उज्ज्वल बनाउन चाहनु हुन्छ भने सफलताको रहस्य थाहा पाउनुस् । ती महापुरुषका चरित्र पढ्नुस् जसले दृढ आत्मविश्वास एवं अटुट मनोबलद्धारा सफलता हासिल गरे । यदि तपाई कुनै कारणवश जीवनमा असफलत हुनुभयो भने केही छैन, तपाई यो कुरादेखी डराउनु पर्दैन । यो परिस्थितिको तर्फबाट तपाईको लागि एक खुल्ला चेतावनी हो, निश्चिय नै तपाईको प्रयासमा कतै कमी रहेको छ ।
यदि तपाई आफ्नो त्यो कमीमा बिचार गरेर त्यसमा आवश्यक सुधार गर्नुहुन्छ भने अर्काे प्रयासमा तपाई सफल हुनुहुन्छ । तपाईल असफल हुँदैमा हिम्मत हारर बस्नु हुँदैन, बरु दुईगुणा उत्साहले आफ्नो काममा जुट्नुपर्छ ।तपाईले कमिलाले अन्नको कण लिएर पर्खाल चढेको अनेकौ पटक देख्नु भएको होला । यस्तो गर्दा ऊ अनेकैाँ पटक भित्ताबाट चिप्लन्छ । तर पनि उसले हिम्मत हार्दैन । जससम्म उसले सफलता पाउँदैन तबसम्म उ प्रयास गरिरहन्छ । कमिलाबाट पाठ सिक्नुस् तपाई पनि असफलतालाई निरन्तर प्रयासद्धारा सफलतामा बदल्न सक्नुहुन्छ । सफलताको रहस्य जानेर त्यसलाई आफ्नो जीवनमा अपनाउनुस् । तपाईले पाउनु हुन्छ,केही समयमा नै सफलता स्वतः तपाईतिर बढिरहेको हुन्छ ।
यदि तपाई सफलताको नजिक जान चाहनु हुन्छ भने भाग्यको भरोसामा बस्न छोडिदिनुस् । भाग्यको भरोसामा बसेर तपाईले केहि हासिल गर्न सक्नुहुन्न । भाग्य कुनै देवी देवताद्धारा लेखिँदैन,बरु त्यसको निर्माण हामी आफैले गर्नुपर्छ ,बिना परिश्रम आज केहि पनि पाउन संभव छैन । यदि हामी भाग्योदयको प्रतिक्षामा बसिराख्यांै भने हामीले त्यो पनि गुमाउने छौँ जुन हामीले मेहनतले कमाएका छौँ ।यदि आफ्नो भविष्य उज्वल बनाउनु छ भने हामीले आफ्नो दिव्यशक्ति चिनेर त्यसबाट फाइदा लिने पूरा प्रयास गर्नु पर्छ । आफ्नो मेहनत, लगन, दृढ संकल्प एवं आत्मविश्वासको बलमा नै हामी आफ्नो असफलतालाई सफलतामा बदल्न सक्छौ । सफलता पाउने यो भन्दा ठूलो अरु कुनै रहस्य हुन सक्दैन ।
स्रोत ः मनको शक्ति र सफलताको साहस (डीकुरा पब्लिकेशन ) अनुःबि.पाैडेल
(मिलन आफन्त तथा विश्व सन्देश परिवारबाट)
समाप्त