चैतन्त मस्तिष्कको चमत्कारः शताब्दि बर्ष व्यक्ति

चैतन्त मस्तिष्कको चमत्कारः शताब्दि बर्ष व्यक्ति
हामी जीविका त्यसले चलाउँछौं, जे हामीलाई मिल्छ, तर हामी जीवन त्यसले बनाउँछौं जे हामी दिन्छौं ।
विन्स्टन चर्चिल

मैले सयौं मानिससँग साक्षात्कार गरेको छु । यस बीचमा मैले पाएँ कि उनीहरु सबको दिमाग आफ्नो सफलताको विषयमा धेरै सचेत छन् । यी मध्य केहि मानिस धेरै पढे लेखेका थिए । केहि मानिस, उदाहरणको रुपमा, फोर्ड जस्ता मानिस त्यति नै पढे लेखेका थिएनन् । यी मानिसले आफ्नो दिमागलाई कसरी प्रभावशाली तरिकाले प्रयोग गरे ? यसको पछाडि स्कुलको शिक्षा हुनु या नहुनुले कुनै फरक पर्दैन न ती विलक्षण बुद्धि भएमा मानिस थिए । तब आखिरमा त्यो के कुरा थियो जसले उनको दिमागलाई ठुलो लक्ष्य हासिल गर्नको लागि प्रेरित ग¥यो ? के कुरा थियो जसले जिन्दगीको हर मोडमा यस्तो कुरा रोज्ने उपाय सिकायो जसले उनलाई धेरै फाइदा हुनसक्यो ? यो उनको सफलता–चेतना थियो । उनीहरु सब आफ्नो सफलताको बारेमा धेरै सचेत थिए । पहिला आफ्नो दिमागलाई चिन, सफलता–चेतना यसपछि मिल्नेछ । जब फोर्ड एक उत्कृष्ट र सस्तो कार बनाउनमा सफल भए तब पनि उनले आफ्नो सफलता–चेतनाको साथ छोडेनन् । उनलाई सुनिश्चित गर्नु थियो कि उनको कार हर स्थानमा पुगोस् र पुरा देशमा त्यसको बिक्री बढोस् । यसले उनलाई पँजुीको आवश्यकता थियो । बैंकर उनलाई ऋण दिनको लागि तयार थिए, तर उनी चाहँदैनथे कि उनको कम्पनीमा कुनै बाहिरी फाइनान्सरको हस्तक्षेप होस् । यसबाट कम्पनी हातबाट जाने खतरा थियो ।
फोर्डको कुशल मस्तिष्कले यो समस्याको बाटो निकाल्यो । यति मात्र हैन, यसको साथसाथै उनले आफ्नो कम्पनीको लागि एक बलियोे वितरण विभाग पनि खडा गरे । सबैभन्दा पहिला उनले यसो गरे कि सारा कारको वितरणको काम सिर्फ ती वितरणलाई सुम्पे, जो पहिलोदेखि नै फोर्ड कम्पनसिँग जोडिएका थिए । त्यसपछि उनले शर्त राखे कि हर वितरणलाई कारको एक निश्चित कोटा मिल्नेछ र यसको बदलामा उनीहरुलाई कारको मूल्यको एक भाग एडभान्सको रुपमा कम्पनीमा जम्मा गराउनु पर्ने छ । यो योजनाले बाहिर रुपमा त हर वितरकलाई फोर्डको कारोबारमा भागिदार बनाइदियो तर कारोबारमा फोर्डको नियन्त्रणलार्ई प्रभावित पारेन । दास्रो शब्दमा भन्ने हो भने यसबाट उनले पँुजी पनि पाए र कारोबारमा उनको हक पनि बनिरह्यो । यो बाहेक कार वितरणको नाफा पनि अब पहिलाभन्दा धेरै पक्का भयो, किनकि अब उनीहरुले कार धेरै सजिलैसँग समयमा मिल्न थाल्यो ।
मैले सुनेको छु यो योजनाले केही फोर्ड वितरकको कठिनाइ पहिलाभन्दा बढ्यो, तर म केही डिलरलाई फोर्ड मोडलको कार आउनुभन्दा पहिलादेखि चिन्दछु । जब म उनीहरको त्यो बेलाको र अहिलेको रेकर्डको तुलना गर्छु तब पाउँछु कि उनीहरुले धेरै उन्नती गरेका छन् । आरविल र बिल्वर राइट नामका दुई साइकिल मिस्त्रीहरुको योगदानले दुनियाँको पहिलो सफल हवाई जहाज हासिल भयो । त्यो के कुरा थियो जसमा उनीहरुको दिमाग सदा चनाखो रहन्थ्यो –जसबाट उनीहरुलाई जहाजको दिशा नियन्त्रीत गर्ने विचार आयो, जसको बारेमा पहिला कसैले सोचेका समेत थिएनन् ? के कुरा थियो जसले उनीहरुलाई यति मुस्किल र कमजोरीमा सवारी गर्ने हिम्मत दियो ? पहिला उनीहरुले दिमाग र जिन्दगीलाई आफ्नो नियन्त्रणमा लिए, यसपछि उनीहरु सफलता–चेतनाको सहारामा आफ्नो बाटोमा अगाडि हिड्न थाले । ध्यान राख्नुस्, यी दुवै कुरा आपसमा जोडिएका छन् ।
के आजको दुनियाँमा कुनै फरक छ ? हजुर ! तर सिर्फ कुरामा, तर राइट बन्धु यी कुरासँग अपरिचित थिए, न फोर्ड या कार्नेगी र एडिसनलाई यो कुराको जानकारी थियो । मर्लिन निकलसन नामक एक नौजवानलाई यो पूर्वाभास भएको थियो कि कम्प्यूटरको युगको शुरुवात हुनेवाला छ । उनलाई थाहा थियो हर गुणको एक खास आवश्यकता हुन्छ र त्यो आवश्यकता सँगै पुरा गर्ने बाटो पनि लुकेको हुन्छ । उनले आफ्नो घरमै कम्प्यूटरमा लगाउउने मेमोरी कोर (जसमा कम्प्यूटरको निर्देश अंकित हुन्छ) को निर्माण शुरु गरे । उनको सुरुवाती कर्मचारी उनका साथी र छिमेकी स्त्री थिए, जो यत्तिकै सहयोग गर्न आएका थिए । आज निकलसनको आयु चालसिभन्दा कम छ । उन िअझै पनि मेमोरी कोरको निर्माण गर्छन् तर अब उनी १.६ करोड डलर वार्षिक कारोवार गर्ने कम्पनीमा तीन चौथाइको पार्टनर छन् र कम्पनीको शेयरमा उनको भागिदारको कुल मूल्य ४.७ करोड डलर बराबर हुन्छ ।
निर्देशकः मिलन आफन्त चिन्तकः स्वेट मार्डन

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *