प्रेम र विवाह: मानव जीवनको खुसीपूर्ण अनुभूति
मानिस सामाजिक प्राणी हो। सबैभन्दा चेतनशील भएकाले जीवनशैलीलाई सजिलो बनाउन सके सम्मकाे चेषटा मानव जातिले गर्दै आइरहेको छ। तपाईं आफ्ना सन्तुष्टिहरू पूरा गर्न, अनि हरेक हिसाबले आउन सक्ने समस्या एवं र अप्ठ्यारोमा परिस्थितिको सामना गर्दै जीवन शैली हरतवरले सहज बनाउन वैचारिक समानता भएको विश्वसनिय कुनै पनि व्यक्ति सँग सम्बन्ध गाँस्न रुचाउनु हुन्छ भने त्यो प्रेम हो।
“विवाह भनेको नारी र पुरुष बीचमा सम्बन्ध स्थापना गराउने एक धार्मिक, सामाजिक एवम् पारम्परिक सँस्कार हो।” र त्यसलाई प्रेमको रूप दिनु एक सामाजिक र चेतनशील प्राणीको दायित्व। वास्तवमा विवाह भनेको पुरुष र महिलाको बिचमा हुने एक सम्झौता हो जसमा उनीहरूले आफुलाई श्रीमान् श्रीमती भएर एक अर्काको इच्छा, चाहना, भावना, आवश्यकता बुझ्ने, दैनिकिलाइ सहजता दिने, आफ्नो चलि अाएको संस्कृति र परम्परालाई सकारात्मक सुधारको साथ वैज्ञानिक तवरले निरन्तरता दिने, एक अर्कालाई निशवार्थ सहयोग गर्ने, हरेक दुख सुखमा, सफलता असफलतामा साथ दिने, एक अर्कालाई सबैभन्दा बढी विश्वास गर्ने जस्ता यावत कुरा समावेश हुन्छन्। तसर्थ विवाहित जोडीको विचमा प्रेम अपरिहार्य छ तर प्रेम जोडीको विवाह त्यो अवस्थामा मात्र हुन सक्छ जब यिनीहरू प्रेमको साथ सम्झौता गर्न पुग्छन्।
मानव सभ्यताको विकास क्रममा प्राचीनकालदेखि नै मानिस सामूहिक रूपमा बस्दै आएको र सँगै मिलेर बस्ने, खाने तथा शिकार गर्ने जस्ता कार्य गर्नुका अतिरिक्त सँगसँगै जीविको पार्जन गर्दै आएका छन्। यसै कारण पनि मानव समाजको विकास क्रममा विवाहले पनि आफ्नै महत्व बोकेको छ। समाजका विभिन्न संस्थाहरू मध्ये विवाहलाई महत्वपूर्ण सामाजिक संस्थाको रूपमा लिइन्छ।विचारक हर्टन तथा हन्ट (सन् १९७६) ले विवाहलाई एक सामाजिक मान्यता प्राप्त संस्थाको रूपमा परिभाषित गर्दै विवाहबाट नै परिवारको सिर्जना हुने कुरा जोड गरेका छन्। विवाहले नयाँ नाता सम्बन्ध स्थापित गर्ने, वंश वृद्धि गर्ने, अन्तर सम्बन्ध र अन्तर क्रियाको काम गर्ने, परिवारमा भूमिका र जिम्मेवारी निभाउने जस्ता कार्य गरेको पाइन्छ।
प्रेम र विवाह समस्त मानव जीवनको लागि अपरिहार्य विषय हो। जुन मानिसले जीवनमा एकपटक प्रेम गर्दैन र वैवाहिक जीवनमा बाँधिँदैन त्यो मानिसको जीवन अपुर्ण मानिन्छ। दुई आत्माको मिलन प्रेम हो भने सँगसँगै जीवन बिताएर घरजम गर्नुलाई विवाह भन्ने बुझिन्छ। वर्तमान संसारमा प्रेम र विवाहमा यथेषट सकारात्मक र केही नकारात्मक उदाहरणहरू नभएको होइन तथापि जीवनमा एकपटक प्रेम र विवाह गर्नु सम्पूर्ण मानव जीवनको कर्तव्य हो। वर्तमान विश्वमा आजका युवा युवतीहरू प्रेम गर्नुको उदेस्य रमाइलो, मनाेरन्जन र अन्ततः विवाह रहेको सगर्व बताउँदछन्। प्रेम त राेमान्चक हुन्छ नै, प्रेम विवाह पनि धेरै हदसम्म सुखी र आनन्दमय वैवाहिक जीवनको लागि उत्तम मानिएको छ।
के तपाईंले कहिल्यै अनुभव गर्नुभएको छ? प्रेमी र प्रेमिकाहरूको जोडी आफ्नो प्रेमलाई निरन्तरता दिन के–के गर्छन्? उनीहरू एक अापसमा भेट हुनको लागि चाैबाटाेमा पनि प्रतिक्षा गरिरहेका हुन्छन्। तोकिएको ठाउँमा समयमै पुग्छन्, भौतिक सिंगार पटार गरेर सकेसम्म आफैँलाई राम्रो देखाउन लालायित हुन्छन्, मनाेरन्जनमा विशेष ध्यान दिन्छन् र प्रेमलाई अगाडि बढाउँछन्। हिजो आज त प्रेममा सामाजिक सञ्जालको उपयोग र माेबाइलकाे प्रयाेगले सजिलो बनाएको छ। अलिकति गम्भिर भएर साेचाैं, यति प्रेम गर्ने जोडीलाई छुट्टिनु पर्यो भने कस्तो होला? तसर्थ प्रेम गर्ने जोडीलाई जीवनभर प्रेम कायम राख्न विवाह गर्ने वातावरण मिलाउन परिवारले पनि सकारात्मक भूमिका खेल्नु पर्छ।
प्रेम र विवाहले मानव जीवनमा ठूलो महत्व राख्दछ। हामी विवाहित जोडीलाई देख्दा पाउँछौँ कि विवाहपछि प्रेम अलि कम हुँदै जान्छ तर पारिवारिक जीवन सफल बनाउन मानिसमा प्रेमको आवश्यकता पर्छ। प्रेमलाई अत्याधिक प्रभावकारी रूपमा व्यक्त गर्ने तपाईंको प्रयास, जीवन साथीको व्यवहारमा भर पर्दछ। आफ्नो जीवन साथीको प्रेम सुत्र जान्न र त्यसलाई स्वीकार गर्न उच्चतम प्रयासको आवश्यकता पर्दछ। प्रेम विभिन्न प्रकारका हुन्छन् तर विशेष रूपमा प्रेम शब्दले प्रेमी–प्रेमिकाको वा पति–पत्नीहरू बिचमा अन्तर आत्मामा देखिनै दब्रित भएर बाहिर देखापर्ने भावनात्मक स्वरूप र क्रियाकलापहरू पर्दछन्। वास्तवमा युवा युवतीको मिलन नै राेमान्चक क्षण हो। त्यसमा पनि प्रेममा परेका दुई आत्मा जीवनभर विवाह गरेर सँगै बस्न पाउनु जीवनको सुखमय पल हो। तसर्थ प्रेम र विवाहलाई मानव जीवनको खुसीपूर्ण अनुभूति भन्दा दुइ मत नहाेला,=== धन्यवाद।
स्रोत: प्रेम र विवाह, गुगल
लेखक: मिलन आफन्त (World Lover King)
समाप्त