बैज्ञानिक समाजबादःसाम्यवादी बिचारको जग

बैज्ञानिक समाजबादःसाम्यवादी बिचारको जग
१८ आंै शताब्दीको उत्तराद्ध देखि १९ औँ शताब्दीको पुर्वाद्ध सम्म पुँजीबादमा आएको गुणात्मक विकासले नै मानव जातिका लागि पहिलो पटक उत्पादन पद्धतिको ठोस चरित्र बुझ्न उत्पादन र स्वामित्व एवंम् वितरणको क्षेत्रमा विद्यमान अन्तर्विरोधको गहिराइमा पुग्यो । जुन पुँजीवादी समाजका खराबी र अनिवार्य परिणतिहरुको बैज्ञानिक खोजी थियो ।पुँजीबादी व्यवस्थाको वास्तविक रोग नै पत्ता लगाउन नसकेका चिन्तकहरुको खोजीलाई पछि पार्दै सन् १८४८ फेब्रुअरीमा माक्र्स–एङ्गेल्सले पुँजीबादको रोग पत्ता लगाउँदै द्धन्दात्मक भौतिकवादी विश्व दृष्टिकोण , अतिरित्त मूल्यद्धारा सिर्जित पुँजीको सञ्चिति लगायतका गहन विश्लेष्ण अगाडि सारे ।
अब पुँजीबादको रोग पत्ता लागि सकेको थियो । माक्र्स–एङ्गेल्सले त्यसको औपाधिको रुपमा आवश्यकताको दुनियाँबाट स्वतन्त्रताको दुनियाँमा पुग्न कम्युनिष्ट समाजका दुई चरित्रको विशद व्याख्या गरि त्यसको प्राप्तिका निम्ति वर्ग सङ्घर्षलाई चालक शक्ति मान्दै सर्वहारा वर्गको अधिनायकत्वको अवधारणा प्रस्तुत गरे । जसलाई हामी बैज्ञानिक समाजबादको रुपमा परिभाषित गर्दछौँ । यसरी पुँजीवादी विकासको ३०० वर्ष लामो काल खण्डमा माक्र्स–एङ्गेल्स द्धारा अघि सारिएको दृष्टिकोण नै साम्यबादी विचारको जग हो ।जसले आज पर्यन्त सिङ्गो मानवजातिलाई प्रभावित मात्र गरेको छैन, सिङ्गो विश्व यसै विश्लेषण र गन्तव्यमा सङ्केन्द्रित हुँदै आएको छ । (अध्यक्ष ,माक्र्सवादी ज्ञानकेन्द्र बाट)
प्रस्तुती ः मिलन आफन्त, लेखक माक्र्सबादी दर्शन र विश्व राजनिति)
विचारधारात्मक र राजनैतिक कार्यदिशाको महत्व
माओ भन्दछन् ,“विचारधारात्मक र राजनितिक कार्यदिशा सहि वा गलत हुनुले सबैथोकको फैसला गर्दछ । विचारधारात्मक कार्यदिशा सहि गलत हुनुले सबैथोकको फैसला गर्दछ । विचारधारात्मक कार्य दिशा सहि छ भने नभएका चिजहरु क्रमशः प्राप्त हुँदै जान्छन गलत छ भने प्राप्त उपलब्धी पनि क्रमश गुम्दै जान्छन् ।” यसरी उनले कम्युनिष्ट पार्टीको लडाकु दस्तालाई बिचारको अधिनस्थ सञ्चालन गर्ने अवधारणा मात्र प्रस्तुत गरेनन् ः पार्टीलाई युवा, प्रौढ र जेष्ठ सदस्यहरुको एकीकृत अवधारणाको रुपमा पनि परिभाषित गरे । जसलाई कम्युनिष्ट आन्दोलनमा उत्तरधिकारी निर्माणका मौलिक अभ्यास मान्न सकिन्छ ।
आज कम्युनिष्ट आन्दोलन र पार्टी विल्कुल नयाँ परिस्थितिमा छ । हामी माक्र्सको समय भन्दा भिन्न परिस्थिति अर्थात प्रथम अन्तर्राष्ट्रिय भन्दा १५७ वर्ष, कम्युनिष्ट पार्टीबारे लेनिनको अवधारणा भन्दा ११८ वर्ष र माओको अवधारणा भन्दा करिब ८६ वर्ष पछिको नयाँ परिस्थितिमा छौँ । माक्र्सदेखि माओ हुदै हाम्रो जीनकालसम्म आईपुग्दा सङगठनात्मक प्रणाली बारे पनि नयाँ मान्यता स्थापित भईसकेको छ । उल्लिखित अवधारणा साथै युरोप,एसिया र दक्षिण अमेरिकी देशहरुमा कम्युनिष्ट पार्टीले आफ्नै विशेषतामा सङगठनात्मक प्रणालीको अभ्यास गर्न प्रयासमा छन् । यद्यपी ती कुनै पनि मोडल विश्व क्रान्तिको मोडलका रुपमा विकशित र स्थापित दुबै हुन सकेका छैन । अबको समाजवादी क्रान्ति विज्ञानमा आधारित हुनु पर्ने हाम्रो मान्यता छ । विश्व कम्युनिष्ट आन्दोलनको विषयमा हामीले प्रयाप्त दार्शनिक , बैज्ञानिक र संगठनात्मक विमर्श अनिवार्य भएको छ , ……………धन्यवाद ! (स्रोत ः समाजबादी क्रान्तिको कार्यदिशा)
(मिलन आफन्त तथा विश्व सन्देश परिवारबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *