ब्रायन ट्रेसीको महान् प्रेरणादायी चिन्तन: मिलन अाफन्त
नवनिर्माणको स्रोत
आफ्नो पुस्तक इनोभेसन एन्ड एंटरप्रिन्यरशिप (हार्पर बिजनेस, १९८५) मा पीटर ड्रकरले लेखेका छन्, व्यापारको सबैभन्दा ठूलो सफलता दुई प्रकारको कुराको परिणाम हुन्छ, “या त नसोचेको सफलताबाट या फेरि नसोचेको असफलताबाट।” उनी बताउँछन् कि जब कुनै असमान्य वा अनपेक्षित कुरा हुन्छ तब सामान्य व्यक्ति त्यसलाई अचानक भएको घटना वा एक दुर्घटना मानेर खारेज गरिदिन्छ। श्रेस्ट मानिस, हुन त, हर अनपेक्षित घटनालाई यसरी अध्ययन गर्छ, मानौ यो कुनै लुकेको रूख या कुरामा बेर्खिएको कुनै आधारभूत परिवर्तनको घाेतक हो।
प्रयोगको समयमा, खलातिको हावासँगै एक छेउबाट अर्को छेउसम्म फैलने र पेट्री डिशमा जम्नाको कारण ब्याक्टेरिया नष्ट भए। प्रयोगशाला सहायकले यसलाई फ्याँक्नै लागेका थिए। त्यतिबेला एक जीवाणु वैज्ञानिक, एलेक्जेन्डर फ्लेमिङ यो खलातिकाे बारेमा जिज्ञासु भए जुन सति शक्तिशाली थियो भने यतिका शक्तिवर ब्याक्टेरियालाई पनि मार्न सक्थ्याे। उनको प्रयोगले एक आविष्कारलाई जन्म दियो र पेनिसिलिनको विकास भयो, जसले दोस्रो विश्वयुद्धमा लाखौँ मानिसको ज्यान बचायो र उनले नाइटको उपाधि र नोबेल पुरस्कार दुवै पाए।
आफ्नो दिमाग खुल्ला राख
वर्ष १९७५ को कुरा हो, आइबीएमले पर्सनल कम्प्युटरको क्षेत्रमा बजारमा नुकेको सम्भावना खोज्नकाे लागि सल्लाहकारसँग सल्लाह लियो। तिनीहरू के निष्कर्षका साथ फर्केर आए भने दुनियाँभरमा धेरैभन्दा धेरै सय पर्सनल कम्प्युटर बेचिन सक्छ। यही सूचनालाई आधार बनाएर आइबीएमले पर्सनल कम्प्युटरको क्षेत्रबाट पर हटेर आफ्नो मनेफ्रेमको काममा नै पूरा ध्यान दिन थाल्यो। उसको बेवास्थाले क्युपेर्टिनाे, क्यालिफोर्नियामा एक कम्पनीको जगमा अहम् भूमिका निभायो, जसको नाम थियो एप्पल कम्प्युटर।
जब एप्पल कम्प्युटरले बजारमा आउने वित्तिकै बिक्रीमा हजारौँको अाँकडा पार गर्न थाल्यो तब आइबीएमले पनि तेजिका साथ बुद्धिमान बन्ने फसला गर्यो। उसले आफ्नो नीति पूर्ण रूपमा बदल्दै सानो कम्प्युटरको काराेबारमा पाइला राख्ने फसला गर्यो। आइबीएमले एक यस्तो पीसी बनायो जसले चार बर्ष भित्र पूरा दुनियाँका सानो कम्प्युटर बजारको पचास प्रतिशत भागमा आफ्नो कब्जा जमायो।
रूचि मा नजर राख्नुस्
तर आइबीएम सानो कम्प्युटरको रूचिमा आइरहेकाे यो ठूलो परिवर्तनलाई बुझ्न असफल रह्यो। पीसीको क्षेत्रमा आफ्नो सुरवाती सफलता बिर्सेर आइबीएमले मेनफ्रेम कम्प्युटरको विकास र बिक्रीमा नै ध्यान केन्द्रित गर्यो। फलस्वरूप धेरैभन्दा धेरै कम्पनीहरू यो क्षेत्रमा आए र आइबीएमबाट दुनियाँको शीर्ष कम्पनी भएको ताज खाेसे।
आइबीएमलाई के कुरामा गल्ती भयो भने उसको पीसीको पचास प्रतिशत बजारमा कब्जा असलमा पूरा दुनियाँमा आइरहेकाे पिसी क्रान्तिको सूचक थियो। आज आइबीएमलाई डेल कम्प्युटर, हेवलेट पेकार्ड काम्पेक, तोशिवा र अरू कम्पनीको बराबरी गर्न पसिना छुटिरहेको छ। आइबीएमले रूचि बुझ्न नसक्नुको परिणाम भेाग्यो र लाग्दैन, आइबीएम पीसीको बजारमा आफ्नो यो गल्तीको कारण फेरि कहिल्यै सबैभन्दा अगाडि पुग्न सक्नेछ।
भविष्यको बारेमा सोच्नुस्
आफ्नो आँखा खुला राख्नुस्। आज तपाईंको वरिपरि यति धेरै परिवर्तन भैरहेको छ, जुन पहिला कहिल्यै भएको थिएन। यी तमाम परिवर्तनमा नै त्यो रूचिकाे सङ्केत मिल्न सक्छ जसले तपाईंको लागि भाग्य र सफलताको ढोका खोल्न सक्छ। तपाईंले मन र दिमागको ढोका खुला राख्नुपर्छ। कुनै कुरा धेरै बेरसम्म त्यस्तै रहँदैन। तपाईंले सबैभन्दा राम्रो मनसाय आफ्नो ज्ञान र पूर्ण दिमागी शक्तिलाई भविष्यको नयाँ उत्पादन र नयाँ साेचमा ढालेर प्राप्त गर्नुहुनेछ।
तपाईंले आफ्नो भाग्यको ढोका खोल्नकाे लागि बस एक यस्तो विचार खोज्नु पर्ने छ जुन दस प्रतिशत नयाँ होस्। तपाईंले बस यस्तो नयाँ उत्पादन या सेवाको खोजी गर्नुपर्छ जुन अरूको तुलनामा केही राम्रो तेज र सस्तो होस् र तपाईं छिटोभन्दा छिटो सबैभन्दा अगाडि पुग्नुहुने छ। आज अमेरिका र पूरा दुनियाँमा सबैभन्दा धेरै ती मानिसले कमाइरहेका छन् जसको सुरवात खाली हातबाट भएको थियो। एक दिन उनीहरूलाई एक बिलक्षण विचार आयो जसले उनीहरूको उद्योगमा क्रान्ति ल्याइदियो र सबै कुरा बदलियो। तपाईंको लागि त्यो के हुनसक्छ?
दुई कुरा जसले तपाईंलाई रोकिदिन्छ
तपाईंलाई आफ्नो दिमागी शक्ति धेरै प्रयोग गर्नाबाट रोक्ने दुई महत्वपूर्ण कुरा हुन्छ। यी हुन् अडियल व्यवहार र एउटै स्तरमा पुगेर राेकिनु। अडियल व्यवहारलाई अर्को शब्दमा ब्यवहार कडा हुन पनि भन्न सकिन्छ। यो खासगरि यस्ता व्यक्तिमार्फत महसूस गरिन्छ जो आफ्नो विचारलाई लिएर हठि, कठोर र नबदलिने खालका हुन्छन्। यो एक यस्तो व्यक्ति हुन्छ जो कुनै व्यक्ति या कुराप्रति कुनै निष्कर्षमा पुगेर फेरि त्यसको बारेमा विचार बदल्न कहिल्यै तयार हुँदैन। यो पूर्वाग्रहलाई यसलाई कयाैं पटक सोच्ने मेशिनि तरिका पनि भनिन्छ। तपाईं शायद यस्ता खालका मानिसलाई पनि चिन्नु हुन्छ होला।
यसको ठीक विपरीत सोच भएका धेरै खुला र लचिलाे व्यवहार भएका हुन्छन्। यसलाई परिस्थिती अनुरूप बदल्नेलाई आम विचार भनिन्छ। यस्ता खालका मानिस हर नयाँ जानकारी प्राप्त गर्नप्रति खुला सोच राख्छन्। उनीहरू नयाँ विचार र नयाँ घटनाक्रमलाई लिएर उत्सुक हुन्छन् र त्यसमा रूचि राख्छन्। उनीहरू यो कुरालाई लिएर धेरै चिन्तित हुन्छन्, के सही हो भन्नुको साटो को सही हो भन्छन्। यदि कोही आएर उनीहरूलाई कुनै नयाँ विचारलाई राम्रो सलाह गरिदिन्छ भने उनीहरू पुरानो विचार छोड्नको लागि तयार रहन्छन्। उनीहरू यो कुरालाई लिएर धेरै चिन्तित हुन्छन्, नयाँ विचारले उनीहरूको समस्या कसरी हल गर्छ या लक्षय कसरी प्राप्त गर्न सकिन्छ, चाहे यसले तिनीहरूको मूल विचार गलत सावित होस्।
मेधावि मानिसका तिन गुण
मेधावि मानिसमा बषाैं देखि सघन अध्ययन गरिरहेको छ। विशेषज्ञद्वारा प्राप्त एक महत्वपूर्ण निष्कर्ष हो, जरूरी छैन कि मेधावि मानिसको आइक्यू धेरै होस्। अधिकांशतया उनीहरू सामान्य ज्ञान भएका व्यक्तिमा हुन्छन् जो आफ्नो दिमागको औसत र त्योभन्दा राम्रो व्यक्तिसँग पनि राम्रोसँग प्रयोग गर्छन्। यसको मतलब यही हो, तपाईं पनि मेधावि कै स्तर प्राप्त गर्न सक्नुहुन्छ, चाहे तपाईंले तिनीहरूको जसरी सोच्न सिक्नुहोस्। मेधावि मानिसमा कुल मिलाएर तिन गुण प्रमुख हुन्छ। यसमध्ये हरेकको विकास गरेर तपाईं यसलाई आफ्नो सोच्ने तौर तरिकामा स्थायी अङ्ग बनाउन सक्नुहुन्छ।
पहिलो कुरा, मेधावि मानिस आफ्नो दिमाग खुल्ला राख्छन्। उनीहरू कुनै प्रश्न र समस्याको बारेमा उत्सुक, प्रश्न सोध्ने र लोभि या कयाैं खालको सम्भावनामा विचार गर्नको लागि तयार हुन्छन्। उनीहरूको ग्रहणशिल दिमाग कुनै खुला ढोका झैं हुन्छ जुन कुनै पनि दिशा या स्रोतबाट आउने विचारको लागि खुल्ला रहन्छ। यो भयो कुनै पनि मेधावि मानिसको दिमागको खाका। तपाईं यो अभ्यास गरेर सिक्न सक्नुहुन्छ। दोस्रो, मेधावि मानिस कुनै प्रश्न या समस्याको हल ब्यवस्थित तरीकाले खोज्छन्। उनीहरू समस्याको पछाडि एकाएक यसरि दाैडन थाल्दैनन्, जस्तो कि कुनै कुकुर हिंडिरहेको कारकाे पछाडि दाैडन्छ। बरू उनीहरू कुनै कठिन परिस्थितीको सामना तर्क सङ्गत तरीकाले सोधिएको प्रश्न सोध्दै गर्छन्, जस्तो कि गणितको कुनै प्रश्नको हल गरिरहेका हुन्। तेस्रो मेधमवि मानिस कुनै पनि समस्याको सामना गर्ने प्रश्नको वर्षा सँगै गर्छन्।
प्रश्न सोध्नाले दिमाग खुला रहन्छ
मेधावि मानिस पहिला सोध्छ, “वास्तवमा समस्या के हो? पहिलो कुरा त के हो भने यो समस्या कि न छ? फेरि उनी सोध्छ, यो समस्याको अादर्श हल के हुनेछ?” र हामीलाई यो समस्याको हल खोज्नलाई के कुराले रोकिरहेको छ। उनीहरू सोध्छन्: अाखिर परिस्थिती यस्तो किन छ? यो कसरी थियो? यसको कारण के हो? यो पहिलो पटक कहिले र कहाँ थियो? यसमा को को लागेका छन्? यो समस्याको हल गर्नको लागि विभिन्न तरिका किन छ, सबै कुरामा विचार गर्ने हो भने यी विभिन्न तरिका मध्ये कुन हल सबैभन्दा धेरै स्वीकार्य लाग्छ? प्रश्न सोध्ने वित्तिकै दिमागको ढोका खुल्न थाल्छ। यसले तपाईंको रचनात्मकतालाई बढाउँदै तपाईंको विचारशक्तिलाई सक्रिय गरिदिन्छ। प्रश्न सोधेर तपाईं कुनै समस्या धेरै राम्रो तलिकामा खुल गर्ने र कुनै उपयोगी फैसलामा पुग्नमा सफल हुनुहुन्छ।
एकाएक निष्कर्षमा पुग्नु
एक निश्चित ढर्राकाे सोच भएका मानिसको दिमागको ढाँचा नै कस्तो हुन्छ भने उनीहरू एकाएक निष्कर्षमा पुग्छन्। उनीहरू एक समस्या देख्छन् र तुरुन्त त्यसको लागि हलमा पनि पुग्छन्। जब दुई घटना एक साथ हुन्छ तब उनीहरू के निष्कर्ष लिकान्छन् भने दुवैको एक अर्कासँग कुनै नजिकको नाता छ। उनीहरू आपसी सम्बन्ध र कारणको अन्तर जान्न सक्दैनन्। एक पटक उनीहरूले कुनै फैसला गरे भने उनीहरू त्यसलाई अरू चुस्त गर्ने कारण खोज्न लाग्छन्। छिटै कुरा उनीहरूको आत्मसम्मान सम्म पुग्छ र उनीहरू आफ्नो सोच बदल्ने कुरा लिएर अडिन्छन्। तपाईंको विचारको सङ्ख्या र हल खोज्ने तरिका तपाईंको समस्याको हल गर्न सक्ने खालको सर्वश्रेस्ट विचार सम्म पुग्ने सिधा सम्बन्ध देखाइदिन्छ। यही कारणले तपाईंले एकाएक कुनै निष्कर्ष या फैसलामा पुग्ने बानीमा नियन्त्रण सिक्नु पर्ने छ। तपाईंलाई समस्याको हलतिर बिस्तारै गति बढाउनुपर्छ, एक मेधावि व्यक्ति झैं र यो समयमा प्रश्न पनि सोधिरहनु पर्छ। तपाईंले आफ्नो दिमाग हर हालमा खुल्ला राख्नुपर्छ।
रचनात्मकता तपाईंको जन्मसिद्ध अधिकार हो
यदि साँचो कुरा थाहा हुन्छ भने तपाईं विचार उत्पन्न गर्ने खालको एक जिव हो। रचनात्मकता तपाईंको जन्मसिद्ध अधिकार हो। तपाईं एक यस्तो तीक्ष्ण दिमाग भएकाे मानिस हो, जसको दिमागमा राम्रो विचारको लाइन लागिरहन्छ र त्यसलाई तपाईं आफ्नो लक्षय प्राप्त गर्न र आफ्नो जिन्दगी सुन्दर बनाउनको लागि प्रयोग गर्न सक्नुहुन्छ। साँचो त के हो भने यदि तपाईंले आफ्नो दिमाग धेरै दिनदेखि प्रयोग गर्नु भएको छैन भने तपाईं कफिको कपको पिंधमा रहेको चिनीलाई झैं हल्लाएर सक्रिय बनाउन सक्नुहुन्छ। यसको लागि जुन तरिकाको प्रयोगको आवश्यकता छ, त्यसमा हामी अर्को अध्यायमा चर्चा गर्नेछौँ।
रचनात्मक सोच र आफ्नो दिमागको शक्तिको प्रयोगको बारेमा सम्भावनाको नियम लागू हुन्छ। यो नियमले भन्छ, जति धेरै विचारसँग तपाईंको सामना हुनेछ त्यति नै तपाईंको सही विचारसम्म पुग्ने सम्भावना बढ्ने छ, ठीक त्यसै समय जब तपाईंलाई त्यसको आवश्यकता हुनेछ। आजको सबैभन्दा सफल मानिस त्यही हो जो लगातार विभिन्न स्रोतको माध्यमले आफूलाई नयाँ नयाँ विचारको सम्पर्कमा राख्छ। असफल मानिस त्याे हो जो यसको विपरीत पुरानो थाकेकाे विचारमा धेरै कम सोच र कम रचनात्मकताको साथ समय गुमाउँछ।
स्रोत: सोच बदलाैं, जिन्दगी बदलाैं