लेखक: शिशिर श्रेष्ठ
मुलुकको विकास र समृद्धिमा माओवादी केन्द्रको भूमिका
लेखक: शिशिर श्रेष्ठ
विकास र समृद्धि: पछिल्लो समय विकास र समृद्धिको कुरा आवश्यकताभन्दा पनि बढी नै भइरहेको महसूस हुन्छ। यो साझा सवाल बनिरहेको छ। वास्तवमा कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ। सार्वभौमत यो अघिल्लो भन्दा गुणात्मक रूपमा नै फरक हुन्छ अर्थात् वस्तु वा व्यक्तिको बढ्ने र परिवर्तन हुने प्रक्रिया नै विकास हो। यो एक विशेषताको रूपान्तरण हुने आन्दोलनको प्रक्रिया हो। यसले पुरानो विशेषता, बुझाइ र मनोविज्ञानलाई पनि रूपान्तरण गर्छ। यसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास, मनोवैज्ञानिक विकास इत्यादि समग्र विकासका विभिन्न पक्षहरू अन्तरनिहित हुन्छ। यहीँ सपाट र सग्लाे रूप नै विकास हो।
यता समृद्धि शब्दको प्रयोग पनि अत्यधिकै भइरहेको छ। यो ल्याटिन भाषाको “प्रोस्पिरस” बाट उत्पत्ति भएको हो। यसको अर्थ राम्रो गर्नु भनेको हुन्छ। राम्रो हुँदै जाने यात्राको लामो प्रक्रिया पछि प्राप्त हुने चरण सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो। विकास र समृद्धि परिपूरक पदावलिहरू हुन्छ। यद्यपि यिनीहरू विचको सारभूत अर्थ धेरै फरक रहेको छ। कतिपयले यसलाई एकै फूर्लूमा कोचेर विश्लेषण गर्ने गरेको पनि पाइन्छ। तर सारत विकास र समृद्धिमा धेरै अन्तर छ। कुनै पनि खास मानव समाजमा सबै खाले वा समानुपातिक विकास एक बिन्दुमा पुगेपछि अभिव्यक्त हुने उच्चतम वा उन्नत सामाजिक रूप नै समृद्धि हो। यसमा समानता र न्यायमा आधारित सुन्दरता, शान्ति, एकरूपता र वैभव अन्तरनिहित हुन्छ। भौतिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक विकास प्रक्रियाको उन्नत वा उच्चतम अभिव्यक्ति वा अवस्थानै समृद्धि हो। (राजेन्द्र)
के नेपालको विकास र समृद्धि सम्भव छ? नेपाल विकासको निम्ति निकै नै राम्रा सम्भावनाहरू भएको मुलुक हो। पर्यटन, जलस्रोत, खनिज पदार्थ लगायत अन्य विभिन्न क्षेत्रहरू पनि नेपालमा छन्। नेपालमा अैाषधिय गुण भएका जडिबुटि तथा कृषिको विकास गर्न सकिने राम्रो सम्भावना छ। अहिले नेपालमा प्रशस्त उब्जाउ भूमि र सिचाइकाे उपलब्धता हुँदा हुँदै पनि हामीले त्यसको उपयोग गर्न सकेका छैनौँ। इजरायललाई नै हेर्न सक्छैा। उक्त देशले कसरी आफ्नो देशलाई विकसित बनाएको छ, तर हामीले किन सकेनौँ त? विकासको लागि स्पष्ट दृष्टिकोण हुनुपर्छ।
हाम्रो देश नेपालको उत्तर तिर पर्ने देश हो (जनवादी गणतन्त्र चिन)। आजभन्दा सात दशक अघि अध्यक्ष माओले क्रान्ति सम्पन्न गर्नुअघि चिन नेपालभन्दा पनि गरिब थियो। तर चिनमा जनवाद स्थापित गरेर उक्त देश समाजवादमा गएपछि केही दशकको अन्तरालमा चिन विश्वमै सबैभन्दा समृद्ध र विकसित देश बन्न पुगेको छ। यसबाट समाजवाद नै देश विकसित हुने एकमात्र राजनीतिक व्यवस्था हो भन्ने स्पष्ट हुन्छ। तसर्थ नेपाललाई पनि समाजवादमा लगेर चिनजस्तै समृद्ध र विकास गर्ने एक महत्वपूर्ण उपाय हामी माज बिध्यमान छ। यही कुरालाई मनन गरी मैले केही वर्ष अघि (समाजवादी चिनको समृद्ध र विकासबाट हामी नेपालीले पनि सिक्ने की?) भनेर लेख Left Review Online मा सार्वजनिक गरेको थिएँ। जसलाई धेरै जसाे नेपालीले मनन गरेको पाइन्छ। त्यसाे त संविधानमा नै नेपाललाई समाजवाद उन्मुख राष्ट्र भनेर सम्बोधन गरिएको छ। वर्तमान पुँजीवादी शासनबाट नेपालीहरू अाजित भइसकेका छन्। एकदिन नेपालमा पनि समाजवाद आउने र नेपाल पनि समाजवादी चिनजस्तै समृद्ध र विकसित हुनेमा हामी नेपालीहरू विश्वस्त छौँ। नेपाललाई समृद्ध र विकसित राष्ट्र बनाउन मुलुकमा समाजवाद स्थापना गर्न हामी आजैदेखि क्रियाशिल हूनु पर्दछ।
हाम्रो देश नेपाललाई समृद्ध र विकसित बनाउन हामीले केही वर्ष अघि देखिनै आवाज उठाएका छौँ, जसलाई समाजवादीहरूले सकारात्मक रूपमा हेरेका छन्। मैले पनि एकाइसौँ शताब्दीको समाजवाद, वैज्ञानिक समाजवादको पृष्ठभूमि, वैज्ञानिक समाजवाद र यसका मुख्य विशेषताहरू, समाजवादी आन्दोलनमा किसानहरूको भूमिका, एक मार्क्सवादीको आँखामा वैज्ञानिक समाजवाद र नेपाली भूभागमा वैज्ञानिक समाजवादको उपयोग नामक लेखहरू क्षेप्यास्त्र साप्ताहिक, Souryaonline.com र Madhyanha दैनिकमा प्रकाशित गरिसकेको छु। केही वैज्ञानिक समाजवाद सम्बन्धी YouTube कार्यक्रमहरू पनि बनाएको छु। यसबाट नेपालमा वैज्ञानिक समाजवादको बिज रोपिएको छ भनेर अतिशयोक्ति हुँदैन। समाजवादमा मात्र नेपालको विकास र समृद्धि सम्भव छ।
नेकपा (माओवादी केन्द्र) को भूमिका: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मार्क्सवाद–लेनिनवाद–माओवादको आधारभूत आलोकद्वारा निर्देशित नेपालको सर्वहारा/श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने पार्टी हो। १० वर्ष लामो महान जनयुद्ध र विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग, पेशा र समुदायका न्यायपूर्ण आवाजहरूको प्रत्यक्ष नेतृत्व गरेको यो पार्टी नेपालका मजदूर, किसान, सुकुम्वासी, बुद्धिजीवी, पेशाकर्मी, महिला, दलित, मधेसी, मुस्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग, समुदाय र बामपन्थि, देशभक्त तथा प्रगतिशील शक्तिहरूको पार्टी हो। जनताको अधिकार र मर्यादा एवम् राष्ट्रको स्वायत्तता र समृद्धिको लागि हजारौँ शहिदकाे रगतबाट जन्मिएको यो पार्टी नेपाली जनताको हित र अधिकार चाहने एक मात्र जनमुखी र क्रान्तिकारी पार्टी हो। यो व्यवस्था परिवर्तनसँगै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सम्पूर्ण रूपमा सङ्घर्ष गरिरहेको एवम् वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षधर पार्टी हो।
माओवादी केन्द्रकै सङघर्ष र बलिदानीको कारण आज सिंहदरबारकाे अधिकार गाउँ–गाउँमा पुगेको छ, जनताले आफ्नै आँगनमा सरकारको प्रत्यक्ष अनुभूति गर्न पाएका छन्। माओवादी आन्दोलनको कारण देशमा राजनीतिक, सामाजिक, आर्थिक र विभिन्न प्रकारका अधिकारहरू स्थापित भएका छन्। (माओवादी आन्दोलनका प्रमुख उपलब्धिहरूबाट) गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता माओवादी आन्दोलनको उपज हो भने आज पनि मुलुक हाम्रै पार्टीको एजेन्डामा चलिइरहेको छ। तसर्थ जनताको पार्टी नेकपा (माओवादी केन्द्र) मा आबद्ध हुनु हुन म सम्पूर्ण सच्चा क्रान्तिकारी, बामपन्थि, देशभक्त, प्रगतिशील वर्ग र आम जनसमुदायमा हार्दिक आग्रह गर्दछु। नेपाललाई समृद्ध र विकासको मार्गमा अग्रसर गराउनु हामी सबै नेता तथा कार्यकर्ताहरू र सम्पुंण जनताहरूकाे दायित्व हो। अब हामीले विकसित र समृद्ध नेपाल अाउने पुस्तालाइ उपाहार दिनु पर्छ, यो समयको माग हो,……….धन्यवाद।
(लेखक शिशिर श्रेष्ठ, ‘मार्क्सवादी दर्शन र विश्व राजनीति’ का प्रकाशक तथा नेकपा (माओवादी केन्द्र),नागार्जुनकाे सचिवालय सदस्य हुनुहुन्छ।)