विल्हेभ ब्राकेलाई कार्ल मार्क्सको चिठी: शताब्दी वर्ष व्यक्ति

विल्हेभ ब्राकेलाई कार्ल मार्क्सको चिठी: शताब्दी वर्ष व्यक्ति

लन्डन मे ५, १८७५

प्रिय ब्राके,

एकता कार्यक्रम सम्बन्धी यो आलोचनात्मक टिप्पणी पढिसकेपछि यसको अध्ययनको लागि गेब, अउर, बेबेल र लिब्कनेख्तलाई पठाउन कश्ट गरिदिनु होला। म अत्यधिक व्यस्त छु र डाक्टरले तोकेभन्दा बढी काम गर्नुपरेको छ। यति लामो खस्राे मसिनु लेख्नु त्यति “आनन्द” को विषय होइन। र पनि पछि मैले चालेको कदमलाई पार्टी भित्रका साथीहरूले गलत अर्थमा नबुझुन भन्दै ती साथीहरू प्रति ध्यान दिँदै यस्तो गर्नु आवश्यक ठानेको छु। एकता महाधिवेशन सम्पन्न भइसकेपछि एङ्गेल्स म मिलेर सिद्धान्त सित सम्बदृ कार्यक्रममा हाम्रो मत एकदमै फरक छ र यसमा हाम्रो कुनै सरोकार छैन भन्ने आशयको एक संक्षिप्त घोषणा जारी गर्ने छौँ।

यस्तो गर्नु एकदमै जरूरी छ, किनभने जुन विचार–पूर्ण रूपमा गलत छ–जस्तो तथाकथित आइजेनाख पार्टी मार्फत हामीले गुप्त हिसाबले आन्दोलन चलाइरहेका छौँ भनेर देशबाहिर र पार्टीका दुस्मनहरूले निरन्तर भ्रम फिंजाइ रहेका छन्। उदाहरणको लागि भर्खरै प्रकाशित एक रूसी पुस्तकमा बाकुनिनले अझै पनि मलाई जिम्मेवार ठहराएका छन्, उदाहरणका रूपमा यस पार्टीको सबै कार्यक्रम लगायतका विविध संदर्भहरूमा मात्र नभएर जनता पार्टी सित हाम्रो सहयोग शुरू भएदेखि नै लिब्कनेख्तले गरेका हरेक कार्यक्रमका लागि समेत हामीलाई जिम्मेदारी ठहराएका छन्। त्यसैले कुटनितिक माैनता समेतबाट पनि यस्तो कार्यक्रमलाई मान्यता दिनु हुँदैन। यसबारे स्पष्ट पार्नु मेरो कर्तव्य हो, मेरो विचारमा यो पूर्णतः अापत्तिजनक कार्यक्रम हो, जसले पार्टीलाई एकदमै कमजोर पार्दछ।

दर्जनाै कार्यक्रमका तुलनामा, सही समयमा लिइएको असलि कदम निकै महत्वपूर्ण हुन्छ। यसकारण यो सम्भव थिएन–तात्कालिक परिस्थितिमा यो प्रतिकूल पनि थियो–आइजेनाख कार्यक्रम भन्दा अगाडि जान सकियाेस; साझा दुस्मनका बिरूद्द समजदारि गर्नु मात्र उपाय थियो। यस्तो गर्दा, यसलाई सैद्धान्तिक कार्यक्रम बनाएर (साझा गतिविधिका लागि बृहत आन्दोलनको व्यापक आधार नबने सम्म लामो समयसम्म यसलाई स्थगित गर्नुको सट्टा) हामीले दुनियाँका सामु यस्तो मापदन्ण तयार पारेकाे हुन्छ, जसलाई मान्छेले पार्टीको आन्दोलनको स्तर मापनका रूपमा बुझ्छन्। लासालवादी नेताहरू यसकारण सङ्गठित भए, किनभने परिस्थितिले यिनीहरूलाई आउन बाध्य गरायो। यदि यिनीहरूलाई सिद्धान्तको मामलामा कुनै पनि किसिमको साैदावाजि हुँदैन भनेर पहिले नै भनिएको भए संयुक्त कारवाहिका लागि कार्यक्रम अथवा सङ्गठनको योजना प्रति नै चित्त बुझाएर उनीहरूले बस्नुपर्ने अवस्था हुन्थ्यो। साथै यदि तपाईंले स्वयम् सहयोगको आवश्यकताको बाेध गरिरहेका उनीहरूलाई आदेशपत्रको साथ आउन दिनु हुन्छ र आफ्नो तर्फबाट त्यस आदेशपत्रलाई सही मान्नु हुन्छ भने त्यो उनीहरूका सामु बिना सर्त आत्मसमर्पण गरेको हुन्छ। खास कुरा के हो भने सम्जाैताको अधिवेशन अघि नै उनीहरू आफ्नो सम्मेलन गर्दैछन्, जब कि हाम्रो पार्टी आफ्नै सम्मेलनको तयारीमा छ। सबै किसिमका आलोचनालाई दवाउनुका साथै हाम्रो पार्टीलाई साेच विचार गर्न नदिने मनसाय रहेको कुरा स्पष्ट छ। जसलाई पनि थाहा छ, मजदूरहरूलाई एकताको कुरा मन पर्छ, तर यो क्षणिक सफलता धेरै ठूलो मुल्य चुकाएर प्राप्त गरिएको छैन भनेर विश्वास गर्नु गलत छन्।

यस सम्मेलनले लासालवादी विश्वासलाई पवित्रिकृत गर्छ भन्ने कुरालाई पनि छोडिदिऔँ, यस्तो भए पनि यो कुनै कामको हुने छैन। छिट्टै म तपाईंलाई पुँजीको फ्रान्सेली संस्करणको अन्तिम भाग पठाउने छु। फ्रान्सेली सरकारको प्रतिबन्धको कारण लामो समयदेखि यसको प्रकाशन अवरुद्ध भएको छ। यो हप्ताको अन्त्य अथवा अर्को हप्ताको शुरूआतमा पुस्तक तयार हुने छ। तपाईंले पहिलेका ६ भाग पाउनु भयो कि भएन? कृपया मलाई बर्नहाड बेकरको ठेगाना पठाइदिनु होला। उहाँलाई पनि अन्तिम भाग नपठाइ भएको छैन। भाेल्कास्तात प्रकाशन संस्थाको व्यवहार पनि अचम्मको छ। जस्तो अहिलेसम्म मलाई कोलोंगले कम्युनिस्ट ट्रायलको एउटा प्रति पनि पठाएको छैन, धन्यवाद।

तपाईंको, कार्ल मार्क्स

अन्वेषकः मिलन अाफन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *