सामाजवादी मोर्चा,नेपाल र नेकपा (माओवादी केन्द्र)लेखक ः क. शिशिर श्रेष्ठ

सामाजवादी मोर्चा,नेपाल र नेकपा (माओवादी केन्द्र)
लेखक ः क. शिशिर श्रेष्ठ
यहि असार ४ गते साजमावादी मोर्चा, नेपाल घोषणा भएको छ । नेकपा (माओवादी केन्द्र),नेपाल कम्युनिष्ट पार्टी ,नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी मिलेर सामाजवादी मोर्चा, नेपाल गठन भएको हो । जनताको ब्यापक सहभागिता र भब्य उत्साहका साथ समाजवादी मोर्चा निर्माण सँगै समाजमा विभिन्न तरङ्गहरु पैदा भएका छन् । यसबाट बामपन्थि,कम्युनिष्ट र समाजवादीहरु उत्साहित भएका छन् भने दलाल पुँजीवादीहरु ,राजतन्त्रवादीहरु अत्तालिएका छन् । त्यसो त निरंकुश शक्ति बाहेक कोही पनि हामीसँग तर्सनु नपर्ने यथार्थता मोर्चा आवद्ध नेताहरुले बताईसक्नु भएको छ । समाजवादी मोर्चा नेपाली जनताको मुक्ति ,अधिकार र समानताको लागि निर्माण गरिएको स्पष्ट छ । जनताहरुले पनि अहिलेको संकट मोचन गर्न सबै कम्युनिष्टहरु एक हुनुपर्ने र सबै जनतालाई एक ढिक्का बनाउन सामाजवादी मोर्चाले पहल गरेको प्रतिक्रिया दिएका छन् ।
हामीले यो देशको नेतृत्व गर्नु पर्दछ । नेपालीको समस्याको सामाधान सही बिचार,नेतृत्व र कार्यदिशाले मात्र हून्छ । नेकपा (माओवादी केन्द्र) र समाजवाद चाहने पार्टीहरुले नै यसको हल दिने हो र त्यो नैतिक जिम्मा लिन माओवादी केन्द्र र माओवादी आन्दोलनबाट आएका पार्टी अनि समाजवादी पार्टी अगाडि सरेका छन् । यो नै नयाँ बिचार ,लाईन, ब्यवहार र संस्कार संस्कृतिको बिकाश हो । समाजवाद चाहने पार्टीहरु छुट्टाछुट्टै पसल खोलेर बस्दा नेपालमा सामाजवाद आउन असम्भव हुन सक्दछ तसर्थ समाजवादी पार्टीहरु एक ठाउँमा आउनु समयको माग हो ,नेपाली जनताको आवश्यकता हो । हामीलाई विश्वास छ , समाजवादमा नै हामी सर्वहारा, उत्पीडित र तमाम किसान , महिला, युवा, विद्यार्थी, मजदुरहरुको समस्याको सामाधान सम्भव छ तसर्थ पनि सामाजवादी शक्तिहरु एकजुट हुनु हामी नेपालीको लागि खुशि र गर्वको कुरा हो ।
राजनितिक, सामाजिक, आर्थिक सास्कृतिक र बाहिरी प्रतिक्रियावादी हस्तक्षेपको संकटबाट देशलाई मुक्त गर्न यो मोर्चाको निर्माण गरिएको छ । समाजवाद चाहने कम्युनिष्टहरु, प्रगतिशिल, देशभक्त र राष्ट्रवादी शक्तिहरु, बुद्धिजिवी र देशलाई माया गर्ने सबै जनताहरुलाई एक बनाएर, सकिदैन मोर्चामा सहभागी गराएर या कार्यगत एकता गरेर संघर्ष गर्ने र देशमा बैज्ञानिक सामाजवाद ल्याउन हरपल प्रयत्न गर्ने सामाजवादी मोर्चाको योजना हो । सामाजवादी मोर्चामा विप्लवको जस्तो क्रान्तिकारी पार्टी समाहित हुनु गर्वको कुरा हो । जुन कुरा माओवादी केन्द्रका अध्यक्षले पनि बताई सक्नु भएको छ ।
मानव जातिको उत्पति देखि हालसम्म प्रयोगमा आएका वा ल्याइएका व्यवस्था मध्ये सबैभन्दा उत्कृष्ट ब्यवस्था भनेको सामाजवादी ब्यवस्था नै हो, यो निर्विवाद कुरा हो । तर अब हामीले नेपाल र विश्वमा ल्याउन थालेको समाजवाद लेनिनले सोभियत संघमा प्रयोग गरेको समाजवाद भन्दा पनि परिस्कृत हुनेछ । समय गतिशिल छ भन्ने माक्र्सको भनाईलाई हामीले अनुशरण गर्नुपर्दछ र आफ्नो माटो सुहाउँदो गतिशिल समयको समाजवादको निर्माण हामीले गर्नुपर्दछ । अबको समाजवाद मानव श्रम भन्दा पनि विज्ञान प्रविधिको प्रचुर उपयोग गरिएको हुनु पर्दछ तबब मात्र हामीले पुँजीवाद सँग प्रतिस्पर्धा गर्न सक्दछौं ।केही कसैले एक्ल एक्लै लडेर एक ढिक्का भएर आएको दलाल पुँजीवादलाई परास्त गर्न नसक्ने बरु अबको केहि बर्षमै कम्युनिष्ट भन्ने वित्तिकै जनताले तिरस्कृत गर्ने अवस्था सिर्जना हुने बस्तुगत र आत्मगत अवस्थाले गर्दा समाजवादी मोर्चामा गोलवन्ध हुने र संसदवादको विकल्प खोज्ने सकारात्मक सोच पलाएको कुरा सत्य हो । जसले जे ब्यख्या गरे पनि सामाजवादी मोर्चा आजको अपरिहार्य आवश्यकताका रुपमा बुझौँ र बुझाउने कोसिस गरौं ,यसैमा सबैको हित छ ।
हामी आफैले निकै ठूलो सङ्घर्ष ,त्याग र बलिदानबाट निर्माण गरेको संविधानले समाजवादोन्मुख राज्यमा जाने सङ्कल्प गर्दछ । तर, समाजवादका हिमायति शक्तिहरु बिच एकता र सहकार्यको बलियो आधार तयार नहुँदा त्यसको प्रत्यक्ष लाभ ब्यवस्था विरोधीहरुले लिन थालेका छन् ।यो कम्युनिष्ट एवं बामपन्थी शक्तिहरुका लागि मात्र चुनौतिको विषय नभएर लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा विश्वास गर्ने सबै शत्तिका निम्ति साझा सरोकारको विषय हो । तसर्थ ,उल्लेखित चुनौतिहरुलाई सकारात्मक रुपमा स्वीकार गरि नेपाली समाजको अग्रगामि रुपान्तरण एवं जनअपेक्षा अनुरुप जनताको जीवनमा परिवर्तन ल्याउन समाजादी मोर्चाको निर्माण गरिएको हो । वास्तवमा समाजवादी मोर्चा नेपाली विशेषता र मौलिकता सहितको समाजवादी क्रान्तिको कार्यभारमा सहमत शक्तिहरुको संयुक्त मोर्चा हो ।नेपालमा अब समाजवादी मोर्चाको निर्माण भईसकेको छ । राष्ट्रिय सभागृहको भव्य कार्यक्रम मार्पmत् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड,नेकपाका महासचिव विप्लव सी ,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष क.माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा समाजवादी मोर्चा,नेपालको उद्घोष गर्नु भएको छ र साझा सहमति पत्रमा हस्ताक्षर पनि गरिसक्नु भएको छ । अब हामी सम्पुर्ण नेकपा (माओवादी केन्द्र)का नेता, कार्यकर्ताहरु र समाजवादी मोर्चामा आवद्ध पार्टीका नेता कार्यकर्ताहरु, सम्पुर्ण देशभक्त,क्रान्तिकारी,समाजवादी नेपाली र सम्पुर्ण नेपाली जनता मिलेर नेपालमा समाजवाद ल्याउने ध्ययले गठन भएको समाजवादी मोर्चालाई साथ दिनु पर्दछ र नेपालमा समाजवादको बिहानीको सुनौलो किरण ल्याउने जिम्मा हाम्रो काँधमा आएको छ भन्दै सम्पुर्ण नेपालीलाई समाजवादी मोर्चा ,नेपालमा आवद्ध हुनुहुनको साथै सामाजवाद नेपालाको निर्माण गर्नको निमित्त एकजुट हुनु हुन विशेष आग्रह गर्दै म आफ्नो कलम बन्द गर्न चाहन्छु,…धन्यवाद !
(लेखक क. शिशिर श्रेष्ठ ,नेकपा (माओवादी केन्द्र )को युवा चिन्तक हुनुहन्छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *