सिद्धान्त ,ब्यवहार र चिन्तन ःशताब्दी वर्ष ब्यक्ति …….(ख)
राजनीति राज्यसक्ता सँग सम्बन्धित ज्ञान हो । उत्पादनको तरिका अनुसारको एउटा वर्गले प्रभुत्व जमाएको हुन्छ र अर्काे वर्गले दासता ब्यहोरिरहेको हुन्छ । प्रभुत्व जमाएको वर्गको हितको रक्षा गर्ने गरि प्रतिनिधी र हतियारधारी शक्ति सहितको निकाय राज्यसत्ता हो । अर्काे वर्गले आफ्नो सङ्गठन र सङ्घर्षको बलले त्यो शक्तिमाथि विजय प्राप्त गरेर आमुल परिवर्तन गर्नुपर्छ । त्यो भनेको शासितलाई शासक र शासकलाई शासितको अवस्थामा पु¥याउनु पर्छ । त्योकाम वर्ग समन्वयबाट मात्र पुरा हुन सक्छ ।बर्ग सङ््घर्ष रोक्न ईश्वर, धर्म, भाग्य, स्वर्ग जस्ता काल्पनिक विषयका शक्तिशाली मन्दविष समाजमा फैलाएका हुन्छन् ।यी सबै चिजलाई परास्त गर्दै सङ्गठन र सङ्घर्षको लामो अभ्यासबाट मात्रै राज्यसत्तामा आमुल परिवर्तन सम्भव र सफल हुन सक्छ । इतिहास एउटा महान् शिक्षक हो । जार्ज सान्तोयानाले भनेका छन् –“जो मानिसहरु अतितलाई विर्सन्छन् , उनीहरु अनिवार्य रुपमा त्यसलाई दोहो¥याउछन् । ” पहिलेका गल्तीबाट सिक्नु , हारलाई जितमा परिणत गर्नु भन्नु नै वास्तवमा गल्ती ,असफलता र हारको पुनरावृतिलाई रोक्नु हो । वर्तमान ऐतिहासिक निरन्तरताको एउटा क्षण मात्रै हो ।
वर्तमान अतितको सन्तान र भविष्यको जननी हो । त्यस बाहेक त्यो एउटा नयाँ युग हो । अतितको ज्ञानले वर्तमानलाई बुझ्न र भविष्यको लागि बाटो बनाउन मद्धत गर्छ ।तथ्यबाट सत्य पत्ता लगाउने तरिका सहि तरिका हो । दिमागमा बिचार छैन भने मान्छेले तथ्यलाई देख्न पनि सक्दैन । बिना बिचार र बिना उद्येश्य तथ्यलाई लिएको हुदैन । चाल्र्स डाविनले भनेका छन् “सत्य त्यस्तो चिज हो , जसलाई तपाईले आफ्नो लागि पत्ता लगाउनु पर्छ । यो आविष्कारको एउटा यात्रा जस्तो हो । बाटोमा तपाईले धेरै साहसिक कार्य भेट्टाउनु हुने छ । मानिसको रायलाई ध्यान दिए सुन्नुहोस् तर आखिरमा तपाईले आफूले पाएको रुपमा सत्यलाई निर्धारित गर्नुपर्ने हुन्छ । ” मानव समाजको इतिहाँस धेरै व्यवस्था ,घटना र दुर्घटना झेल्दै विरोध र प्रतिरोधको अवस्थाबाट आएको हो । आजका मान्छेले कल्पना गर्दै अप्ठ्यारो लाग्ने दासप्रथा,सति प्रथा जस्ता अमानविय घटनाबाट आजको अवस्थामा आएको छ तर एउटा सिलसिला भने टुटेको छैन । त्यो हो ः ब्यक्तिगत स्वामित्वमा उत्पादनका साधन दर्ता गरेर सम्पन्नता र विपन्नताको खाडल फराकिलो पर्दै लैजाने । यो वा त्यो रुपमा प्रभुत्व र दासता, उत्पीडन र सम्पन्नता, अधिकारै अधिकार र कर्तव्यै कर्तव्यका विभाजन अझै समाप्त भएको छैन ।
द्धन्दबाद माक्र्सवादी दर्शन सम्बन्धि ज्ञान हो । यो अधिभूतबादी चिन्तनको विरोधी तरिका हो । संसारलाई तम्तयार चिजका जमघटको रुपमा होईन बरु प्रक्रियाको रुपमा बुझ्नु पर्दछ । अधिभुतवादी तरिकाले उत्पति विकास ,परिवर्तन र विनास हुने तथ्य माथि आँखा चिम्लने गर्छ । त्यसलाई छोडेर द्धन्द्धबादी तरिका तर्फ वा द्धन्द्धबादी दृष्टिकोण तर्फ सङ्क्रमण गर्नु पर्ने हुन्छ । यसले गतिशिलता ,उत्पत्ति, बिकास,परिवर्तन र विलयको सिलसिला मान्दछ । उक्त तरिकाबाट गुज्रिरहेको रुपमा, एकार्काेसित जटिल र पविर्तनशिल अन्तर सम्बन्धको सिलसिलाबाट गुज्रिरहेको रुपमा हुन्छ । तिनको माझमा अन्तरक्रिया र एकाअर्काेमा सङ्क्रमणको प्रक्रियामा रहेको रुपमा अध्ययन र अनुसन्धान गर्दछ । एक विकासवादी दृष्टिकोणलाई माओवादको सङज्ञा दिईएको छ । उक्त विकासवादी दृष्टिकोणले प्रक्रिया र समाजमा हुने विकासलाई क्रमिक परिमाणत्मक परिवर्तन सम्म मात्र सिमित रहने रुपमा हेर्दछ ।यसले गुणात्मक अवस्थाको सृजना गर्छ भन्ने रुपमा हेर्दैन ।
प्रकृतिका हरेक चिज गतिशिल छन् । गतिशिल पदार्थ निश्चित विन्दुमा पुगेपछि त्यो त्यही आवस्थामा रहन नसकेर गुणत्मक परिवर्तन भई नयाँ वस्तुको उत्पत्ति हुने हो । त्यो नयाँको विकास हुदै गर्दा परिवर्तनको गति मात्रात्मकबाट अगाडि बढेर त्यो बस्तुको विलय भई नयाँ बस्तु बन्दछ । यहि प्रक्रिया निरन्तर चालु रहन्छ । त्यसो गर्दा पनि विकासको गति पहिले जस्तैमा पुग्ने होईन कि नयाँ नयाँ रुपधारण गर्दै जान्छ । त्यो गतिशिलता आन्तरिक द्धन्द्धबादबाट हुने हो । बाहिरी शक्तिले सहयोग मात्र पु¥याउन हो । वस्तुमा परस्पर विरोधी तत्व एकै ठाउँमा भएको र तिनीहरुको विरोधी स्वार्थबिच विरोध भएकाले गति पैदा हुने हो ।त्यसैले प्रकृतिका हरेक वस्तु तम्तयार रुपमा हुन्नन् ,प्रक्रिायाको रुपमा आगाडि बढिरहन्छन् । क्रमिकता बिना फड्को हुदैन । फडको बिना फेरी क्रमिकता पनि हुँदैन । एकार्काेबाट अलग परेर कुनै चिजको गति वा विकासलाई बुझ्न सकिन्न । परिमाणात्मबाट गुणात्मकमा हुने त्यसको गतिलाई पनि ध्यनमा राख्नुपर्छ ।
“फड्कोले निरन्तर र परिवर्तनको पूर्वानुमान गर्छ भने निरन्तर परिवर्तनका कारणबाट अनिवार्य फड्को पैदा हुन्छ । ती एउटै प्रक्रिया दुई आवश्यक पक्ष हुन । मानसिक रुपले एउटालाई हटाई दिने हो भने सम्पूर्ण प्रक्रिया असम्भव र सोच्न नसक्ने बन्ने छ ” यो प्लेखानोभको भनाई हो । लेनिनको ठोस अवस्थाको ठोस विश्लेषण र माओको तथ्यबाट सत्यको खोज गर, सत्य भनेको यथार्थता र बिचार बिचको मेल हो ।प्लेखानोभ भन्छन् – “उक्त तरिका ब्यवहारमा प्रयोगले दुईओटा अपरिहार्य अवस्थाको पूर्वानुमान गर्छ । पहिलो तर्कयुत्त तरिकाले सोच्ने निश्चित क्षमता र दोस्रो तथ्यहरुको ज्ञान । ”
लेनिन भन्छन्् “अवसरबादी ढङ्गले माक्र्सवादको मिथ्याकरण गर्दा द्धन्द्धवादको ठाउँमा सार सङ्ग्र्रहवादको प्रतिस्थापन गर्नु जनतालाई धोका दिने सबैभन्दा सजिलो उपाय रहेको छ । यसले एउटा मायाबी सन्तुष्टि प्रदान गर्छ । यसले प्रक्रियाका सबै पक्ष ,बिकासका सबै प्रवृति ,सबै परस्पर विरोधी प्रभाव आदीलाई ध्यानमा राखेको जस्तो देखिन्छ तर यथार्थमा यसले सामाजिक विकासको प्रक्रिया सम्बन्धि कुनै एकीकृत तथा क्रान्तिकारी धारणा विल्कुल प्रदान गर्दैन ।बहुसङ्ख्यक जनतालाई ध्यानमा राख्ने माक्र्सवादी ज्ञानले भन्छ । जनतालाई अवसरवादीले विभिन्न किसिमले उपयोग गर्ने र झुकाईरहने गर्छन् । जनताको राजनैतिक चेतना स्तर उच्च बनाएर आफै कुन पार्टीके समर्थन गर्नु पर्छ र कुन पार्टीको विरोध गर्नुपर्छ भन्ने बुझेर छुट्याउन सक्ने नबनाए सम्म अर्काे उपाय हुन्न ,…..धन्यवाद !
निर्देशक ः मिलन आफन्त (विश्व सन्देश ) लेखक ः दुर्गानाथ खरेल (युगदर्शन)