स्मरण–शक्ति अब्बल बनाउने अचुक उपाय

स्मरण–शक्ति अब्बल बनाउने अचुक उपाय

लेखक ः मिलन आफन्त

स्मरण–शक्तिको परिभाषा ः   

    स्मरण–शक्ति एक यस्तो डायरी हो, जुन सदैव हामीसँग रहन्छ ः ओस्कार वाईल्ड

      स्मरण एक प्रकारको मानसिक प्रक्रिया हो, जसमा मानिस धारण गरिएको विषय सामाग्रीलाई पुनः स्मरण गरेर चेतनामा ल्याएर चिन्ने प्रयास गर्छ । स्मरण एक रचनात्मक मानसिक प्रक्रिया हो। स्मरण–शक्ति मष्तिस्कको सबैभन्दा महत्वपूर्ण कार्य हो। मानिसको सम्पूर्ण ज्ञान तथा सिप मात्र होईन कि हरेक विचार,हरेक कार्य,ब्यक्तिगत पहिचान तथा ब्यक्तित्व आदी सबै स्मरण–शक्तिमा निर्भर रहन्छ। स्मरण–शक्ति बिना मानिसको सम्पूर्ण ज्ञान तथा अनभव निरर्थक हन्छ,जीवन शून्य हन्छ। स्मरण–शक्ति बिना हामीले कुनै पनि काममा सफलता पाउन सक्दैनौं । स्मरण–शक्तिको अभावमा हाम्रो जीवन अन्धकारमा रुमलिन पुग्दछ तसर्थ हाम्रो जीवनको केन्द्रविन्दु होः स्मरण–शक्ति…।

स्मरण–शक्तिमा विधिको महत्वः

       स्मरण–शक्ति बढाउनको लागी विभिन्न विधिहरुको प्रयोग गरिएको हुन्छ । प्राचिन कालमा युनानीहरुमा स्मरण–शक्ति बढाउने बिधिहरु प्रचलित थियो ।स्मरण–कारक(नेमोनिक्स) प्रशिक्षित स्मरण शक्तिको एउटा ठुलो भाग हो ।युनानीवासिहरुले सबैभन्दा पहिला मानव स्मरण शक्ति एउटा सम्बन्ध प्रकृया हो भन्ने पत्ता लगाएका थिए। जो वस्तुहरुलाई एकअर्का सँग जोड्ने कार्य गर्दथे। स्मरण–कारक(नेमोनिक्स)को निर्माण गर्ने समय पुरै ध्यान यसको तार्किकता र विनोदप्रियतामा हुनुपर्छ किनकि यसबाट यो सजिलै याद गर्न सकिन्छ।सबै मुख्य विचार वा अध्यायका सबै प्रमुख कुराहरु लेख्ने विधिबाट याद गर्ने योग्य वाक्य वा शब्द बन्दछन् ।यस विधिमा प्रत्येक अध्याय वा महत्वपर्ण कराहरुको विधि छ । उदाहरणका लागी इन्द्रधनुषको अलगअलग रगं कसरी याद राख्ने भनेर यहाँ एउटा कोण बनाई हेरौंः एक रंगको लागि एक कोड बनाऔं,जस्तैः खष्दनथयच जो सबै रगं(बैजनी,नीलो,आकाशे,हरियो,पहेँलो,सन्तुला र रातो) को अंग्रेजी नामको पहिलो अक्षरले बन्छ।

स्मरण–शक्तिमा खाना एवं स्वास्थ्यको महत्वः

        शरिरीक या मानसिक काम गर्नको लागी उर्जाको आवश्यकता हुन्छ ।यसै प्रकार अध्ययनमा तपाईले शारिरीक एवं मानसिक दुबै प्रकारको काम गर्न पर्ने हन्छ, जस्को लागि उर्जा हामिले खानाबाट प्राप्त गर्छौं। हाम्रो शरीरले खानाबाट निम्न लिखित पदार्थको एक निश्चित मात्रा नियमित रुपमा प्राप्त हुन आवश्यक छः १.कार्वोहाईड्रेट २.बोसो ३.प्रोटिन ४.खनिज ५.भिटामिन र ६.पानी। हाम्रो स्मरण शक्तिलाई तेज बनाउन सन्तुलित आहारको अत्यन्तै महत्वपूर्ण स्थान छ। सन्तुलित आहारको अर्थ हो यस्तो खाना, जसमा सबै पोषक पदार्थ सहि मात्रामा होस्। सन्तुलित आहार अत्यन्तै आवश्यक छ।हामि हरदिन जुन खाना खान्छौं त्यसबाट शरीर संचालनको जुन उर्जा प्राप्त हन्छ,त्यसलाई क्यालोरीमा नाप्छौं।त्यस्तै आम मानिसको लागि खानामा हरदिन २५०० देखि ३५०० क्यालोरीको आवश्यकता हुन्छ। ३५०० क्यालोरी उर्जा धावक र कठोर परिश्रम गर्ने मानिसलाई तथा २०००देखि २५०० क्यालोरी विद्यार्थीलाई चाहिन्छ जस्ले शारिरीक र मानसिक दुबै खालको क्रिया गर्छन्।

       स्मरण शक्ति अब्बल बनाउन शरीर र मानसिक पूर्ण रुपमा स्वस्थ हुन नित्यान्त आवश्यक छ । जसरी शरिरलाई स्वस्थ राख्नको लागि शारिरीक ब्यायामको जरुरी छ, त्यसै गरी स्मरण शक्ति अब्बल बनाउन मानसिक ब्यायामको आवश्यकता पर्दछ । हामिले सदैव सकारात्मक कुरा सोच्न पर्दछ र राम्रा राम्रा किताब पढ्ने अनि ज्ञानबद्र्घक प्रवचनहरु सुन्ने गर्नु पर्दछ । जन स्मरण शक्तिले हामिलाई सोच्न मद्दत गर्छ,त्यसलाई इन्टेलिजेन्ट मेमोरी भनिन्छ र यो उमेर सगै बढ्दै जान्छ । यस प्रकार खाना एवं स्वास्थले स्मरण शक्तिमा महत्वपूर्ण प्रभाव पारेको हन्छ ।

स्मरण–शक्ति बढाउने केही उपायहरुः

        नेपाली मेमोरी किङ्ग अर्पण शर्माका अनुसारः स्मरण शक्ति कसरी बढाउने?यस विषयमा धेरै युवाहरुलाई चासो हन्छ ।यसका लागि सबैभन्दा पहिले हामिले आफ्नो जीवन शैली र खानपानमा ध्यान दिनु पर्छ । किनकि,अब्यवस्थित जीवनशैली,तनाब,अस्वस्थ खानपान,अनिन्द्रा जस्ता विभिन्न कारणले मानिसको स्मरण शक्तिमा असर गरिरहेको हन्छ। हामिले आफ्नो स्मरण शक्तिलाई बढाउन केहि टिप्स पनि अपनाउन सक्छौं । जसकारण, हामीले सिकेका र पढेका कुराहरु राम्ररी याद गर्न सकियोस्।

१) पढ्नका लागि शान्त र ब्याकुलता रहित वातावरण खोज्नुहोस् ।

२)निन्द्रासँग सम्झौता नगर्नु होस्।प्रयाप्त आराम पाएको दिमागले मात्रै राम्रो सँग सम्झन सक्छ।

३)जटिल सामाग्रीहरुलाई याद गर्न भन्दा पहिला बुझ्ने प्रयास गर्नहोस्। यसका लागि शिक्षक वा एआईको मद्दत लिन सकिन्छ।

४)याद गर्नपर्ने लामा कुराहरुलाई स–साना टुक्रामा विभाजन गर्नुहोस् ।यसो गर्दा सुचनालाई अवचेतन मनसम्म पुर्याउन सजिलो हुन्छ।

५) विहानै कम्तीमा १० मिनेट ध्यान र प्राणायामका लागि समय निकाल्नु होस् । ध्यानले स्मरण शक्तिका साथै एकाग्रता क्षमता पनि बढाउँछ । तपाईको् दिमागलाई चाहिने अक्सिजन र उर्जा प्रदान गर्छ ।

६) सम्भव भएमा आफुले पढेका कुरा अरुलाई सिकाउने प्रयास गर्नुहोस् । यसले बुझाई र स्मरण दृुबै बढाउछ ।

७) बिचार र सुचनाहरुलाई “माइन्ड म्यापिङ” को अवधारणाले स्मरण शक्तिको दुनियामा विस्तारै चर्चा कमाउँदै छ ।

८) संज्ञानात्मक कार्य र मेमोरी बढाउन नियमित शारिरीक ब्यायाममा संलग्न हुनुहोस ।

९)  एकै बसाईमा लामो समय पढीरहनु भन्दा “पोमोडोरो टेक्नीक” अपनाउनु होस् । हरेक २५ मिनेटको पढाई पछि कम्तीमा ५ मिनेटको विश्राम लिनुहोस् । धरै अनुसन्धान अनुसार यो छोटो विश्रामले पढेका कुराहरु तुलनात्मक रुपमा सजिलै याद रहन्छ ।

१०) खाने कुरामा विशेष ध्यान दिनुहोस, जंकफुडबाट बच्नुहोस । फाईबर युक्त ब्रेन फुडहरुले तपाईको दिमाग सधैँ तेज बनाई राख्न मद्धत गर्छ , …..धन्यवाद ।

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *