परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति: मिलन आफन्त
पूर्ण स्वतन्त्रतापूर्वक विवाह सम्बन्ध जोड्ने र यो परिपाटिलाई सार्वजनिक रूप दिने कार्य त्यसपछि मात्र हुन सक्दछ, जब पुँजीवादी उत्पादनको उन्मुलन र त्यसको फलस्वरूप देखापरेको स्वामित्वका नयाँ सम्बन्धहरूले ती सम्पूर्ण आर्थिक एवम् अन्य धारणाहरूलाई खत्तम पारिदिन्छन्, जसले आज जीवन साथीको छनोटमा यति ठूलो प्रभाव पार्ने गरेका छन्। त्यसबेला पारस्परिक प्रेम बाहेक विवाहको अरू कुनै उदेश्य हुनेछैन।
यौन प्रेम आफ्नो स्वभावैले एकनिस्ट हुने हुँदा हुन त यो कुरा अहिले स्त्रिहरूले मात्र पालना गर्दै आएका छन् – यौन प्रेममा आधारित विवाह पनि स्वभावतः एकनिस्ट नै हुन्छ। समूह विवाहबाट एकनिस्ट विवाह सम्मको प्रगतिको श्रेय मुख्यतः नारीहरूलाई नै छ भन्ने बाखाेफनको निष्कर्ष कति सही छ भन्ने कुरा त हामीले देखिसकेका छौँ। पुरुषहरूको हात खाली युगल विवाहलाई एकनिस्ट विवाहसम्म पुर्याउनमा मात्र रह्यो, ऐतिहासिक दृष्टिले हेर्ने हो भने यो परिवर्तनले गर्दा वास्तवमा नारीको स्थिति पहिलेभन्दा नराम्रो भयो भने पुरुषहरूलाई आफ्नी पत्नीलाई धाका दिन सजिलो पर्यो। तसर्थ जब ती आर्थिक कारणहरू (जसले गर्दा नारीहरू पुरुषको धाेका सहन बाध्य थिए) खत्तम हुन्छन्, अर्थात् नारीको लागि आफ्नो जीवनको प्रश्न र यसभन्दा पनि बढी आफ्ना सन्तानको भविष्यको चिन्ता रहनेछैन – र यो प्रकारले जब नारी र पुरुषको बिचमा वास्तविक समानता स्थापित हुने छ, तब सम्पूर्ण विगत अनुभवले के बताउँछ भने, यो समानताको परिणामस्वरूप नारीको युथ विवाहलाई भन्दा पुरुषहरूको पत्नीब्रतालाई कता हो कता बढी सघाउ पुर्याउने छ।
परन्तु एकनिस्ट विवाहबाट निःसन्देह ती लाक्षणिक विशेषताहरू बिलाउने छन्, जुन स्वामित्वका सम्बन्धहरूको उत्पत्तिको फलस्वरूप लादिएका छन् अर्थात् पहिलो कुरा पुरुषको अधिपत्य र दोस्रो कुरा, विवाह सम्बन्ध विच्छेद गर्ने सम्भाव्यता। दाम्पत्य जीवनमा पुरुषको अधिपत्य उसको आर्थिक अधिपत्यको नतिजा हो र आर्थिक अधिपत्य नष्ट हुनासाथै यो कुरा पनि स्वतः बिलाएर जाने छ। विवाह सम्बन्ध विच्छेद गर्नमा लगाइएको प्रतिबन्ध अंशतः ती आर्थिक परिस्थितिहरूको परिणाम हो, जसबाट एकनिस्ट विवाहको उत्पत्ति भएको थियो, अंशतः त्यस बेलादेखि चल्दै आएको परम्परा हो, जब एकनिस्ट विवाहसँग यी आर्थिक परिस्थितिहरूको सम्बन्ध सही रूपमा बुझिएको थिएन र धर्मले यसको लासक्त अर्थ लगाइदिएको थियो। विवाह सम्बन्ध विच्छेदमाथि लगाइएको यस प्रतिबन्धको आजै पनि हजारौँ तारिकाले उलङ्घन गरिन्छ। यदि प्रेममा आधारित विवाह मात्रै नैतिक हुन्छ भने त्यसै बेलासम्म मात्र त्यस विवाहलाई नैतिक मान्न सकिन्छ, जबसम्म पारस्परिक प्रेम कायम रहन्छ। परन्तु व्यक्तिगत यौन–प्रेमको अावेगकाे अवधि प्रत्येक व्यक्तिको लागि र विशेषतः पुरुषको लागि बेग्लाबेग्लै हुन्छ र यो अावेग पूर्णताः बिलायो अथवा नयाँ चर्काे अनुरागले यसको स्थान लियो भने पारपाचुके त्यस दम्पत्तिको साथ साथै समाजको लागि समेत बरदान बन्न पुग्दछ। केवल मानिसहरूलाई पारपाचुके सम्बन्धी मामिला बेहाेर्नुपर्ने अनावश्यक झमेलाबाट मात्र मुक्त पार्नुपर्दछ।
यस प्रकारले पुँजीवादी उत्पादनको भावी उन्मुलन पछि नारी र पुरुषको बीचको सम्बन्धले कस्तो रूप लिने छ भन्ने विषयमा हामी मूल रूपमा नकारात्मक अनुमानहरू मात्र गर्न सक्दछाैं, अर्थात् हाम्रा यी अनुमानहरू मुख्यतः कुन कुन कुरा बिलाउने छन् भन्नेमै सीमित रहन्छन्। तर केले यी सम्बन्धहरूको स्थान लिने छ? जब एक नयाँ पीँढि, जो वास्तवमा प्रेम सिवाय अन्य कुनै पनि कारणले पुरुष समक्ष आत्मसमर्पण गर्न बाध्य हुने छैन, आर्थिक परिणामहरूको त्रासले गर्दा आफ्नो प्रेमिसित यौन–सम्बन्ध राख्न बाध्य हुने छैन, हुर्किनेछ, त्यसै बेला मात्र यस कुराको टुङ्गो लाग्ने छ। जब यी मानिसहरू देखा पर्नेछन् यिनीहरूले ती सब कुरा लत्याइदिने छन्, जुन बर्तमान धारणा अनुसार उनीहरूले गर्नुपर्ने हुन्छ। आफ्नो व्यवहार कस्तो हुनुपर्दछ भन्ने कुरा उनीहरू आफैँलाई थाहा हुन्छ र उनीहरू आफैमा तदनुसार नै प्रत्येक व्यक्तिको आचरणबारे जनमतको निर्माण गर्ने छन् र यत्तिकैमा सब समस्या हल भइहाल्दछ।
राज्य कदापि त्यस्तो शक्तिको रूपमा प्रतित हुँदैन, जुन बाहिरबाट समाजमाथि लादिएको होस्। त्यसैगरी राज्य हेगेलले सावित गरे जस्तो “नैतिक विचारको मूर्तरूप”, “विवेकको प्रतिरूप र शास्वतता” होइन। राज्य सामाजिक विकासको निश्चित चरणको उपज हो। राज्य केा कुराको मान्यता हो भने, यो समाज आफुभित्रैका असाध्य अन्तरविरोधहरूको जन्जालमा जेलिएको छ, सम्झाैता विहिन प्रतिपक्षतामा बिभाजित भएको छ, जसबाट मुक्त हुन त्यो असमर्थ छ। यी प्रतिपक्षताहरूले, परस्पर विरोधी आर्थिक स्वार्थ भएका वर्गहरूले एक निरर्थक सङ्घर्षमा एक अर्कालाई ननिलुन भन्नका खातिर एक त्यस्तो शक्तिको आवश्यकता पर्यो, जो समाजभन्दा माथि अवस्थित देखिन्छ, त्यस्तो शक्ति, जसले त्यस अन्तरदृन्दलाई मत्थर पाराेस र त्यसलाई “सु व्यवस्था” को परिधि भित्र नियन्त्रित राखोस्। अनि समाजबाटै उत्पन्न भएको तर समाजभन्दा माथि रहेको र त्यसबाट आफुलाई अलग्याउदै लगिरहेको यो शक्ति नै राज्य हो।
वर्गहरूको प्रतिपक्षतालाई आफ्नो वंशमा राख्ने आवश्यकताले गर्दा र ती वर्गहरूको प्रतिदृन्दिताको फलस्वरूप पनि राज्यकाे उत्पत्ति भएको हुँदा राज्य स्वभावतः सबैभन्दा शक्तिशाली र आर्थिक रूपले प्रभुत्वशाली वर्गको बन्दछ, जुन वर्ग राज्यको सहायताबाट राजनीतिक रूपमा पनि प्रभुत्वशाली वर्ग बन्छ र यो प्रकारले उत्पीडित वर्गको दमन र शोषणको लागि नयाँ साधनहरू प्राप्त गर्दछन। यसरी प्राचिन राज्य सबैभन्दा पहिला दासहरूको दमनको लागि बनेको स्वामिहरूको राज्य थियो र सामन्ति राज्य,भुदास तथा अधिनस्त किसानहरूको दमनको लागि बनेको कुलीन घरानियाँहरूको निकाय थियो भने आधुनिक प्रतिनिधि–सत्तात्मक राज्य पुँजीवादी ज्यालादारी श्रमको शोषण गर्ने हतियार बनेको छ।
इतिहासमा परिचित धेरै जसाे राज्यहरूमा नागरिकहरूलाई उपलब्ध गराइएका अधिकारहरू तिनको आर्थिक स्थितिको अनुपातमा निर्धारित गरिन्छन् र यसै द्वारा घोषणा गरिन्छ – राज्य भनेको सम्पन्न वर्गको सङ्घठन हो र विपन्न वर्गबाट उसको रक्षा गर्ने हेतुले खडा गरिएको हो। राज्यको सर्वाेच्च रूप, अर्थात् जनवादी गणतन्त्र हाम्रा आधुनिक सामाजिक अवस्थाहरूमा झन्झन् अनिवार्य आवश्यकता बन्दै गइरहेको छ र यो राज्यको त्यस्तो रूप हो, जसमा मात्र सर्वहारा वर्ग र बुर्जुवा वर्गका बीचको अन्तिम र निर्णायक सङ्घर्षलाई अन्तिम चरणसम्म पुर्याउन सकिन्छ र यो जनवादी गणतन्त्रमा धनसम्पत्तिको आधारमा हुने भेदभावले वैधानिक रूपले मान्यता प्राप्त गरेको हुँदैन, ========= धन्यवाद।
(क. फ्रेडरिख एन्गेल्सको सारगर्भिक धारणा, World Lover King को अन्वेषण, स्रोत: कम्युनिस्ट नैतिकता)
समाप्त