प्रेम र राजनीति: विश्वको सबैभन्दा शक्तिशाली विषय

प्रेम र राजनीति: विश्वको सबैभन्दा शक्तिशाली विषय

प्रेम: प्रेम अपनत्वकाे भाव हो। “प्रेम” मजवुद स्नेहको एक भावना र व्यक्तिगत लगाव हो। दार्शनिक सम्बन्धमा, प्रेम एक जीवात्मा प्रतिको दया,, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य (वा आफु) प्रतिको करुणामा आधारित क्रिया वा अन्य प्रतिको स्नेह आधारित क्रियाको रूपमा वर्णन गरिन्छ। प्रेम शब्द आफैँमा अर्थपूर्ण, अनमोल र निकै गहन छ, फेरि पनि कसले कसरी बुझ्ने, प्रेम भनेको कस्तो हुन्छ गहनतम अध्ययन जरूरी पक्कै पनि छ। विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया, माेह अनि जीन्दगि मान्ने हरूको ठूलो जमात छ यो विश्वमा।

प्रेम वास्तवमा पारस्परिक खुशी र स्नेहको एक विस्तृत रूप हो। अन्य प्रति गरिने स्नेह नै प्रेम हो। प्रेम सागर जस्तै हुन्छ।अझ भनौँ, यसको गहिराइ नाप्न सकिन्न, प्रेम आकाश जस्ताे हुन्छ, जसको विशाल फैलावट नाप्न सकिँदैन। प्रेम आत्माको स्वभाव हो। प्रेम हरकाेहिकाे नैसर्गिक अधिकार हो र सबैले बुझ्नुपर्ने कुरा प्रेम सेवा हो, यसले केवल सेवाभाव राख्छ। त्यसैले प्रेममा झर्काे हुँदैन। छुट्टि हुँदैन। प्रेमलाई छोड्नै सकिँदैन। प्रेम प्राकृतिक हुन्छ, प्राकृतिक रूपमा चलिरहन्छ। सूर्यले कहिल्यै पनि बिश्रान्ति नलिए जस्तै, हावाले जहिल्यै बहे जस्तै, पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहे जस्तै नरोकिइ निरन्तर चलिरहन्छ प्रेम। यो त निरन्तरको प्रक्रिया हो, बगिरहन्छ।

राजनीति: विशेष उदेश्य प्राप्तिको लागि दिगाे परिवर्तन लागि रहने अगार्मि परिवर्तन हुन्छ भने त्यसलाई राजनीति भनिन्छ। सम्प्रदाय, शहर वा देश जस्ता समूहहरूले राजनीति मार्फत् सहमति कायम गर्दछन्। ठूला समूहहरू, जस्तै देशहरू,मा त्यस्ता समजदारिका लागि केही मानिसहरूले धेरै समय खर्च गर्छन्। यस्ता मानिसहरूलाई राजनीतिज्ञ (वा नेता) भनिन्छ। यस्ता नेताहरू र कहिले काहिँ केही अन्य मानिसहरू मिलेर सरकार बन्दछ। विश्व विद्यालयमा पढाइ हुने राजनीति विषयलाई राजनीति शास्त्र, राजनीतिक अध्ययन वा सामान्य प्रशासन भनिन्छ। राजनीति व्यवस्था त्यस्तो व्यवस्था हो जसले शिक्षाको अवस्था पनि निर्धारित गर्छ। विश्वमा तीन प्रकारको राजनीति अर्थतन्त्र रहेको छ। पुँजीवादी, समाजवाद र मिश्रित अर्थतन्त्र रहेको राजनीति गरेका छन् राजनीतिज्ञहरूले।

राजनीति भनेको राष्ट्रको निति, व्यवस्थालाई ठीक गरेर जनताको लागि अन्य देश प्रतिको कुटनैतिक अादि अवस्थालाई ठीक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो। देशका कुनै पनि पार्टीले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ। जनतालाई राजनीतिक दलले जब वेवास्था गर्ने गर्दछन्, त्यसपछि राजनीति सधैँको लागि समाप्त हुन्छ। जनताको सङ्घर्षको प्रतिफल दिन नसकेका राजनीतिक दलको अाैचित्य हुँदैन। राजनीति राज्यसत्ता सँग सम्बन्धित विषय हो। राजनीति गर्ने भनेको आफ्नो वर्गसँग सम्बन्धित रहेर गर्ने काम हो। समाजमा सम्पन्न वर्ग, तिनीहरूको दर्शन, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम, तिनीहरूको सङ्घठन एउटा र श्रमजिवि वर्ग, तिनीहरूको सिद्धान्त, तिनीहरूको राजनीतिक कार्यक्रम, तिनीहरूको सङ्घठन अर्को गरि परस्पर विरोधी विषय बस्तु अस्तित्वमा छन्।

प्रेम र राजनीतिमा मेरो अनुभव र योगदान: प्रेम र राजनीति भिन्न विषय हो तर यसै विषयमा आधारित भएर विश्व चलिरहेको छ। एकातिर विश्वमा अरवाैं मानिसहरू प्रेममा बिचरण गरिरहेका छन् भने त्यति नै व्यक्तिहरू राजनीतिमा संलग्न भइरहेका छन्। प्रेम र राजनीति नै विश्वको मेरूदन्ड हो। प्रेमले हाम्रो जीवन चलिरहेको छ भने राजनीतिले देश चलिरहेको छ। आफ्नो S.L.C को अध्ययनपछि आफ्नो किशाेर अवस्था देखि नै मैले आफुलाई प्रेम र राजनीतिमा संलग्न गर्न पुगेँ। प्रेम र राजनीतिमा मेरो करिब तीन दशकको अनुभव र योगदान छ। यहीको आधारमा म ठाेकुवाको साथ भन्न सक्छु: प्रेम र राजनीति भन्दा शक्तिशाली र महत्वपूर्ण विषय यो संसारमा केही छैन।

विश्वमा पहिलो चाेटि खोलिएको प्रेम सङ्घठन र अखिल(क्रान्तिकारी) को इलाका अध्यक्षबाट शुरू भएको मेरो प्रेम र राजनीतिको जीवन आज आएर धेरै उकालि,अाेरालि र अाराेह अवराेह पार गर्दै एक विश्व चर्चित राजनीतिज्ञ र प्रेमीको रूपमा स्थापित भइसकेको छ। प्रेममा World Lover King र राजनीतिमा शताब्दी वर्ष व्यक्ति भएर मैले धेरै कलमकाे मसि खर्च गरिसकेको छु र त्यति नै रूपमा आफ्नो अावाज प्रस्तुत गरिसकेको छु। मैले प्रेम र राजनीतिको महत्वलाई नजिकबाट चुमेकाे छु। प्रेम र राजनीति हाम्रो जीवन, समाज र देश अनि विश्वलाई अति नै अत्यावश्यक कुरा हो। प्रेम बिना हाम्रो जीवन सम्भव छैन भने राजनीति समाज, देश र विश्वको पिल्लर हो।

हामीले प्रेम गर्नु पर्दछ त्यो पनि स्वच्छ रूपमा, वासना रहित। प्रेम युवा, युवती बीचमा मात्र होइन। अामा बुबा, दाजुभाइ, दिदिबहिनी, साथीभाइ, परिवार, आफन्त, छिमेकि बीचको प्रेम पनि अमुल्य छ। हामीले एक अर्कालाई बिना स्वार्थ प्रेम गर्नु पर्दछ। तब मात्र हाम्रो जीवन स्वर्ग हुन्छ। भनिन्छ “भगवान त प्रेमको भाेकाे हुनु हुन्छ।” भने हामी त मानव हाैं। वास्तवमा मानवको लागि प्रेमको ठूलो महत्व रहेको छ। त्यसै कुरालाई मनन गर्दै मैले “प्रेम र विवाह” लगायतका केहि पुस्तकहरू र प्रेम र विवाह: मनोवैज्ञानिक विस्लेषण र प्रेम:भगवानकाे अनुपम उपहार हाे लगायतका सयाैं लेखहरू सार्वजनिक गरिसकेको छु। जसबाट प्रेम सम्बन्धमा सकारात्मक सन्देशहरू विश्वभरि प्रवाह गर्न म सफल भएको छु।

हामी मानव राजनीतिबाट पनि अछुताे हुनु हुँदैन। हामीले विश्वलाई शान्तिमय बनाउन अहिंसावादि राजनीतिमा जाेड दिनु पर्दछ। समाजवाद र पुँजीवादको अापसि दृन्दका कारण विश्वले धेरै क्षति ब्यहाेरेको छ।अमेरिका र साेभियत संघ पक्षकाे राजनीति टकरावले विगतमा विश्व क्षत विक्षत भएको थियो। त्यसैले अब हामीले पुँजीवाद र समाजवादको मिलन बिन्दु खोज्नु पर्दछ। हुन त म मार्क्सवादी दर्शन प्रति झुकाव राख्ने व्यक्ति हु तर पनि विश्व शान्तिलाई ख्याल राख्दै हामीले प्रजातन्त्रवादीसँग पनि हातेमालाे गरेर अघि बढ्नु पर्ने आजको हाम्रो वाध्यता हाे। हामी विश्वको समृद्धि र विकास चाहन्छाैं। हामी विश्ववासि प्रजातन्त्रवादी अमेरिका र समाजवादी चिन बीच कुनै दृन्द चाहदैनौँ। रूस र युक्रेन बीचको युद्ध कुनै हालतमा पनि उचित छैन भन्ने हाम्रो दृष्टिकोण हो। शताब्दी वर्ष व्यक्ति भएर विश्व शान्ति, समृद्धि र विकासको लागि मैले जाेशिलाे अावाज बुलन्द गरेको छु। विश्व राजनीति सम्बन्धि “महामानवहरूको जीवनि” र “मार्क्सवादी दर्शन र विश्व राजनीति”लगायत कयन् कृतिहरू मैले विश्वजनलाई सुम्पेको छु भने सफल नेता बन्ने तरिका र विश्व राजनितिमा संविधान सभा लगायत सयाैं राजनीतिक लेखहरू मेराे प्रकाशित छन्।

उपसंहार: हामीले हाम्रो जीवनलाई प्रेम र राजनीतिले भरिपूर्ण बनाउनु पर्छ। प्रेम र राजनीति: विश्वको सबैभन्दा शक्तिशाली विषय हो। हामी युवाहरू प्रेमको महत्वलाई बुझेर अगाडि बढ्याैं भने हाम्रो जीवन सुन्दर बन्दछ भने हामी युवाहरू राजनीतिमा सक्रियताको साथ सकारात्मक चिन्तन बोकेर लाग्याैं भने विश्व शान्त, सुन्दर, विकसित र समृद्ध बन्दछ। तसर्थ “प्रेम र राजनीति” को महत्वलाई बुझौँ र आफ्नो जीवनमा अंगिकार गरौँ , धन्यवाद !

लेखक: िमलन अाफन्त (शताब्दी वर्ष व्यक्ति)

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *