विश्व चर्चित लेखक मिलन आफन्तको २० वर्षे लामो लेखन यात्रा
आफ्नो अत्यन्त जेहन्दार छात्राको रुपमा विरेन्द्र ब.क्याम्पसमा आई.एस.सी (वायोलोजी) को अध्ययन अगाडि बढाउन नसकेपछि मैले आफूलाई एक लेखकको रुपमा स्थापित गर्दै लगे । २०५३ साल तथा १९ वर्षको उमेरमा मैले राष्ट्रिय स्तरको महिमा साप्ताहिकमा लेख प्रकाशित गरेर आफ्नो लेखन जीवन यात्राको सुरुवात गरेको थिए । त्यसपछि विभिन्न पत्रिकाहरुमा दर्जनौं लेखहरु प्रकाशित गर्दै २०५४ सालमा विद्यार्थीको मार्ग र २०५६ सालमा विद्यार्थी पत्रिका प्रकाशित गरेको थिए ।
२०५६ सालमा विद्यार्थी पत्रिका माथिको प्रतिवन्ध पछि मैले आफ्नो कलम विश्वतिर दौडाउन पुगे । आज सम्म स्थानिय र राष्ट्रिय गरि करिव ६० वटा पत्रिकाहरुमा सयौं लेखहरु प्रकाशित गरिसकेको छु । हिजो आज पनि मेरो लेखले पत्रिकाहरुमा स्थान पाउने गरेको छ । मैले चितवनबाटै २०६० सालमा विश्व सन्देश (भाग १) प्रकाशित गरेको थिए भने २०६१ सालमा विश्व सन्देश (भाग २) प्रकाशित गर्न पुगे । विश्व सन्देश (भाग ३) २०६२ सालमा प्रकाशित कृति हो भने विश्व सन्देश (भाग ४) मैले २०६३ सालमा प्रकाशित गरेको थिए । विश्व सन्देश (भाग ५) को साधारण पुस्तक मैले चितवन हुदै प्रकाशित गरिसकेको थिए ।
२०६४ सालमा अभिभावक सँगै काठमाण्डौँ भएपछि आज सम्म मैले विश्व स्वतन्त्र संचारबाट आफै प्रकाशक बनि महामानवहरुको जीवनी (२०७१ सालमा),प्रेम र विवाह (२०७० सालमा) माक्र्सवादी दर्शन र विश्व राजनिति (२०६९सालमा) प्रकाशित गरिसकेको अब मेरो किताब निकाल्ने कुनै योजना छैन ।त्यसोत म २०६० सालतिर विश्व लेखक संगठनको अध्यक्ष पनि थिए । २०५२ सालदेखि सुरु भएको मेरो लेखन यात्रालाई २०७२ सालमा आएर अर्थात २० वर्षे लामो मेरो लेखन यात्रा लाई मैले विश्राम दिएको छु, …धन्यवाद !
मिति ः ५ मंसिर, २०७२ विश्व सन्देश परिवारबाट
विश्व चर्चित लेखक मिलन आफन्तको २० वर्षे लामो लेखन यात्रा