नेपाली क्रान्तिको अबको कार्यक्रम ःबैज्ञानिक समाजबाद

नेपाली क्रान्तिको अबको कार्यक्रम ःबैज्ञानिक समाजबाद
नेकपा (एमाले) नेपालको सर्वहारा–श्रमजीवी वर्गको राजनितिक पार्टी हो ।यसले नेपालमा गरिवी अभाव .तथा सबै प्रकारका शोषण र असमानताहरुलाई अन्त्य गरि प्रगतिशिल, विकशित, सम्पन्न र समृद्ध समाजको निर्माण गर्न चाहन्छ । त्यसको निम्ति बैज्ञानिक समाजबाद र साम्यबादलाई नै त्यो उच्चतम् लक्ष्य हो भन्ने दृढ विश्वास राख्दछ ।समाजवाद र साम्यवादलाई आफ्नो अधिकतम् एव् अन्तिम लक्ष्यको रुपमा स्वीकार गरेर त्यसको प्रप्तिको निम्ति निरन्तर लागीरहने अठोट ब्यक्त गर्दछ ।
–क. मदन भण्डारी ,तत्कालीन महासचिव, नेकपा(एमाले)
नेकपा (एमाले) का तत्कालीन महासचिव क.मदन भण्डारीले नेपाली क्रान्तिको कार्यक्रमः जनताको बहुदलीय जनवादमा व्यक्त बिचार प्रति वर्तमानमा एमालेका नेता तथा कार्यकर्ता कति प्रतिवद्ध छन् त्यो त आम जनताको माझ छिपेको छैन तर हामी नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता भने समाजवादको लागि अझ पनि कटिवद्ध छौ । विगतको निर्मम आत्म समिक्षा ,बर्तमानको बस्तुबादी विश्लेषण,भविष्यको कार्ययोजनाका आधारमा समाजबादी क्रान्तिको स्पष्ट रुपरेखा तय गरेका छांंै ।
अवको समाजबादी क्रान्ति शान्ति पुर्वक, विज्ञान सम्मत हुनुपर्दछ । समाजबादीहरु हिंसात्मक हुन्छन् भन्ने ज्वलन्त उदाहरणको रुपमा हामी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लिन सक्दछौं । उनले युक्रेन माथि युद्ध थोपरेर यथार्थमा पुँजीबादको शान्तिको पर्दा उदाङ्गो पारेका छन् । उनले दशकौ सम्म रुसको राष्ट्रिपति भएर विश्वमा प्राप्त गरेको ओजलाई धुलोमा मिलाएका छन् । त्यसो त समाजबादी चिनले विश्व शान्ति, भाइचारा र मेलमिलापको निति आवलम्बन गरेर समाजबादीको यथार्थ चिनारी दिनु पर्दछ जसमा चिन सकारात्मक देखिन्छ । समाजबादमा हामीले कुनेपनि परम्परागत धर्मलाई प्रोत्साहन दिनु हुदैन । वास्तवमा धर्मपनि बैज्ञानिक हुनुपर्दछ तसर्थ मैले ःबचक एबिलभत न्यम को अवधारणा अघि ल्याएको हुँ ।
हाम्रो वर्तमान क्रान्तिको समाजिक आर्थिक चरित्र पुँजीवादी जनवाद हो , हाम्रो लक्ष्य जनताको जनवादी व्यवस्थाको स्थापना गर्नु हो । यो पहिला काम पुरा गरेर मात्र हामी समाजबादको निम्ति अधि बढ्न सक्छौं । २००७ सालमा जहाँनिया राणा शासनको अन्त्य, समान्ती जमिन्दारहरुका विरुद्ध ठूला–ठूला सङघर्षहरु, २०१७ सालमा जनता माथि थोपरिएको निरङकुस र निर्दलीय पञ्चायति शासन विरुद्ध ३० वर्ष सम्म चलेका साना –ठुला सशस्त्र र शान्तिपुर्ण आन्दोलनका श्रृङखला सहित पञ्चायति तानाशाहीको अन्त्य गर्ने २०४६ सालको ऐतिहाँसिक जनआन्दोलन,सामन्तवादका विरुद्ध योजनावद्ध र सशक्त विद्रोहको प्रतिनिधित्व गर्ने १० वर्षका महान् जनयुद्ध,जनयुद्ध र शान्तिपुर्ण जनआन्दोलनको समायोजनमा अगाडि बढेको १९ दिने संयुक्त जन आन्दोलन, विस्तृत शान्ति सम्झौता , संविधान सभाको निर्वाचन र धर्म निरपक्ष समावेशी–समानुपातिक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सम्म आईपुग्दा नेपालमा समान्तवादको राजनीतिक प्रतिनिधित्वका रुपमा सयौं वर्ष देखि शासन गर्दै आएको राजतन्त्र सँगै समान्तवाद माथि आधारभुत रुपले नेपाली जनताको विजय भयो । हामीले आन्दोलन गरेर मात्र हुदैन । आन्दोलन संगै सक्षम नेतृत्वको पनि निर्माण गनूपर्दछ ।तब मात्र आन्दोलन पछि देशले सकारात्मक दिशा लिन सक्छ ।
वर्तमानमा देशको राजनितिक परिस्थिति बदलिएको छ । जनयुद्ध सञ्चालन गरेको पार्टी नेकपा (माओबादी केन्द्र) को नेतृत्वमा नेपाल सरकारको गठन भएको छ । अब हामीले वर्तमान लोकतन्त्रको राम्रो पक्षको संरक्षण गर्दै शान्तिपुर्ण ढंडले बैज्ञानिक समाजवादमा सक्रमण गर्नुपर्दछ । समाजबादी आर्थिक आधार तयार पार्न समाजबाद उन्मुख आर्थिक निति जसमा सामाजिक न्याय सहित सहकारी, सार्वजनिक र निजी क्षेत्रको समन्वयमा अगाडि बढाउन ठोस नीति,योजना र कार्यक्रमको विकास गर्न जरुरी छ । स्थानिय र समुदायको तहदेखी उत्पादन र श्रमको व्यवस्थापनका लागि तथा साँस्कृतिक रुपान्तरणको योजनाद्धारा जनचेतना विकास गर्न उत्पादन , श्रम र संस्कृतिको संयोजन गर्न विशेष संरचना सहित ठोस योजना र कार्यक्रम बन्नु पर्दछ । लोकतन्त्र र समाजबादको राम्रो पक्षको अध्ययन र अनुसन्धान गरी त्यसलाई हामीले कार्यन्वयन गर्नु पर्दछ । जति सक्दो छिटो मुलुकलाई आर्थिक उन्नती र समृद्धिको मार्गमा लगेर जनतालाई सम्पुर्ण क्षेत्रमा आत्मनिर्भर बनाउनु बर्तमानको आवश्यकता हो, जुन बैज्ञानिक समाजबादमा मात्र संभव छ तसर्थ नेपाली क्रान्तिको अवको कार्यक्रम ः बैज्ञानिक समाजबाद भनिएको हो भन्दा अत्युक्ति नहोला, …….. धन्यवाद !
लेखक ः क.शिशिर श्रेष्ठ ‘शितल’, युवा चिन्तक, नेकपा (मओवादी केन्द्र)
“समाप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *