सामान्य विज्ञानको विकासको प्रक्रिया (क)ः मिलन आफन्त
यस अध्यायमा “सामान्य विज्ञान” शब्दको प्रयोग यस्तो अनुसन्धानको लागि गरिनेछ, जुन पछिल्लो एक वा अनेक वैज्ञानकि सफलताहरुमा पूर्ण रुपले आधारित हुन्छ । यी सफलताहरु यस्तो हुनुपर्दछ कि कुनै विशेष वैज्ञानिक समुदाय तिनलाई, कम्तीमा केही समयको लागि, आफ्नो व्यावसायिक व्यवहारको लागि आधारभूत र मार्गदर्शक मानून् । यस्ता सफलताहरुको कहानी प्रारम्भिक र उच्च–स्तरीय वैज्ञानिक पाठ्य–पुस्तकहरुद्धारा वर्तमान समयमा फेरि दोहो¥याइँन्छ तर यसप्रकार ऐतिहासिक घटनाहरुलाई आफ्नो मूल स्वरुपमा कहिल्यै प्रस्तुत गरिदैन । यी पाठ्यपुस्तकहरुले मान्य सिद्धान्तलाई प्रतिपादित गर्दछन, तिनीहरुका लगभग सबै सफल अनुप्रयोगहरुको व्याख्या गर्दछन् र यी अनुप्रयोगहरुको तुलना उदाहरणस्वरुपी अवलोकनहरु र प्रयोगहरुबाट गर्दछन् । यी पुस्तकहरु लोकप्रिय हुनुभन्दा पहिले उन्नाइसौं शताब्दीको शुरुमा विज्ञानका धेरै प्रसिद्ध शास्त्रीय ग्रन्थ यस कामको लागि प्रयुक्त हुन्थे । जुन वैज्ञानीक क्षेत्र अहिले नै परिपक्व भएका छन्, तिनीहरुको लागि यो कुरा अझै पनि आधुनिक समयको लागि हुन्छ । केही समयसम्म एरिस्टोटलको ‘फिजिका’, टोलमीको ‘अल्मागेस्ट’, न्यूटनको ‘प्रिन्सिपिया’ एवं ‘अप्टिक्स’, फ्रैंकलिनको ‘इलेक्ट्रिसिटि’ ल्यावोयजिएको ‘केमिस्ट्री’ र लायलको ‘जियोलोजी’ इत्यादि ग्रन्थ र त्यसको अतिरिक्त अन्य पनि धेरै पुस्तकहरु अनुसन्धानककर्ताहरुको भावी पुस्ताहरुको लागि आफ्ना क्षेत्रका वैध समस्याहरु र प्रणालीहरु निर्धारित गर्ने काममा आइरहे । यी सबै ग्रन्थले यो भूमिका त्यसकाण निभाउन सके किनकि यी सबैमा निम्नलिखित दुई विशेषताहरु समान रुपले विद्यमान थिए । एक त यो कि तिनीहरुको सफलता यस हदसम्म अभूतपूर्व थियो कि त्यसले वैज्ञानिक गतिविधिलाई अन्य प्रतिस्पर्धी पद्धतिहरुबाट हटाएर अनुयायीहरुको एक टिकाऊ दललाई आफुतिर आकर्षित गर्न सक्यो । अर्काे कुरा यो कि तिनीहरुमा अगाडिको लागि यति अधिक कामको संभावना विद्यमान थियो कि अनुसन्धानकर्ताहरुको पुनर्गठित दलको लागि हल गर्न योग्य विविध प्रकारका समस्याहरु उपलब्ध हुनगए ।
जुन सफलताहरुमा उपरोक्त दुई लक्षण विद्यमान हुनेछन, अगाडिबाट तिनीहरुको लागि म “प्याराडाइम” (अनुसन्धानको परिधि, त्यसको प्रक्रिया र त्यसको पद्धति) शब्दको प्रयोग गर्नेछु, यो एक यस्तो पारिभाषिक शब्द हो, जुन “सामान्य बिज्ञान” सँग धनिष्ठतापूर्वक सम्बन्धित हुन्छ । यो शब्द चुनेर म यो प्रस्तावित गर्न चाहान्छु कि वास्तविक वैज्ञानिक व्यवहारका केहि स्विकृत उदाहरण जसमा नियम, सिद्धान्त, अनुप्रयोग र मन्त्र–समुच्चय इत्यादि सबै मिलाएर सामेल छ, यस्तो मण्डल उपलब्ध गराउँदछ, जसमाथि वैज्ञानिक अनुसन्धानको विशेष समंजस्ययुक्त परम्पराहरु आधारित हुनजान्छ । इतिहासकार यी परम्पराहरुको लाग् ि‘टोलमीय खगोलविज्ञान’ (वा ‘कोपरनिकसको खगोलविज्ञान’) एरिस्टोटलको ‘गतिविज्ञान’ (वा न्यूटनीया गतिविज्ञान), ‘कणिका प्रकाशविज्ञान’ (वा ‘तरंग–प्रकाश–विज्ञान’) जस्ता आकर्षक शीर्षकहरुको प्रयोग गर्दछन् । प्याराडाइमहरुको अध्ययन त्यो प्रक्रिया हो, जसको माध्यमबाट अध्ययनकर्ता आफ्नो भावि व्यवसायिक समुदायको सदस्यताको लागि तयार हुन्छ । यो कुरा यस्ता प्याराडाइमहरुको लागि पनि लागू हुन्छ, जसको प्रयोग उपरोक्त उदाहरणहरुमा वर्णित प्याराडाइमहरुको अपेक्षा कैयौं धेरै सीमिति क्षेत्रहरुमा होस् । किनकि व्यवसाय ती यस्ता मानिसहरुसँग काम गर्दछन्, जुन सबैले आफ्नो क्षेत्रको आधारभूत सिद्धान्त एक समान ठोस मण्डलबाट सिकेका छन्, त्यसकारण भविष्यको व्यवहारमा आधारभूत प्रश्नहरुलाई लिएर कुनै गम्भीर मतभेद कहिल्यै खडा हुँदैन । जो मानिसहरुको अनुसन्धान एक समान प्याराडाइममा आधारित हुन्छ, ती वैज्ञानिक व्यवहारको समान नियमहरु एवं मापदण्डहरुप्रति प्रतिबद्ध हुन्छन् । यो प्रतिबद्धता र यसबाट उत्पन्न हुने प्रकट मतैक्य सामान्य विज्ञान गर्नको लागि पूर्वशर्त हुन्, अर्थात् कुनै विशेष अनुसन्धान परम्पराको उत्पत्ति र त्यसको निरन्तर जारी रहनको लागि अनिवार्य छ ।
यद्यपि यस पुस्तकमा प्याराडाइम शब्दको प्रयोग विभिन्न सुपरिचित धारणहरुको लागि गरिनेछ त्यसकारण यस विषयमा स्पष्टीकरण दिनु आवश्यक छ कि हामी यो परिभाषा किन प्रयोग गर्न चाहन्छौं । कुनै निश्चित वैज्ञानिक सफलता व्यावसायिक प्रतिवद्धताको केन्द्रबिन्दु कसरी बन्नजान्छ र यसप्रकार यस सफलताबाट पूर्ण तरीकाले स्वतन्त्र रुपले प्रतिपादित हुने बैज्ञानिक धारणहरु, नियमहरु, सिद्धान्तहरु र दृष्टिकोणहरु भन्दा पहिले प्याराडाइम किन प्रकट हुन्छ ? वैज्ञानिक विकासको अध्ययनकर्ताको लागि कुन अर्थमा सर्वमान्य प्याराडाइम एक यस्तो आधारभूत इकाई हो, जसलाई तार्किक विश्लेषणद्धारा यस्ता र अधिक साना इकाईहरुमा तोड्न सकिदैन ताकि तिनलाई प्याराडाइमको स्थानमा प्रयोग गरिन सकियोस् ? जब हामी यी प्रश्न र यसैप्रकारका अन्य प्रश्न अध्याय पाँचमा उठाउनेछौं, तब यिनीहरुको उत्तर सामान्य विज्ञान र त्यससँगै सम्बन्धित प्याराडाइमहरुको धारणालाई बुझ्नको लागि आधारभूत साबित हुनेछन् । त्यस सैद्धान्तिक विश्लेषणलाई राम्रोसँग बुझ्नको लागि यो उपयोगी हुनेछ कि पाठक व्यवहारमा प्रयुक्त सामान्य विज्ञानको अथवा प्याराडाईमहरुको उदाहरणहरुबाट परिचित होऊन् । एक–अर्काेसँग सम्बन्धित यी धारणाहरुको स्पष्ट व्याख्या गर्नको लागि यो बताउनु आवश्यक छ कि अनुसन्धान कार्य प्याराडाइमहरुबिना पनि गर्न सकिन्छः, वा कम्तीमा त्यसको लागि यस्ता प्याराडाइमहरुको आवश्यकता छैन जसबाट उपरोक्त प्रकारका असंदिग्ध व्यावसायिक प्रतिबद्धता उत्पन्न हुन्छ । कुनै वैज्ञानिक क्षेत्रद्धारा प्याराडाइमको अधिग्रहण र यसको कारण संभव अधिक गूढ (रहस्यात्मक) किसिमको अनुसन्धान, त्यसको विकास–क्रममा परिपक्वताको अवस्थाको लक्षण हो ।
आफ्नो तर्कको पुष्टिको लागि हामी भौतिक प्रकाशको इतिहासको उदाहरण दिनेछौं । यदि इतिहासकार कुनै अन्य वैज्ञानिक क्षेत्रको परस्पर सम्बन्धित परिघटनाहरुको अन्वेषण, कालानुक्रमलाई उल्ट्याएर अर्थात वर्तमानबाट शुरु गरी भूततर्फ गएर गर्दछ भने, उसलाई हमेशा प्रकाश–विज्ञानको इतिहाससँग मिल्दो–जुल्दो नै विकास–क्रम प्राप्त हुनेछ । वर्तमान भौतिक विज्ञानको पाठ्य–पुस्तकहरुबाट अध्ययनकर्ताहरुलाई यो थाहा हुन्छ कि प्रकाश फोटोन हो । यी यस्ता क्वान्टम यान्त्रिकीय इकाईहरु हुन, जसले केही तरंगको र केही कणहरुको लक्षण प्रदर्शित गर्दछन् । वर्तमान समयमा अनुसन्धान कार्य यसै धारणाको आधारमा गरिन्छ, वा यो भन्नु अधिक उचित हुनेछ कि अनुसन्धानको आधार त्यो परिष्कृत गणितीय वैचारिचक ढाँचा हो, जसबाट फोटोनको उपरोक्त लक्षण व्युत्पन्न हुन्छन् । तर प्रकासको यो चरित्र–चित्रण त मुश्किलले पचास बर्ष पुरानो हो । यस शताब्दीको शुरुमा प्ल्यांक, आइस्टाइन एवं अन्य वैज्ञानिकहरुद्धारा यो धारणा विकसित गरिनुभन्दा पहिलो, भौतिक विज्ञानको पाठ्य–पुस्ताहरुद्धारा यो धारण पढाइन्थ्यो कि प्रकाश अनुप्रस्थ तरंग–गति हो । यो संकल्पना त्यस प्याराडाईममा आधारित छ, जसको स्रोत कुनै न कुनै रुपमा उन्नाइसौं शताब्दीको शुरुमा फ्रेनल र यंगद्धारा लिखित प्रकाश–विज्ञानसम्बधी पुस्तकहरुमा प्राप्त हुन्छ । तरंग सिद्धान्त पनि प्रकाश–विज्ञानको लगभग सबै अनुसन्धानकर्ताहरुद्धारा समान रुपमा स्वीकार गरिने पहिलो सिद्धान्त थिएन । अठारौं शताब्दीको क्रममा यस क्षेत्रको प्याराडाइमको आधार न्यूटनको ‘अप्टिक्स’ नामक त्यो रचना थियो, जसमा यो मान्यता प्रतिपादित गरिएको थियो कि प्रकाश द्रव्यात्मक कणिकाहरु हुन् । त्यस समय भौतिक वैज्ञानिकहरुले प्रकाश कणहरुका पिण्डहरुसँग टकराउँदा उत्पन्न हुने दबाबको अस्तित्व खोजे । शुरुका तरंग–सिद्धान्तविद्हरुले यस परिघटनामाथि अनुसन्धान गरेका थिएनन् ।
भौतिक प्रकाश विज्ञानको प्याराडाइमहरुका यी रुपान्तरण वैज्ञानिक क्रान्तिहरु हुन् र क्रान्तिको बाटोबाट भएर एक प्याराडाइमबाट अर्काे प्याराडाइमसम्म संक्रमण गर्नु सामान्यतः हरेक परिपक्व विज्ञानको विकासक्रमको विशेषता हो । प्रकाश–विज्ञानको इतिहासको सन्दर्भमा, न्यटनको अनुसन्धान कार्यभन्दा पहिलेको विकासक्रममा उपरोक्त विशषेता थिएन, र हाम्रो तर्कको लागि यही बैषम्य महत्वपूर्ण छ । प्रकाश विज्ञानको अनुसन्धानको शुरुवाती क्रमदेखि लिएर सत्रौं शताब्दीसम्म कुनै यस्तो समय थिएन, जब प्रकाशको तात्विक प्रकृतिको विषयमा सबै अनुसन्धानकताहरुद्धारा समान रुपले स्वकिृत कुनै एक धारण विद्यमान रहेको होस् । यसको विपरीत अनेक प्रतिस्पर्धी विचारपद्धतिहरु एंव उप–विचार पद्धतिहरु सदैव रहन्थे, जसमध्येबाट धेरै एपीक्यूरस, एरिस्टोटल वा प्लेटोको सिद्धान्तको कुनै न कुनै रुपान्तरणको समर्थन गर्दथे । बैज्ञानिकहरुको एउटा दल प्रकाशलाई द्रव्यात्मक पिण्डहरुबाट बिसर्जित हुने कण मान्दथ्यो, एक अन्य दल प्रकाशको व्याख्या माध्यम र आँखाबाट हुने विसर्जनको पारस्परिक क्रियाको रुपमा गर्दथ्यो र यसको अतिरिक्त यिनीहरुका धेरै अन्य समिश्रण र संसोधन पनि थिए । हरेक विचार–पद्धतिलाई कुनै विशेष तत्व–मीमांसाबाट बल प्राप्त हुन्थ्यो र प्याराडाइम स्वीकृतिको लागि उपयुक्त अवलोकनहरुको रुपमा हरेक दलको प्रकाश विज्ञानसम्बन्धी परिघटनाहरुको त्यस विशेष समुहलाई महत्व दिन्थ्यो, जसको व्याख्या आफ्नो सिद्धान्तको आधारमा गर्नमा त्यो सबभन्दा अधिक सफल हुन्थ्यो । अन्य अवलोकनहरुको व्याख्या तदर्थ व्याख्याहरुको माध्यमबाट गरिन्थ्यो, वा तिनीहरुलाई भविष्यको अनुसन्धानद्धारा हल गरिने बचेका समस्याहरुको रुपमा बुझिन्थ्यो ।
(टी.एस. कुनको पुस्तक “बैज्ञानिक सिद्धान्तको विकाश–प्रक्रिया” बाट झिकिएको)