सिद्धान्त, व्यवहार र चिन्तनः शताब्दी वर्ष व्यक्ति (क)
वस्तुगत संसारबारे जनताले प्राप्त गर्ने ज्ञानको कुल जोड सिद्धान्त हो । व्यावहारिक जीवनका विभिन्न क्षेत्रमा गरिने जनताको क्रियाकलाप व्यवहार हो । शारिरीक र मानसिक श्रम विभाजन भएपछि सिद्धान्त र व्यहार बिच फरक आयो । यिनीहरु एकले अर्काेलाई प्रभाव पार्ने निर्भर प्रकृतिको रहने भए पनि स्वतन्त्र पनि भए । मानसिक र शारिरीक श्रम भिन्नता वर्ग वैरभावको उपजको रुपमा सिद्धान्त र व्यवहार बिच खाल्डो पुरिने छ । सिद्धान्त व्यवहारको निकट सम्पर्कमा रहने छ । व्यवहार सिद्धान्तको फराकिलो बाटोमा सफलताका साथ अघि बढ्ने छ । दुवै मिलेर प्रकृति र समाजलाई फेर्ने एउटै सामाजिक ऐतिहासिक प्रकृया बन्ने छन् । आफूलाई माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट निर्देशित गर्न नसक्नुको अर्थ सामन्ती, पुँजीवादी वा निम्न पँुजिवादी दृष्टिकोणबाट निर्देशित गर्नु हो ।
सही दृष्टिकोण नलिइकन जनतामा काम गर्नुको अर्थ जनतालाई पनि गलत विचारको प्रभावमा पार्नु र जनआन्दोलन भित्र अवान्छित फोहर मैला घुसाउनु हो । क्रान्तिकारी सिद्धान्तलाई आफ्नो मार्ग दर्शकको रुपमा अपनाउन र प्रयोग गर्न असमर्थ सङ्गठन र व्यावहारिक आन्दोेलनबाट अलग रहेको सङगठनले क्रान्तिकारी उथलपुथल ल्याउने महान् जनआन्दोलनलाई पुर्ण विजय सम्म नेतृत्व गर्न सक्दैन । आन्दोलनकारीको उद्देश्य सबैमा स्पष्ट हुन नसकेपनि नेतृत्व पङ्तिमा स्पष्ट भएको हुनु आवश्यक छ । अन्तिम उद्देश्य स्पष्ट नभई आन्दोलन सब थोक हो र अन्तिम केही पनि होइन भन्ने अवसरवादी हुन् । उद्देश्य जतिसुकै राम्रो भए पनि र जतिसुकै इमान्दारिता पुर्वक लागु गर्न कोसिस गरे पनि दृष्टिविहिनले यथार्थतालाई बुझ्न सक्दैनन् । क्रान्तिकारी सिद्धान्तको मद्दत विना कसैले पनि आजको जटिल सामाजिक जीवनलाई बुझ्न सक्दैन । बुझे पनि उसले आंशिक, गलत वा एकाङ्की ढङ्गबाट मात्र बुझ्न सक्ने छ ।
लासालले भनेका छन् “दैनिक जीवनको खैलावैलाबाट भन्दा विज्ञानको अग्लो शिखरबाट चाँडै प्रभातको किरण देखिन्छ” । त्यस्तै, माक्र्सले भनेका छन्– “जसरी सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेट्याउँछ, उसैगरि दर्शनले सर्वहारा, वर्गमा आफ्नो भौतिक हतियार भेट्याउँछ ।” हामी जसलाई क्रान्तिकारी जनआन्दोलन भन्दछौं, वास्तवमा जनताको संघर्ष र क्रान्तिकारी सिद्धान्तको मेल हो । जव सिद्धान्तले जनताको व्यवहारिक सङ्घर्षलाई र त्यो व्यवहारले सिद्धान्तलाई भेट्याउँछ तब श्रमजीवि जनताको मुक्तिले आफूलाई सिद्ध गर्न थाल्ने छ । जडसुत्रवाद र सङ्कीर्ण व्यवहारवाद दुवैले एकतामा भाँजो हाल्दछन् । सिद्धान्तको यान्त्रिक प्रयोग केटाकेटीपन हो । निरपेक्षीकरण र यान्त्रिकरण हाम्रो देशको सिद्धान्तको सृजनात्मक प्रयोगमा तगारो बनेको छ । आफ्ना दैनिक आवश्कता पूर्ति गर्ने सिलसिलामा अध्ययन र विषयवस्तु छनौट दुवैको महत्व छ । सिद्धान्तको अध्ययन गर्दा हाम्रो दैनिक आवश्यकता पुर्ति र समाजमा त्यसको व्यवस्थापन गर्ने तरिका दुवैसँग सम्बन्धित रहेर अध्ययन गर्ने एकातिर र राजनीतिक सङ्गठनमा संलग्न भएर जिम्मा पूरा गर्ने अर्काेतिर दुवैका सिलसिलामा उच्च ज्ञान हासिल गर्न सकिन्छ । समाजमा खराबी, कमजोडि र अन्य व्यवस्थालाई व्याख्याा गर्ने मात्र होइन, त्यसलाई बदल्ने अभियानमा समेत आफूले श्रम खर्च गर्नुपर्दछ । त्यसैले समाज बदल्ने अभियान महत्वपुर्ण मानिन्छ ।
सिद्धान्त जीवनसित सजीव व्यवहार सित सही ढङ्गले गाँसिएपछि र व्यवहारिक सङ्घर्षका समस्या तथा सङ्घर्षको क्रममा उत्पन्न प्रमुख सवालको अध्ययन, विश्लेषण गरेर समाधानको उचित प्रयोग गर्नुपर्छ । त्यस्तो गर्दा जनताको व्यावहारिक क्रान्तिकारी क्रियाकलापमा ठिक ढंगले प्रयोग गरेपछि मात्र ठिक ढङगले लागु भएर विकसित हुन्छ । सिद्धान्त अदम्य र अजेय भौतिक शाक्तिमा फेरिन्छ । व्यवहारमा लाग्दा प्रत्येक मान्छे एक न एक सैद्धान्तिक दृष्टिकोणबाट निर्देशित रहेको हुन्छ । सैद्धान्तिक क्रियाकलाप सामाजिक क्रियाकलापको एउटा महत्वपूर्ण अङ्ग हो । सिद्धान्त र व्यवहार बिच खाडल उत्पन्न हुने कारण सैद्धान्तिक कार्यले आर्थिक विकासक्रमद्धारा देखाएको बाटोबाट भिन्नै बाटो पत्ता लगाउने काममा आफूलाई तह लगाउँछ । त्यसो गर्दा आन्दोलनले तात्कालिन कार्यसूचिमा नराखेका नारा सहित सङघर्षको तयारी र तरिकालाई सो आन्दोलनमा थोपर्न खोज्छ । त्यसका साथै तथाकथित नेताहरुले मनोगत आधारमा सैद्धान्तिक क्रियाकलाप चलाउँछन् । माक्र्सवाद–लेनिनबादको चिह्नपाटी राखेर अवसरवादी तथा संशोधनवादी विचारको विक्री गरिन्छ । नेता हुने महत्वाकङ्क्षा बोकेर कम्युनिस्ट पार्टीमा लागेका व्यक्तिको टकरावका कारण दजनौ कम्युनिष्ट नाम गरेका पार्टी अस्तित्वमा छन् । त्यसो हुने कारण आफ्नो योग्यताले भेट्न नसक्ने महत्वकाङ्क्षा बोक्नु नै हो । सिद्धान्त र राजनीतिक लाइनको महत्व नबुझिकन सङ्गठन बनाउने अवसरवादी तरिकाले गर्दा त्यस्तो भएको हो ।
सङगठन नभए सिद्धान्त र राजनीतिक लाइनको अर्थ नहुने भए पनि सङगठन भने सिद्धान्त र राजनीतिक लाइन पछि तेस्रो महत्वमा पर्दछ । सिद्धान्त र राजनीतिक लाइन विनाको सङगठनकले अवसरको खोजी वाहेक अरु केही गर्दैन। सिद्धान्तले हामीलाई संसार बुझ्ने र फेर्ने काममा सहयोग गर्छ । थिचोमिचो विरुद्धमा अब मुक्तिको लागि सफलतापुर्वक सङ्घर्ष गर्ने क्षमता प्रदान गर्दछ । प्रमुख पक्ष माक्र्सवादी– लोननवादी विश्व दृष्टिकोण हो । खगोलशास्त्रीको दुरविन जस्तै हो । प्रयोगशालाको सुक्ष्मदर्शक यन्त्र जस्तै हो । अन्धकारको उज्यालो जस्तै हो । लेनिनले भनेका छन्–“मानवजातिले सृजना गरेको सम्पूर्ण ज्ञान भण्डारबाट आफ्नो दिमागलाई समृद्ध पारेर मात्र तपाई कम्युनिष्ट बन्न सक्नु हुन्छ।” त्यसैगरी माओले भनेका छन्– “हाम्रो निष्कर्ष हो, मनोगत र बस्तुगतको, सिद्धान्त र व्यवहारको ज्ञान र ठोस कार्यको ऐतिहाँसिक एकता ………..।” माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको सिद्धान्त र व्यवहारको एकताका प्रतिक हुन । हामीले आफूलाई उनीहरुले नमुनामा ढाल्न प्रयत्न गर्नुपर्छ । विभिन्न पक्षमा निरन्तर परिवर्तन र रुपान्तरण हुदै सामाजिक जीवन अघि बढदै आएको छ …. धन्यवाद ।
निर्देशकः मिलन आफन्त (विश्व सन्देश) लेखकः दुर्गानाथ खरेल (युग दर्शन)