Mars Planet Godको बैज्ञानिक अन्वेषणः मिलन आफन्त (Milan Afanta) मंगल ग्रहमा चिठ्ठी

Mars Planet God को बैज्ञानिक अन्वेषणः मिलन आफन्त (Milan Afanta) मंगल ग्रहमा चिठ्ठी

एक जना पाँच वर्षे बालकले अचम्मको प्रश्न सोधेर पत्र पठाए पछि बेलायतको शाही हुलाक विभागका कर्मचारीहरुको पसिना छुट्यो । भविष्यमा अन्तरिक्ष  यात्री बन्ने सपना बोकेका ओलीभर गिडिंग्सले सोधेको प्रश्नको जवाफ दिनका  लागि रोयल मेलले अमेरीकी अन्तरिक्ष संस्था नासालाई नै गुहार्नू प¥यो ।मंगल ग्रहमा चिठी पठउनका लागि कति खर्च लाग्छ ? भन्ने प्रश्न सोधिएको बालकको पत्र पढेपछि हुलाकका कर्मचारी तथा हाकिमहरु टाउको कन्याउन बाध्य भए । अन्त्यमा जुक्ति निकालेर उनीहरुले नासा सामु यो प्रश्न पे्रषित गरे र जवाफ पाए । अनि सोहि जवाफ ती बालकलाई पठाइयो ।जसमा लेखिएको थियो कि मंगल ग्रहमा चिठी पठाउन ११ हजार ६०२ दशमलव २५पाउण्ड खर्च लाग्छ ।यो भनेको नेपाली रुपैयाँ १९ लाख ३० हजार जति हो । बालकलाई पठाईएको जवाफमा मंगल ग्रहमा पठाउने पत्रको तौलको आधारमा रकममा घटबढ हुन सक्ने उल्लेख छ र त्यसमा पृथ्वी र मंगल विचको दुरी ५६ करोड १० लाख किलोमिटर पार गर्नका लागि रकेटलाई लाग्ने इन्धन खर्च लगायतका खर्च जोडिएको पनि जानकारी दिइएको छ । ११ हजार पाउण्ड रकम १ सय ग्राम तौलको पत्रका लागि रहेको बताएका छन् । साथैँ मंगल ग्रहमा पठाउने पत्रको खाम बाहिर १८ हजार ४१६ वटा पहिलो श्रेणीका हुलाक टिकट तथा २१ हजार ४६६ वटा दोस्रो श्रेणीका हुलाक टिकट टाँस्नुपर्ने पनि उनले बताएका छन् । ल्यांकसायरमा आफ्नो बुवाआमा तथा दाइसँगै बस्दै आएका अलिभरले हुलाक विभागको जवाफी पत्र पाएसँगै खुसी व्यक्त गर्दै भनेः ओहो , निकै धेरै रकमको पो रहेछ । उत्तर दिएकोमा धन्यवद रायल मेल, पढ्दा रमाइला लाग्यो ।

मंगल ग्रहमा मुसा

      छेपारो, चम्चा, अझ देबताकै अनुसार ,बुद्धको मुर्ति ,एक महिला अनि अहिले मंगल ग्रहमा  खिचिएको तस्बिरमा मुसा भेटीएको चर्चा चलेको छ । मंगल ग्रहको गेल क्रेटरमा  क्युरिओसिटी रोभरले खिचेको तस्बिरमा मुसा जस्तो आकृति देखिएको छ । ह्वाइट नामका एक व्यक्तिल नाशाले मंगलमा लिएको तस्बिर हेर्दै गर्दा एक तस्विरमा मुसा जस्तो आकृति भेटेका  हुन । दृष्टिभ्रम भएको पनि  हुनसक्ने बताउँदै ह्वाइटले गेल क्रेटरको तस्बिर नियाल्दा मुसा देखिएको बताउँछन् । यो तस्बिर २७ अक्टोबरमा क्युरियोसिटी  रोभरको दायाँ तर्फको क्यामेरा प्रयोग गरी जमिन भन्दा ६ फिट माथिबाट लिइएको हो। एलियनको  दुनियाँमा चाख राख्नेको लागि यो ठूलो मुद्धा भएपनि नाशाले यो बारेमा थप अनुसन्धान गरेका छैन । चर्चाकै कुरा गर्दा लाखौँ वर्ष पहिले मंगलमा मंगलबासी थिए भन्ने गरिन्छ ।मंगलको वातावरण ह्रास हुदै गएपछि ठूलो समुहमा मानिसहरु पृथ्वीको लाईमेरिया र एन्टान्टिस भन्ने द्धिपमा आएका थिए । सो बखत पृथ्वीमा मानिसहरु अहिलेको भन्दा माथिल्लो बौद्धिक आयममा थिए । तिनै मंगलबासीले इजिप्टको पिरामिड बनाएको कथा चलि आएको छ ।

       तिन मंगलबासीले गरेको परिक्षणले बर्मुडा ट्रयाङ्गगल भन्ने ठाउँमा अहिले पानी जहाज र विमान हराउने गरेको समेत भन्ने  गरिन्छ । ती मंगलबासी र पृथ्वीबासीको पछि मिलन हुनु पुग्यो र कतिपय हाम्रा पुर्खा मंगलबासी पनि हुनसक्ने कथा निकै चर्चित छ । तर लाइमेरिया र एन्टान्टिस द्धीप साँचै थिए भनी पत्ता भने लगाइएको छ । मंगल ग्रहमा अहिले जीवित बस्तु भेटिएका छैनन्  ।नाशाले करोडौँ  वर्ष पनि पहिले मंगलमा जीवन रहेको तर चुम्बकीय क्षेत्रमा अचानक परिवर्तन आउँदा बायुमण्डल नष्ट हुन पुगी मंगल जीवन विहिन बनेको बताएको छ । मंगल ग्रहको वायुमण्डल पृथ्वीको भन्दा १०० गुणाले पातलो छ ।साथै अहिलेसम्म इजिप्टको गिजामा रहेको पिरामिड कसरी बनाइएकोे हो भन्ने बैज्ञानिकहरु सँग कुनै जवाफ छैन ।

मगल ग्रहको यात्रा

      बुहुप्रतिक्षित तथा बहुचर्चित मंगल ग्रहको एकतर्फी यात्राका लागि १ सय जना फाइनालिष्ट छनोट भएका छन् । मंगल ग्रहमा जानका लागि आवेदन गरेका कुल २ लाख २ हजार ५ सय ८६ जना आवेदकहरु मध्ये बाट तेस्रो चरणको छनोट प्रक्रिया पार गर्न सफल हुने १ सयजना व्यत्तिहरुको सूचि मंगल यात्राको महत्वाकाँक्षी योजना बनाइरहेको नेदरल्याण्डको मार्स वन नामक संस्थाले प्रकाशित गरेको छ ।२०२४ बाट मंगल ग्रहमा मानिस पठाउन सूरु गर्ने योजना बनाएको मार्स बनले तेस्रो चरणका लागि छनोट भएका १ सय जना मध्ये बाट अन्तिम २४ जना यात्रीहरुको चयन गर्नेछ । ती २४ जनालाई ६ पटकमा गरी ४–४जना मंगल ग्रहको एकतर्फी यात्रामा पठाइने छ र उनीहरु स्थायी रुपमा मंगल ग्रहमा नै बस्ने छन् ।छनोट भएका १ सय जना मध्ये ५० जना महिला  तथा ५० जना पुरुष रहेका छन् । छनोट हुनेहरुमा अमेरिका महादेशका ३९ जना, युरोपका ३१ तथा एसियाका १६ जना रहेका छन् । त्यस्तै अफ्रिकाबाट ७ जना र ओसेनियाबाट ७ जना मानिसहरुको मंगल अभियानको अन्तिम १ सयमा छनोट हुन सफल भएका छन् ।

        छनोट हुनेहरुमा छिमेकी देश भारतका ३ जना र पाकिस्तानका एक जना रहेका छन् । छनोट हुने भारतीयहरुमा अमेरिकामा विद्याबारिधी गरिरहेका २९ वर्षका तन्त्रजित सिंह भाटिया, दुबैइमा बस्दै भएकी २९  वर्षकी रिकिता संह र केरलाका १९ वर्षिया शारदा प्रसाद रहेका टाइम्स अफ इण्डियाले जनाएको छ । त्यस्तै अन्तिम १ सय जना छनोट हुने एकमात्र पकिस्तानी नागरिकको नाम रेगिनाल्ड रहेको मार्सबानको सुचिमा उल्लेख छ । दोस्रो चरणमा पुगेका ६ सय ६० जना मानिसहरुलाई अन्तरबार्ताको माध्यमबाट जाँच गरी १ सय जना  छनोट गरिएको मार्सबानले जनाएको छ । अबको छनोट चरणमा समुह निर्माण तथा मंगल ग्रहमा रहँदा सामुहिक रुपमा जोखिम बहन गर्ने क्षमता र सीप लगायतका विषयमा केन्द्रित हुने चयनकर्ता नोर्बट क्राफ्टले बताएका छन् । साथै उनीहरुलाई पृथ्वीकै कुनै ठाउँमा मंगल ग्रह जस्तै बतावरण भएको स्थान निर्माण गरी सोही ठाउँमा मंगल ग्रहमा मानव जस्ती वसाल्ने योजना मार्स वानको छ ।

पृथ्वीका प्राणी मंगल ग्रहबाट आएको दावी

     पृथ्वीमा अस्तित्वमा रहेका प्राणी तथा बनस्पतिको खास उत्पत्ति पृथ्वीमा नभएर मंगल ग्रहमा भएको अमेरिकी बैज्ञानिकहरुले दावी गरेका छन् । जिवको उत्पतिका लागि आवश्यक तत्व केवल मंगल ग्रहको सतहमा मात्र रहेकोले अहिले पृथ्वीमा रहेका जिवको विउ  मंगल ग्रहबाटै पृथ्वीमा आएको दाबी ती बैज्ञानिकहरुको रहेको छ । भुर–गर्भसायनविद्ध स्टेभेन बेनरका अनुसार यो ब्रह्माण्डमा सुरुमा मंगल ग्रहका जिवको उत्पत्ति भएको र मंगल ग्रहबाट छुट्टिएको विशाल उल्कासँग ती जीव पृथ्वीसम्म  आइपुगेका हुन । सबैभन्दा पहिले जिवकोे उत्पत्ति हुनका लागि आवश्यक ठानीएको मोलिब्डेनम तत्वको अक्सिडाइज्ड रुप मंगल ग्रहमा रहेको तथ्य नै आफ्नो दाबीलाई पुष्टि गर्न पर्याप्त रहेको जिकीर उनको रहेको छ । प्राध्यापक बेनरले आफ्नो यस सम्बन्धि शोधपत्रलाई आसन्न बैज्ञानिक सम्मेलनमा प्रस्तुत गर्दैछन्  । उनले मंगल ग्रहमा अहिले पनि जिवको उत्पत्ति हुनका लागि आवश्यक पर्ने वातावरण कायम रहेको हुन सक्ने  विश्वास समेत गरेका छन् ।,

   मंगल ग्रहमा समुद्र रहेको पुष्टि

    बैज्ञानिक तथा खगोल शास्त्रीहरुले मंगल ग्रहमा पानी रहे नरहेको, जीवनको सम्भावना रहे नरहेको विषयमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेका छन् । मंगल ग्रहमा लाखौँ वर्ष पहिले समुद्र रहेको भन्ने खालका कथनहरुमा बैज्ञानिकहरु एकमत नभएका भए पनि मंगल ग्रहमा पानी अंश रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । तर पछिल्लो अनुसन्धानले भने मंगल ग्रहमा अर्बैं पहिले विशाल समुन्द्र रहेको तथ्य पुष्टि गरेको छ । अमेरिकाको क्यालिफोर्निया इन्स्टच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरुले मंगल ग्रहमा अरर्बैां वर्ष पहिले मार्टिन नामको समुन्द्र रहेको सबुत फेला परेको दावी गरेका हुन् । मार्टिन नामको उक्त समुन्द्रले मंगल ग्रहको एक तिहाई भाग ओगटेको थियो । उक्त समुन्द्रको अवशेष अहिले पनि बाँकी रहेको बताईएको छ । मंगल ग्रहको हाइ रिजोलुसन तस्वीरको विश्लेषणबाट शोध कर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । यसै बिच मंगल ग्रहको अनुसन्धानका लागि एक वर्ष पछि पठाइएको क्युरोसिटी रोबरले एक किलोमिटर दुरी तय गर्दे किर्तिमान बनाएको छ । अघिल्लो वर्ष अगस्ट ५ मा मंगल ग्रहको सतहमा उत्रिएको क्युरोसिटी अब मंगल ग्रहको ग्लेनेग भन्ने क्षेत्रमा जानेछ जुन अहिलेको ठाउभन्दा ८ किलोमिटर टाढा छ । त्यहाँ गएर क्युरोसिटिले मंगल ग्रहको वातावरण कसरी बदलिएको छ –भन्ने कुराको अध्ययन गर्नेछ ।

    मंगल ग्रहमा ‘अप्रच्युनिटी’ को रेकर्ड

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘अप्रच्युनिटी’  रोबटले मंगल ग्रहमा धेरै द्ुरी सम्म घुम्ने रोबटको रेकर्ड बनाएको छ । नासाका अनुसार आकाशिय पिंडमा मानव निर्मित यानद्धारा यति धेर्रै दुरी प्रयोग गरेको यो नै पहिलो हो । सन् २००५ मा रातो ग्रह ९ मंगल ग्रहमा पुगेको रोबट सौर्य उर्जाबाट सञ्चालित छ । यसले करिब ४० किलोमिटरको दुरी पुरा गरेको छ । पुर्व सोभियन संघ रुसले पठाएको लनोखोद –२ रोबटले पुरा गरेको दुरी भन्दा नासाको योरोबटले तय गरेको दुरी धेरै हो । रोबटले ६ महिनामा ३९ किलो मिटरको दुरी पुरा  गरेको समाचारमा जनाइएको छ । कैलिफोर्निया स्थित नासाको जैट प्रोपल्शन लै बोरेटरी ९ जे । पी । एल को मार्स एक्सप्लोरेशन रोबट प्रोजेक्टका प्रवन्धक जोन कैलासले अप्रच्युनिटिले तय गरेको दुरी उल्लेखनिय रहेको बताए । अप्रच्युनिटीलाई उसले एक किलोमिटरको दुरी तय गर्दाको अध्ययनलाई ध्यानमा राखेर निर्माण गरिएको उनले बताए । अप्रच्युनिटीले अब मंगल ग्रहमा ‘इंडीवर’ नामक क्रेटर खाल्टोमा खोज गर्नेछ  । यसको अर्को नयाँ पिढीको रोबोटिक प्रतिरुप ‘क्यूरोसिटी’ रोबटलाई सन् २०१२ मा छाडि सकिएको छ । यो मंगल ग्रहमा गेल नामक क्रेटरको आसपास घुमिरहेको छ ।

मंगल ग्रहबारे जानकारी

     मंगल ग्रहको सतहमा धेरै मात्रामा आइरन अक्साईड भएकोले यो ग्रहको सतह रातो देखिन्छ, त्यस कारण यसलाई रातो ग्रह पनि भनिन्छ । यो सुर्य देखि करिब २२,७९,४०,५०० कि.मी. टाढा रहेको छ । दिमेस र फावोस दुई वटा उपग्रह भएको मङ्गल ग्रहको वायुमण्डलमा अक्स्जिन, पानी, वाफ रु कार्वन डाइ अक्साइडको बाक्लो पत्र छ । यसको व्यास करिव ६७९४ कि.मि छ । यसलाई आफ्नो अक्षको परिक्रमा गर्न २४ घण्टा २७ मिनेट २३ सेकेन्ड लाग्छ भने सुर्यको परिक्रमा गर्न ६८७ दिन लाग्छ ।

स्रोत ः विज्ञानका चामत्कारिक तथ्यहरु

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *