स्वेट मार्डनको कृति ‘बैज्ञानिक सफलता’ नियाल्दा
वर्तमानमा मेरो हातमा स्व्ोट मार्डनद्धारा लिखित “बैज्ञानिक सफलता ”भन्ने अन्त्यन्तै महत्वपुर्ण पुस्तक रहेको छ ।विनिता प्रसाईद्धारा नेपालीमा अनुवादित यस पुस्तक डिकुरा पब्लिकेसनद्धारा प्रकाशित भएर बजारमा आएको हो । भाग्यको लेखोट बदल्न सिकाउने पुस्तक भनेर उद्घोषित यस पुस्तक अत्यन्तै ज्ञानवर्दक र प्रेरणादायि छ । मैले यस पुस्तक “बैज्ञानिक सफलता ”का महत्वपुर्ण सन्देशहरुलाई संक्षिप्त रुपमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । मेरो यो प्रस्तुतीलाई तपाई विज्ञ पाठकहरुले सहर्ष स्वीकार गर्नु हुनेछ भनेर म विश्वस्त छु ।
– शताब्दी वर्ष व्यक्ति
क्रोधले मुढता उत्पन्न हुन्छ, मुढताबाट स्मृति भ्रान्ति हुन्छ , स्मृति भ्रान्त हुनाले बुद्धिको नाश हुन्छ र बुद्धि नष्ट हुनाले प्राणी आफै नष्ट हुन्छ : भागवतगीता । कुनै तपस्वी भएर अति क्रोधि भयो भने समाजमा उसको सम्मान हुने छैन : चाणक्य ।सज्जनको क्रोध पानीमा तानिएको रेखा समान छ, जुन छिटै विलुप्त हुन्छ : रामकृष्ण परमहसं । क्रोध बुद्धिमानीको घरबाट बाहिर निस्केर ढोकाको चुकुल लगाई दिन्छ :प्लुटार्क । मानिसले क्रोध राख्नु हुदैन र जहिले पनि क्षमा दिन तयार हुनुपर्छ ,कसैले आफ्नो भाईबन्धुलाई घृणा गर्छभने उ हत्यारा समान हुन्छ : जिसस क्राइष्ट । मानिसको आचरण कस्ौको घृणा वा क्रोधबाट बच्ने उपाय हो :कन्फ्युसियस । क्रोधबाट सम्मोहनको जन्म हुन्छ ,सम्मोहनबाट बच्न खोज्नेले क्रोधी हुनबाट बच्नु पर्छ : उपनिषद् । बलियो मानिस भनेको राम्रो पहलमान होइन, बलियो मानिस भनेको त्यो हो जसले आफ्नो क्रोधमाथि नियन्नत्रण गर्छ : मोहम्मद । क्रोध बुद्धिमान तथा धर्मपरायणको लागि होइन , यिनीहरु त उत्पीडन सहन्छन् तर क्रोध गर्दैनन् , अज्ञानी पापीले मात्र क्रोध गर्छ : महाविर । क्रोधको होइन, प्रेमको सराहना गरिन्छ । क्रोध संघर्ष र विनाशको कारण हो । मानिसले क्रोधको जवाफ प्रेम र दयाले दिनुपर्छ :यहुदी धमर् । क्रोध शमसानमा आफुलाई जलाउने आगो हो गुरु नानक ।
विद्धानको मत छ –जुन मानिस स्वयम्लाई बशमा गर्न सक्छ , उसले विश्वलाई जित्ने छ । वास्तवमा शिक्षित त्यही मानिस हो ,जसले आफैलाई बशमा गर्न सक्छ । जसले स्वयम्लाई वशमा गर्छ , त्यही महान् बन्छ । जीवनमा आत्मसंयम आवश्यक छ । जुन मानिसमा आत्मसंयमको कमी हुन्छ , जसलाई सानो कुरामा रिस उठ्छ, उसले कहिल्यै आफ्नो उच्च महत्वकाङ्क्ष्ाा पुरा गर्न सक्दैन । आफैलाई वशमा गर्न नसक्नाको कारण धेरै प्रतिभाशाली मानिस पनि पछाडि पर्छन । उनीहरु अगाडि बढ्न चाहेर पनि अगाडि बढ्न सक्दैनन् । उनीहरुकाे भाविष्यलाई सबैले राम्रो भन्थे तर पनि उनीहरु पछाडि परे । हरेक दिन यस्ता घटना घटि रहन्छन् । कसैले कसैको हत्या गरिदिन्छ ,चोरी गर्छ ,घाइते बनाउँछ ।यस्ता घटना अधिकाँश आवेश हुनेगर्छ । जब मानिसले आफ्नो सन्तुलन गुमाउँछ । क्राेधमा आएर मानिसले गल्ती गर्छ ।
साधु–सज्जनका प्रति कसैले क्रोध गर्नु हुदैन किनभने यी मानिसहरु अरुप्रति क्रोध गर्दैनन् । क्राेधकाे प्रत्युत्तर सदाचारले दिनुपर्छ । आफुसँग क्रोध गनर्हेरु प्रति सद् व्यवहार गर्नुपर्छ : ताओधर्म । क्रोध, ईर्ष्या, भय, र शोक जस्ता घातक मनोभावबाट कहिल्यै ग्रसित हुनु हुदैन, जहिले पनि आशाबादी हुनुपर्छ : पारसी धर्म । जुन मानिस त्रmोधी माथि क्रोध गर्दैन, क्षमा गर्छ, उ आफु र क्रोध गर्ने व्यक्ति दुबैलाई महासंकटबाट रक्षा गर्छ : वेदव्यास । जुन मानिस आफ्नो क्रोधलाई आफु माथि उठाउँछ ,त्यही अरुको क्रोधबाट बच्न सक्छ र आफ्नो जीवनलाई सुखी बनाउन सक्छ, :सुकरात । जसले क्रोधमाथि उचित नियन्त्रण राख्न सक्छ, उहीनै स्वर्गको साँचो अधिकारी हा :कुरान । जसले क्रोधमा विलम्ब गर्छ ,उ महान विवेक सम्पन्न हो तर जसमा उक्ताउलोपना छ, उ मुर्खताको उपासक हो :बाइबल । क्रोधको सर्वोत्तम औषधी विलम्ब हो : सेनेका । क्रुद्ध मानिसकाे मुख त खुल्ला हुन्छ तर आँखा बन्द रहेको हुन्छ : क्योटो । भाग्य शब्द त कर्णण्यताको प्रतिक हो । त्यसैले मनोवैज्ञानिक,बुद्धिमानले यसलाई समयको सदुपयोग भन्छन्–मौकाको फाइदा उठाउनु । यसको बलमा मानिसलले प्रयाप्त सफलता प्राप्त गर्न सक्छ :स्वेट मार्डन ।
मानिस सँग बुद्धि हुन्छ । बुद्धिकाे कारण मानिस अरु प्राणी भन्दा अलग हुन्छ । जनावर जब क्रुद्ध हुन्छ , तब उ केही नसोची झगडा गर्न थाल्छ । कहिलेकाही उसको यो आपसी झगडा एक मृत्युमा गएर रोकिन्छ । हामी मानिसमा पनि यहि कुरा देख्छौँ–रिसमा बशीभुत भएर मानिसहरु हत्या समेत गर्छन । सोच्नुस यस्तो मानव र बुद्धिहिन पशुमा के अन्तर छ ? बुद्धिमक्ता त तब हुने थियो ,जब हामीले आफ्नो क्रोध र आवेशमा काबु पाउने छौँ ।क्रोधले बुद्धिमा पर्दा लगाई दिन्छ । यो संसारमा ठुला–ठुला लडाई जुन हजारौं मानिसको विनाश र संहारको कारण बन्यो । त्यसकाे पछाडि कतै न कतै क्रोधको हत रहेको छ । क्रोधले सदा नोक्सान नै गर्छ । अन्त: क्रोधलाई शत्रु मानेर त्यो देखि बच्नु नै बुद्धिमानी हो ।
ज्ञानिलाई सबैभन्दा धेरै चक्करमा पार्ने यहि कुनै बस्तु छ भने त्यो हो मुर्खको हाँसो : बाइरन ।हाँसोले मनको गाँठोलाई सजिलै खोलिदिन्छ ,मेरो मनको मात्र हैन तिम्रो मनको पनि :माहात्मा गान्धी । जब म आफै प्रति हाँस्छु तब मेरो मनको बोझ हल्का हुन्छ :टैगोर ।मानिसले आफ्ना समयको केही भाग अवश्य हाँस्नमा विताउनु पछर् :जोन्सन । हामीलई हाँसो तब उठ्छ जब हामी कुनै बस्तु र त्यसको मनोभावमा एकाएक कुनै असम्बद्धता या असंगति देख्छौँ : शोपेन हावर ।हाँसोको सुन्दर पृष्ठभुमिमा यौवनको सुमत फुल्छ , यौवनलाई तरोताजा राख्नको लागि खुव हाँस्नुस् :जर्ज बर्नार्ड शा । मानवनै केवल एक यस्तो प्राणी हो, जसमा हाँस्ने शक्ति छ :ग्रेवाइल ।
अनुहारमा मुस्काराहट ल्याउनुस् । हँसिलो अनुहार बनाउनुस् । हाम्रो हृदयको हर भावनाले या त शरीरलाई स्वस्थ सुन्दर बताउँछ या रोगी र कुरुप । मुस्कुराहट बाटै अनुहार सुन्दर वन्छ । जब तपाई दिर्घकालसम्म जिउन चाहानु हुन्छ र हासी होसी जिउन चाहनु हुन्छ ,तब किन हाँस्नु हुन्न ? किन तपाईको अनुहारमा हाँसेा छैन ? किन तपाई हर समय उदास ,बेचैन , चिन्तत र संशसको स्थिितमा रहनु हुन्छ ? चिन्ता तपाई छोड्न सक्नु हुन्छ , संशयात्मक प्रवृति पनि बदल्न जान्नुझ हुन्छ । आत्मा विश्वासी पनि तपाई हुनुहुन्छ । तपाईको पोल्टामा सफलता पनि आईरहेको छ तर पनि तपाई किन पत्थरको मुर्ति झै चुपचाप बसिरहनु हुन्छ । किन आठौँ प्रहर तपाईको अनुहारमा हाँसो हुदैन ?
यदि तपाई चिन्तित हुनु भयो भने तपाईको अनुहार हाँसिरहन सक्दैन भने तपाई अस्वस्थ हुनुहुन्छ । तपाईको हाँसोको अनुहार छ भने तपाई अस्वस्थ भएर पनि तपाई स्वस्थ हुन सक्नु हुन्छ । संसार जस्तो छ , त्यसलाई त्यस्तै स्वीकार गरेर हासी हाँसी जिउनु नै वास्तविक जिन्दगी हो ।भारी बोझ नलादनुस् । त्यति नै आशा गर्नुस् जति कोसिस गर्नै सामर्थ्य मानिसमा हुन्छ । आफ्नो शारीरिक क्षमता र मानसिक शक्तिले पुणए प्रयास गर्दै रहनुस् , आशावान रहनुस । तर यस्तो आशा नगर्नुस जुन केवल सपना हो ।सपनाको संसार बनाउनु हुन्छ भने त्यसलाई पुरा गर्नको लागि इच्छा शक्ति, लगन र परिश्रम पनि हुनु पर्छ । संसार आजभन्दा धेरै सुन्दर हुने थियो ,यदि हाम्रा शिक्षकले प्रसन्न रहने कर्तव्यको पालन गरेका भए ।यदि बुर्जुकको अनुहार हाँसिरहन्छ , मुस्कुराइरहन्छ भने सन्तान पनि प्रशन्न रहन्छन् ।
सन्तानलाइर् मुस्काराहट पनि दिनुस् ।तपाई आफंै सहनशिल बन्नुस र बच्चालाई पनि सहनशिल बनाउनुस् ।सहनशिल मानिस हर स्थितिमा हाँस्छन् । तपाईको अनुहार हाँस्दै मुस्कुराउँदै रहन्छ , तब जुन मानिसले तपाईलाई देख्छन् तपाईसँग भेट गर्छन । उनीहरु पनि प्रसन्न हुनेछन् र मुस्कान छर्नेछन् ।तपाई जताबाट जानु हुनेछ , त्यसतै मुस्कानको मेला लाग्नेछ । हुनसक्छ भने तपाई आफ्नो मुस्कुराउने ,हाँस्ने हाँसिलो अनुहार भएको मित्रसँग मिलेर कुनै पनि हास्य क्लव या निश्चित सभा बनाउन सक्नु हुन्छ , जसमा सबै सदस्य हाँस्ने ,चिन्ता नगर्ने खालका र हाँसिला हुन् ।
हाँसाे मुस्कान या प्रसन्नता भित्रैबाट आउँछ तर हाँसि रहेको अनुहारबाट प्रेरणा त मिल्छ नै । अध्यारो अनुहार जहाँ रहन्छ ,त्यहाँकाे वातवरण पनि अध्यारो हुन्छ । यसैले जब आन्तरिक प्रसन्न्ाता हुन्छ ,जब हृदयबाट आनन्द प्रकट हुन्छ तब त्यसलाई अनुहारमा पनि प्रकट गर्नूस । खुव हाँस्नुस् र अनुहारलाई हसिलो सधै बनाई राख्नुस् । जस्तो सुकै विकट परिस्थिति होस ,अनुहारको मधुर मुस्कान कहिल्यै लुप्त हुन नपाओस् ।हाँसी हाँसी जीउने मानिसको यो एक गुण हो , रहस्य हो । यो रहस्यलाई तपाई पनि बुझ्नुस् । यदि प्रशन्न रहने बानी छैन भने यो जीवनको सबैभन्दा ठुलो भुल हो दोषपुर्ण बानी हो । यो बानी जबसम्म छोड्नु हुन्न र प्रसन्न रहने बानी बसाउनु हुन्न ,तबसम्म जीवनको साँचो आनन्द प्राप्त गर्न सक्नु हुन्न । कहिलेकाहि परिस्थितिवश हामीहरु लचार हुन्छाैँ र हास्न कठिन हुन्छ । मुस्कान लुप्त हुन्छ ,वश चल्दैन तब पनि यो सोच्नुपर्छ भगवान र मानव प्रति तिम्रो केहि कर्तव्य छ । ती कर्तव्य मध्ये एक कर्तव्य सवैले प्रयत्न गर्नु पनि हो । हामी मानव मात्र हौँ ।हामीलाई दिब्य जीवन जीउने अधिकार प्राप्त छ ।हामीले त्यो हर्ष स्वीकार गर्नुपर्छ ।
हाँसी हाँसी बाच्ने यो पनि एक अत्यन्त सरल बाटो हो । हाँसाे हाँसी जिउन चाहनु हुन्छ भने आजैदेखि यो बाटोमा अगाडि बढ्नुस । जतिसुकै दुःख आआेस ,जति नै समस्या आओस प्रभु भक्तिमा लिन हुनुस र आफ्ना दुःखी आँसु पुछनुस् ।प्रभुले तपाईलाई रुनको लागि पठाएका हैनन , हाँस्नको लागि पठाएका हुन् । यो सृष्टिमा सौन्दर्य फैलाउनको लागि पठाएका हुन् । हाँस्नु, मुस्काराउनु,जीवनको एक महत्वपुर्ण टनिक हो । हाँस्नु र मुस्कुराउनुलाई नै जिन्दगीको नाम दिइएको छ । भनिन्छ , जिन्दगी साहसको नाम हो । मुर्दा मानिसले के जिउँछ । जसले आफ्नो अनुहार मुर्दा समान बनाएर बस्छ , जससँग मानिस कुरा गर्न पनि डराउँछन् । यसैले सदा हाँस्नुस् ,मुस्काराउनुस् र हाँस्दै मुस्कुराउँदै जिवनको सुख भोग्नुस् ।
संगित अनुरुप नै व्यक्ति या बस्तुमा परिविर्तन आउँछ :भर्तृहरी । यदि मानिस सम्मान चाहन्छ भने सम्मानिय मानिसको संगत गरोस :लाब्रुयर ।मलाई बताउनुस् तपाईको साथी संगी को हुन ,म भन्दिने छ तपाई को हो : गेटे । यदि तिमी बुद्धिमान,होशियार छौ भने धोकेवाजको संगत नगर : शेखसादी । तुच्छ विचार भएका मानिसको संगतिले मानिसले बुद्धि तुच्छ हुन्छ ।समान श्रेणीको मानिसको संगतिमा उ जस्ताको तेस्तै बनिरहन्छ र उच्च विचार भएकाको संगतिले उसले उत्कृर्ष पाउँछ ,महाभारत ।नराम्रो साथी संगतिले हामीले हामीलाई नर्कमा लग्न निमन्त्रित र प्रोलोभित गर्छन् : फिल्डीङ्ग । जसले जस्तो सँंगत गर्छ ,त्यस्तै फल पाउँछ :महात्मा गान्धी ।
हाँसो हार्दिक होस, मनैदेखि निस्केको होस, तव त्यसले संगितको जस्तो प्रभाव पार्छ । यस्तो हाँसो उचित स्थानमा फुटेको बमझैं हुन्छ ,जसले सारा दुःख ध्वस्त बनाउँछ । जो मानिस काम गर्दा गाउने गुनगुनाउने गर्छ,उ चुपचाप बस्ने मानिसले भन्दा धेरै काम गर्न सक्छ ।उ धैर्यवान र फुर्तिलो हुन्छ । उ धेरै वेरसम्म प्रयत्नशील्ा रहन्छ । उसले काम पनि अरुले भन्दा राम्रो गर्नेछ । काम गर्दा जो संगीतमय हुन्छ ,उ छिटो थाक्दैन । प्रसन्न हृदय भएमा शक्ति प्राप्त हुन्छ ,त्यो शक्तिले ठूला–ठूला कार्य गर्छन् । उत्तम कार्यकर्ता या कर्मचारी त्यहि हो जो प्रसन्नचित्त ,हँसिलो मुस्काइरहने, आकर्षक र आशाबादी हुन्छ ।कति राम्रो देखिन्छ जब घरकी स्वास्नी र छोरी गीत गाउँदै काम गरिरहेका हुन्छन । प्रसन्नतापुवर्क ,गाउँदै , गुनगुनाउदै पकाइएको खाना स्वादिष्ट बन्ने छ । गाउँदै ,गुनगुनाउदै गरिएको सफाई सुन्दर नै हुनेछ किनकी मन लगाएर गरिएको हुन्छ ।मधुर भाषिणी र गाउँदै गुनगुनाउदै रहेकी स्त्रीको घर अगाडिबाट हिड्ने मनिसको पाउँ रोकिन्छ त्यो मधुर स्वर सुनेर । उ प्रसन्न हुन्छ र हाँस्दै अगाडि जान्छ । कर्कश र उग्र स्वभावकी स्त्री सारा टोललाई कर्कशताले भरिदिन्छे । उसकाे घर अगाडि बाट जानेहरु पनि छिटो जान्छन ।
संगित यस्तो हुनुपर्छ कि मनमा असर परोस् । जुन गायनले मनमा भत्तिm ,बैराग्य ,प्रेम र आनन्दको तरंग उठ्दैन त्यो संगित हैन :प्रेमचन्द ।संगीत मानवको विश्वव्यापी भाषा हो :लंागफैलो । गीत नै हो दिव्य साँचाे स्वर्ग जाने द्धारको :सिद्धिचरण श्रेष्ठ । संगित ,ताल र सभ्य तरीकाले ढालिएको उही जङ्गली आवाज सिवाय अरु केही होइन :थोमस मुलर ।संगित आत्माको बस्तु हो :होल्याण्ड । संगितले एउटा खराव बस्तुलाई पनि असल रुपमा ढाल्न सक्छ र असललाई हानिकारक पनि बनाउन सक्छ : विलियम शेक्सपियर ।
हाँसो हार्दिक होस्, मनै देखि निस्केको होस,तब त्यसले संगितले जस्तो प्रभाव पार्छ ।यस्तो हाँसो उचित स्थानमा फुटेको बम झै हुन्छ । जसले सारा दुःख ध्वस्त बनाउँछ । जसले स्वयम आफ्नो मजाक उडाउँछ ।अरुले उसको हाँसो कहिल्यै उडाउँदैनन् । केहि मानिसले कष्टमा पनि आनन्दको कुनै न कुनै किरण पाउँछन् । उनीहरु समस्याको समयमा पनि गाली गुनगुनईरहेका हुन्छन् तर यस्ता पनि मानिस छन्, जो हाँस्ने कुरामा पनि चुपचाप र बहिरा झै हुनेछन् ।जस्तो हाँसोको यो कुरा सुनेको नहोस या त्यो कुरा हाँस्ने खालको नहोस । तर उसकाे कुराले मानिस हाँसेका हास्यै हुन्छन् । हाँस्य प्रियता स्वास्थ्यको लागि लाभदायक कुरा हो । आर्थिक श्रम, जाडो ,गर्मीको अधिकताले कुनै रोग,नशा या आलस्य प्रियताले पनि यति हानी प्रुयाउँदैन, जति हानी मानसिक क्षोभ या क्रोधबाट हार मानेर हुन्छ । जाे मानिस प्रसन्न चित्त रहन्छन् ,हाँसीरहन्छन् । ति मानिस धेरै बाँच्छन् । स्वस्थ भएर उनीहरु धेरै दिनसम्म जिउँछन् ।जब क्रोधि र चिडचिडे स्वभाव भएको मानिस धेरै कम जिउँछ ।
इश्वरमा दृढ विश्वास र सरल स्वभाव तथा जिवनमा पाउने आनन्दमा विश्वास गरेर प्रसन्न रहनुस् । तपाईको उमेर लामो हुनेछ । जीवनको टुटेको मेसिनले बल पाईरहने छ । यस्तो मानिस सर्वप्रिय हुन्छ ,जसले घृणामा प्रेमको विजय हुने विश्वास राख्छ , जसले दोषमा पवित्रता र सत्यको विजय देख्छ । एक पटक एक कराेडपति कङ्गाल भयो । परिश्रम गरेर जब उसले पुनः धन कमायो र सारा ऋण तिर्यो जब कसैले उ सँग पुनः यति धनी बन्नुको रहस्य सोध्यो । उसले जवाफ दियो –“मैले आफ्नो मधुर स्वभाव विकट परिस्थितिमा पनि छोडिन ।मेरो जिवनको दर्शन यही हो मानिस र समय सदा राम्रो हुदैन ।मेरो देश अमेरिकामा सबै भौतिक सम्पदा छ । धनको कुनै कमी छैन ।परिश्रम ,लगन र उत्साहको आवश्यकता छ । मैले यस्तै गरे र पुनः स्थान पाए ।”
तपाई पनि सदैव मुस्कुराउदै रहनुस् । जस्तो सुकै समस्यामा घेरीएको भए पनि जति नै कष्ट तपाईका अगाडि आएपनि चिन्ता नगर्नुस् । यी सारा कष्ट यक्तिकै हटेर जानेछन् जसरी घामपछि सुनौलो प्रभात आउँछ ।त्यसैले तपाई जे काम गर्नुहुन्छ या गरिरहनु भएको छ, त्यो काम गर्दै जानुस, हाँस्दै मुस्कुराँउदै गाँउदै वातावरणमा संगितको स्वर लहर छर्दै गुन्जाउदै जानुस् । पंक्षीको कलेख र चहचहाटमा आफ्नो स्वर मिलाउनुस् । घाेडा र साँढेको गलामा बाँधिएको घण्टीको मधुर आवाजसँगै तान मिलाउनुस् । अफिसको पङ्खा ,कुलर या मेसिनको ध्वनीमा संगित खोज्नुस् । कारखानाको मेसिनको गडगडाहट ,ट्रेनको खड्खडाहट र कार, बसको हर्न ध्वनीमा संगीत खोज्न सकिन्छ ।अहिल्यै यसै समय जुन काममा लाग्नु भएको छ ,त्यो काम गाउँदै गुनगुनाउदै पुरा गर्नुस ।
जसले संगित सुन्छ ,उसले एकान्तको अनुभव गर्छ : रर्वट ब्राउनिङ्ग । जसले गाउँछ उ परमात्माको नजिक पुग्छ र उसले परमात्मालाई चिन्दछ : बालकृष्ण सम । संगित आत्माको बस्तु हो । आत्माको गुलाव पाते काेठा भित्र अन्तर सागर लहरको कलकल निनाद हो, एक अगम अदभुत पंक्षीले गाउँने त्यो पल्लो किनारको पंक्षिको गीत हो : जे.ज.े होल्याण्ड । संगीतमय दृष्टिले गहिरो गरी प्रकृतिको हृदयलाई हेर, तिमी सर्वत्र पाउने छौ केवल तिमीमा उसलाई सुन्ने शक्ति हुनु पर्छ :कालर्ाइल ।
तपाई आफुलाई संगीतमय बनाउनुस् । फेरी हेर्नुस तपाई कति स्फुर्त भएर काम गर्नु हुन्छ ।थकाई पनि छेउमा पर्ने छैन ।तपाई को औँला टाइप मेसिनमा ,तपाईको लेखाई कागजमा या तपाईको हात मेसिनमा यसरी चल्नुपर्छ ,जसरी संगीतको धुनमा तपाईले नृत्यु गरिरहनु भएको होस् । इर्श्वरले तपाईलाई संगीतमय बनाएका छन् । उनको समस्त सृष्टिमा संगित छ । ध्यान लगाएर सुन्नुस ।तपाई पनि सुन्न सक्नु हुन्छ । तपाई पनि अनुभव गर्न सक्नुहुन्छ । तपाई पनि संगीतमय हुन सक्नु हुन्छ । संगीत रुख विरुवालाई पनि मन पर्छ ।दुध दिने पशुलाई पनि मनपर्छ । संगितको माध्यमले प्रसन्नताको लहर वातावरणमा घुल्छ ।संगितमय जीवन अपनाउनुस् । संगीतमय जीवनको बारेमा भनिदै छ भने यो कुरा पनि स्वीकार गर्नुस् । प्रसन्न चित्त भएर काम गर्नु राम्रो हो । गुनगुनाउँदै संगीतमय हुनाले मानसिक तनाव कम हुन्छ । कार्यको बोझ समाप्त हुन्छ ।
केही ,विशेष प्रकारको बिचार त कतिसम्म घातक छ भने त्यसको मानव शरीरमा धेरै नराम्रो प्रभाव पार्छ । तर, हामी यो कुरामा कतिसम्म बानी परिसकेका हुन्छौ भने यो बिचार हाम्रो लागि घातक छ भन्ने थाहा पाएर पनि यसलाई आफ्नो मनमा स्थान दिन्छौ । यहाँसम्म देखिएको छ ,कुनै मानिसको मनलाई यो विचारले धेरै ठुलो धक्का लाग्छ उसको हृदय गति रोकिएर मृत्युसम्म हुन्छ । यसको के अर्थ भयो ?यसको सिधा अर्थ यही हो, अकस्मात कुनै दुःख पुर्ण विचारले हाम्रो मनमा भयङ्कर वार ग्रयो ,जसबाट हाम्रो शारीरिक यन्त्र चल्न बन्द भयो ।यही हाम्रो मृत्युको कारण बन्यो । कयाैँ पटक यस्तो पनि भयाे, कुनै प्राणीले अचानक धेरै खुसीको कुरा सुनेर उसको मृत्यु भयो । यसबाट सिद्ध हुन्छ हाम्रो मस्तिष्क खुसी र दु : ख धेरै भएमा ठुलो प्रभाव पार्छ । दुखको घटनाले धेरै ठुलो प्रभाव पार्छ ,जसबाट हाम्रो हृदयको धडकन रोकिन्छ या कुनै नलि फुट्छ ।
मृत्यु मानिसको जीवनको अन्त हो तर यी दु :खदायक घटनाको अरु प्रति प्रभाव पनि पर्छ । यो चिन्ताको कारण हाम्रो रगत सुक्न थाल्छ । जसले हाम्रो शरीरलाई भित्रभित्रै खोक्रो पाछ, हामी अनेकैँ रोगको शिकार बन्छंौं । यही राेगले एकदिन हामीलाई मृत्युको मुखमा लिएर जान्छ । यो कुरा पुर्ण रुपमा स्पष्ट छ, यस्तो शत्रु विचार आफ्नो मनमा ल्याउनु नै पाप हो । यसले मानव शरीरलाई भित्रभित्रै खान्छ । पहिला रोगी बिचारलाई बाहिर निकालेर फ्याँक्नुस् ।जब तपाईको मनमा यस्ता बिचारले आक्रमण गर्छन् ,तब त्यसैबेला त्यसलाई भगाइ दिनुस् हैन भने त्यो मनभित्र छिरेर तपाईको लागि ठुलो भयो बन्न सक्छ । डाक्टरको भनाई छ –डर र भयको बिचार केही घण्टामा मानवको रौँलाई सेतो बनाइदिन्छ । यसको कारण बताइएको छ –भावनामा अत्यन्त गरिमा आउने या मस्तिष्कमा बोझ पर्नाले शरीरमा यस प्रकारको रासायनिक मिश्रण बन्न थाल्छ ,जसलाई सल्फर भनिन्छ ।जसको कारण कपालको रङ्ग बदलिन थाल्छ । जुन काम बुढेसकालमा हुनुपर्ने थियो त्यो दुःख र चिन्ताको बोझको कारण जवानीमा नै हुन्छ । एक ठिक ठाक नवयुवक बुढो देखिन थाल्छ । हिम्मतका साथ गरिएको काममा सदा सफलता नै मिल्छ । काम प्रति साहस हुनुले तपाईलाई अगाडि बढ्ने प्रेरणा दिन्छ । याे कुरा सदा याद राख्नुस, ………..धन्यवाद ।
प्रस्तुती : शताब्दी वर्ष व्यक्ति
“समाप्त”