कमरेडहरु ! बिचार आदान प्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम क्रान्तिकारी कार्यका माझकोे सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईहरुलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसो गर्नाले हाम्रो उद्देश्य क्रािन्तकारी साहित्य र कलाले विकासको सहि बाटो लिन सकुन् भन्ने र राष्ट्रिय शत्रुको तख्ता पल्टाइदिन तथा राष्ट्रिय मुक्तिको अभिभारा पुरा गर्न र क्रान्तिकारी कार्यलाई अझ सजिलो तुल्याउन अझ राम्ररी मद्यत गर्ने कुरो सुनिश्चत गर्नु हो ।
चिनियाँ जनताको मुक्तिका निम्ति गरिने हाम्रो संघर्षका अनेकौं मोर्चाहरू छन्, जसमा कलम र बन्दुकका मोर्चाहरु, साँस्कृतिक र सैनीक मोर्चाहरु पर्दछन् । शत्रुलाई हराउनका निम्ति हामीले मुख्य रुप्ाले बन्दुकधारी सेनामाथि भर पर्नुपर्दछ तर यो सेना मात्र पर्याप्त हुदैन । हामी सित साँस्कृतिक सेना पनि हुनैपर्छ । जुन हाम्रा पक्तिहरुलाई एकताबद्ध पार्न र दुस्मनलाई हराउन अनिवार्य रूपले आवश्यक छ । मई ४ आन्दोलन देखि चीनमा यस्तो सांस्कृतिक सेनाले साकार रुप लिएको छ र यसले चिनियाँ क्रान्तिलाई मद्यत गरेको छ । चीनको सामन्ती संस्कृति र साम्राज्यवादी अतिक्रमणलाई टेवा दिने दलाल–पुँजीवादी सँस्कृतिको प्रभाव – क्षेत्र क्रमशः घटाएको छ र तिनको प्रभावलाई कमजोर पारेको छ । नौलेा संस्कृतिको िवरोध गर्नका निम्ति चिनियाँ प्रतिक्रियावादीहरुले अव ‘गुणसित मात्राले टक्कर लिने’ एकमात्र तरिका अपनाउन सक्छन । अर्को शब्दमा भन्ने हो भने चिनियाँ प्रतिक्रयावादीहरुसित पैसा छ र उनीहरुले कुनै श्रेष्ठ रचना तयार पार्न नसके तापनि भएभरको शक्ति लगाएर मात्रा भने थुपार्न सक्छन् । मई ४ आन्दोलन पछि साहित्य र कला साँस्कृतिक मोर्चाका महत्वपूर्ण र सफल अङ्ग हुन आएका छन् । दश वर्षको गृह युद्धको अवधिमा क्रान्तिकारी साहित्य र कलाको आन्दोलनको औधी विकास भएको छ । यो अान्दाेलन र क्रान्तिकारी युद्ध दुवै नै एउटै सामान्य दिशातर्फ अघि लम्कदै गए तर यी दुई बन्धु सेनाहरु आ–आफ्ना ब्यावहारिक कार्यमा एक अकर्ाे सित गाँसिएनन् किनभने प्रतिक्रियावादीहरुले यिनलाई एक–अर्कोबाट अलग्याईदिए । जपान विराेधी प्रतिरोध युद्ध छेडिए पछि झन्झन् बढी क्रािन्तकारी लेखक र कलाकारहरू येनान र हाम्रा अरु जापान विरोधी आधार इलाकाहरुमा आईरहेका छन् । यो साह्रै राम्रो कुरो हो तर यसको अर्थ आधार इलाकाहरुमा आउँदैमा उनीहरु यहाँका जनसमुहिसत पुरापुर एकाकार भइहाले भन्ने होइन । हामीले आफ्नो क्रान्तिकारी कार्यलाई अघि बढाउने हो भने यी दुईथरी सेनालाई एकाकार गर्नै पर्छ । हाम्रो आजको बैठकको उद्येश्य साहित्यर कला सम्पुर्ण क्रान्तिकारी मेसिन सित अभिन्न पाठपुर्जाको रुपमा एकदम राम्ररी जोडिउन् , तिनीहरु जनतालाई एकतावद्ध र शिक्षित तुल्याउने तथा शत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनुन् र तिनले जनतालाई एकमन, एक प्राण जस्तो भएर शत्रुसित जुध्न मद्यत गरुन् भन्ने कुरालाई सुनिश्चित पार्नु हो । यो लक्ष्य प्राप्त गर्नका लागि हल गर्नुपर्ने समस्याहरु के–के हुन ? मेरा विचारमा यी समस्याहरु हुन–लेखक र कलाकारहरुको वर्गीय अडानको समस्या, उनीहरुको प्रवृतिको समस्या,उनीहरुका पाठक–दर्शकहरुको समस्या, उनीहरुको कार्यको समस्या र उनीहरुको अध्ययनको समस्या ।
वर्गीय अडानको समस्या ।हाम्रो अडान सर्वहारा वर्ग र जनसमुहकै अडान हो । कम्युनिष्ट पार्टीका समस्याहरुका निम्ति यस्को अर्थ हो पार्टी कै अडान बमोजिम चल्नु ,पार्टीको भावना र पार्टीको नीति बमोजिम चल्नु । अझै यस समस्या बारे गलत सोचाई राख्ने वा यसलाई प्रष्ट सित नबुझ्ने हाम्रा केहि लेखक तथा कलाकर्मीहरु छन् कि? मेरो विचारमा त्यस्ता मानिसहरु अझै छन् ।हाम्रा निकै कमरेडहरु सहि अडानबाट बारम्बार चिप्लिएका छन ।
प्रवृतिको समस्या । आ–आफ्नो अडानबाट विशिष्ट प्रवृतिहरु देखापर्छन । दृष्टान्तका निम्ति हामीले गुणगान गर्ने कि उदाङ्गो पार्ने ? यो प्रवृतिको सवाल हो । यी मध्ये कुन चाँही प्रवृति अपनाउने ? मेरो विचारमा दुवै प्रवृति अपनाउनु पर्छ । अब सवाल उठ्छ,तपाई कसका बारेमा कुरा गर्दै हुनुहुन्छ ? मानिसहरु तीनथरीका छन् हाम्रा शक्रुहरु,संयुत्त मोर्चाका हाम्रा सहयोगीहरु र हाम्रा अाफ्नै मानिसहरु । यिनमा पछिल्लो श्रेणीका मानिसहरु जनसमुहहरु र उनीहरुका अगुवाहरु हुन । यी तीन थरीका मानीस मध्ये हामीले हरेक प्रति वेग्ला–वेग्लै प्रवृति अपनाउनु पर्छ । शत्रुको हकमा अर्थात जापानी साम्राज्यवाद र जनताका अरु सबै शत्रुहरुका हकमा ,क्रान्तिकारी लेखक र कलाकारहरुको अभिभारा तिनको छलकपट र निष्ठुरतालाई उदाङ्गो पारिदिनु र त्यसका साथसाथै तिनको हार अवश्यम्भावी छ भन्ने कुरा औंल्याइदिनु हो, जसले गर्दा जापान विरोधी सेना र जनतालाई ती शत्रुहरुलाई उखेलेर मिल्काउनका निम्ति एक मन, एक प्राण भएर दृढताका साथ जुध्ने काममा प्रोत्साहित गर्न सकियोस् । संयुक्त मोर्चाका हाम्रा विभिन्न सहयोगीहरुका हकमा हामीले सहयोग र आलोचना दुबैका प्रवृति अपनाउनु पर्छ र यो सहयोग र आलोचना पनि वेग्लावेग्लै किसिमको हुनुपर्छ । उनीहरुको जापान सित प्रतिरोध गर्ने कामलाई हामी समर्थन गर्छौ र यस काममा उनीहरुले पाएको सफलताको प्रशंसा गर्छौ तर उनीहरुको प्रतिरोध युद्धमा सक्रिय नभएको खण्डमा भने हामीले उनीहरुको आलोचना गर्नै पर्छ ।
पाठक–दर्शकहरुको समस्या अर्थात ती मानिसहरुको समस्या–जसका निम्ति हाम्रो साहित्य र कलाका कृतिहरु रचिएका हुन् । सेनसी–कान सु–चिङ्स्या सिमान्त क्षेत्रमा र उत्तरी चीन र मध्य चीनका जापान विरोधी आधार इलाकाहरुमा यो समस्या क्वोमिन्ताङ शासित इलाकाहरुमा भन्दा बेग्लै छ र प्रतिरोध युद्ध अघीको सांघाईमा भन्दा झन् बेग्लै छ । साङ्घाई अवधिमा क्रान्तिकारी साहित्य र कलाका कृतिहरुका पाठक र दर्शकहरु मुख्यतया विद्यार्थीहरु, कर्मचारीहरु र पसलका सहायकहरु नै हुन्थे । प्रतिरोध युद्ध छेडिए पछि क्वोमिन्ताङ शासित इलाकाहरुमा पाठक र स्रोताहरुको घेरा अलि फराकिलो भयो, तै पनि ती मध्ये मुख्य रुपले उस्तै खालका मानिसहरु थिए किनभने त्यहाँ सरकारकले मजदुर ,किसान र सिपाहीहरुलाइर् क्रान्तिकारी साहित्य र कलाको सम्पर्कमा आउन दिएको थिएन । हाम्रा आधार इलाकाहरुमा भने परिस्थिति एकदमै फरक छ । यहाँ साहित्य र कलाका कृतिहरुका पाठक र दर्शकहरु मजदुरहरु, किसानहरु,सिपाहीहरु क्रान्तिकारी काडरहरु नै छन । आधार इलाकाहरुमा पनि विद्यार्थीहरु त छन तर यी पुराना खालका विद्यार्थीहरु भन्दा बेग्लै छन । उनीहरु िकत पहिलेका कि भावी काडरहरु हुन । साक्षर हुनासाथै ,सबै किसिमका काडरहरु, सेनाका योद्धाहरु, कारखानाका मजदुरहरु र गाउँका किसानहरु सबैले पुस्तक र अखबारहरु पढ्न मन गर्छन र निरक्षर रहेका मानिसहरु चाहि नाटक र अपेराहरु ,रेखाचित्र र रङ्गीन चित्रहरु हेर्न,गीत गाउन र सङ्गीत सुन्न मन गर्छन् ।हाम्रो साहित्य र कलाका कृतिहरुका पाठक– दर्शकहरु यिनै हुन । साहित्य र कला अन्तर्गत मार्क्सवाद–लेनिनवादको विज्ञान सबै क्रान्तिकारीहरुले अध्ययन गर्नै पर्छ , ………………….धन्यवाद !
(मई १९४२ मा येनान गोवठीमा साहित्य र कलाबारे माओले दिएका प्रवचन, माओका सङ्कलित रचना, भाग ३ बाट : क्षेप्यास्त्र)
निर्देशक : मिलन आफन्त (शताब्दी वर्ष व्यक्ति)
“अखिल नेपाल किसान महासंघ
(क्रान्तिकारी केन्द्र) को संक्षिप्त चिनारी
हाम्रो महान तथा गौरवशाली पार्टी ने.क.पा.(माओवादी केन्द्र)को किसान संगठन अखिल नेपाल किसान महासंघ (क्रािन्तकारी केन्द्र)नेपाली किसान आन्दोलनको क्रान्तिकारी तथा अग्रगामी धाराको नेतृत्व गर्ने नेपाली किसानहरूको एकमात्र मुल प्रवाह हो । नेपाली किसानहरुको एकमात्र आशा तथा भरोसाको केन्द्र रहेको हाम्रो किसान संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) आफ्नो स्थापना काल देखि नै किसान आन्दोलन र आफ्नो संगठनात्मक संरचनालाई विस्तार गर्दै अगाडि बढ्दै जाने क्रममा हाल देशभरका त्रmािन्तकारी किसान समुदाय र संगठनहरूलाई एकताबद्ध गर्दै देशको ७७ वटै जिल्लामा संगठनात्मक संरचना स्थापित गर्नुका साथ विशाल जन प्रभाव र जन समर्थन सहित देशको सबैभन्दा ठूलो क्रान्तिकारी किसान संगठनको रुपमा आफ्नो कािन्तकारी लक्ष्य, उद्देश्य प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै नयाँ जनवादी क्रान्तिका लक्ष्य ,उद्येश्य प्राप्तिका लागि निरन्तर संघर्ष गर्दै नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पुरा गर्दै समाजवादी क्रान्तिको रणनितिक चरणको तयारीलाई मुल उद्येश्य मान्दै अगाडि बढीरहेको उक्त संगठनका केन्द्रिय अध्यक्ष क.सि.वि.श्रेष्ठ बताउनु हुन्छ । वास्तवमा भन्ने हो भने किसान समस्याहरु अझ पनि यथावत रहेको वर्तमान अवस्थामा हाम्र्रो पार्टीका केन्दीय अध्यक्ष क. प्रचण्डको प्रधानमन्त्रीत्व कार्यकालमा किसानका मागहरु संवोधन हुदै जानेमा किसानहरु ढुक्क छन् । त्यस्तो हाम्रो संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)मुलुकका बहुसंख्यक किसान,मजदुर भुमिहिन, सुकुम्बासी, श्रमजिवी उत्पीडित सर्वहरा वर्गलाई“जमिन जोत्नेको” नितीको आधारमा क्रान्तिकारी भूमिसुधार लागु गर्दै जमिन लगायतका उत्पादनका श्रोत र साधनहरुमा स्वामित्व र अधिकार स्थापना गर्न सदैव क्रियाशिल रहनेमा अविचलित रहेको हामी सम्पुर्ण नेपाली किसानहरुलाई विश्वस्त दिलाउन चाहन्छौं ,…धन्यवाद !
प्रस्तुती : क.शिशिर श्रेष्ठ, केन्द्रीय सदस्य तथा सचिवालय सदस्य
(वागमति प्रदेश), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)