लेखक : मिलन आफन्त ‘शिशिर’
नेपाली जनताकाे विरतापूर्ण संघर्ष र बलिदानबाट संघिय लाेकतान्त्रिक गणतन्त्र स्थापना भएकाे १७ वषर् पुरा भएकाे छ । यसले पितृसतात्मक जहाँनिया सामन्ती राजतन्त्रकाे अन्त्य गरी सम्पूर्ण उत्पीडित समुदायकाे अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेकाे छ । यसले सयौं वषर् देखि उत्पीडनमा पािरएका वगर्, क्षेत्र, जाति, भाषा, धमर्, लिंग र संस्कृतिका जनसमुदायकाे अधिकार स्थापित गदर्ै रैति वा प्रजा हाेइन, आम जनतालाइर् नागिरककाे हैसियत प्रदान गरेकाे छ । यद्यपि गणतान्त्रिक संविधानवाट प्रदत्त माैलिक हककाे अक्षरश : कायार्न्वयन गरेर पुर्ण रुपमा अधिकार सम्पन्न गराउँदै फेरिएकाे ब्यवस्था अनुकुल नेपाली जनताकाे आथिर्क, सामाजिक र साँस्कृतिक जीवनमा रूपान्तरण गनर्े कायर्भार अझै बाँकी छ । गणतन्त्रको रक्षा, प्रयाेग र बिकाशका लागि गणतन्त्रको जननी शिक्तलाइर् थप बलियाे बनाउँदै गणतान्त्रिक शक्तिहरुकाे बिचकाे सहकायर् मजबुद बनाउनु आजकाे आवस्यकता हाे । समाजवादी गणतन्त्र हाम्राे लक्ष्य हुनु पर्दछ । – केन्दि्रय अध्यक्ष, नेकपा (माआेवादी केन्द्र)
अब हामीले चाहेकाे गणतन्त्र भनेकाे समाजवादी गणतन्त्र हाे । अब नेपाली समाज समाजवादी क्रान्तितिर रुपान्तरणको युगमा प्रवेश गरेकाे छ । समाजवादी गणतन्त्र भनेकाे श्रमिक वगर्काे नेतृत्वमा आम किसान, निम्न पुँजिपति वगर् सहित ९० प्रतिशत भन्दा बढी रहेकाे श्रमिक वगर्काे जनताकाे नेतृत्वकाे लाेकतन्त्र हाे, समाजवादी लाेकतन्त्र । समाजवादी अर्थतन्त्र माफर्त् समाजवादी लाेकतन्त्र निमार्ण गिरन्छ । – पूवर् प्रधानमन्त्री, झलनाथ खनाल
नेपाली जनताले राजनीतिक रुपमा सवार्धिक उपलब्धि प्राप्त गरेकाे दिनकाे सम्झनामा हरेक वषर्काे १५ जेष्ठलाई देशले महत्वपुर्ण पवर्काे रुपमा ‘गणतन्त्र उत्सव’ मनाउदै आएकाे छ । आजभन्दा अठार वषर् अघि यहि दिन जननिवार्चित संविधान सभाकाे किरब ९८ प्रतिशत बहुमतले निरंकुश राजतन्त्रकाे अन्त्य गरी लाेकतान्त्रिक गणतन्त्रको बहाली घोषणा गरेकाे थियाे । लाेकतान्त्रिक गणतन्त्रका चालकहरुकाे अकमर्न्यताका कारण देशले उतिच निकाश पाउन सकिरहेकाे छैन । तसथर् हामीले कायर्कारी प्रत्यक्ष निवार्चित राष्ट्रपतिको नारा अघि लेराएका छौं । जसकाे उचित पात्रकाे रुपमा लेखक स्वयंले आफूलाइर् उभ्याउनु भएकाे जगजाएर नै छ । हामीले वतर्मान लाेकतालिक गणतन्त्रलाई सुदृढ पादर्ै समाजवादी गणतन्त्रमा जानु वतर्मानकाे एकमात्र आवश्यकता हाे ।
वतर्मान गणतन्त्रका राजनैतिक नेतृत्वले संवादलाइर् अधि बढाउदै निकाशका लागि अन्तर आत्मा देखिनै सबै सरोकारवाला प्रेरित हुनु जरुरी छ । यही अन्तरमनकाे प्रेरणाले मात्र सबैलाइर् सकारात्मकता तफर् उन्मुख हुन प्रेरित गराउन सकिन्छ । सकारात्मक सोच तफर्काे यात्राले मात्र संविधान, संघियता र समग्रमा गणतन्त्रको कायार्न्वयन प्रक्रियालाइर् अगाडि बढाउन सक्दछ । लाेकतान्त्रिक गणतन्त्रका नेताहरू जनतालाइर् मिलनविन्दु बनाएर एक–अकार् प्रति सकारात्मक बन्नु पर्दछ । आज सत्तापक्ष र विपक्षका नेताहरु एक–अकार्काे विरोध गनर् मात्र समय खचर् गरेकाे पाइन्छ । अझ प्रधानमन्त्री र ……..काे जुहारीले त जनता आजित भइसकेका छन् । जनताहरू सबै नेताहरु गणतन्त्रलाई मिलन विन्दु बनाएर देश र जनतालाइर् शिरमा राखेर संयमित हुनुपनर्े कुरामा हामी सहमत छौं । यस विषयमा नेपालका नेताहरु गंभिर हुनुपनर्े देखिन्छ । हाम्रा नेताहरुकाे नकारात्मक टिका टिप्पणीले नेपाली जनताहरु आजित भइसकेका छन् । यस विषयमा समयमै नेताहरु सच्चिनु आवस्यक भएकाे छ ।
नेपालमा गण्ातन्त्रको स्थापनाले मुलुककाे राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनामा गहिरो रुपान्तरण ल्याएकाे छ । तर, केवल शासन प्रणालीको परिवतर्नले मात्रै गणतन्त्र संस्थागत हुदैन । यो ब्यवस्थाले जनताका जीवनमा प्रत्यक्ष र सकारात्मक प्रभाव पानर् नसकेसम्म गणतन्त्रको साथर्कता सिद्ध हुदैन । त्यसैले गणतन्त्रलाई संस्थागत गनर्ु भनेकाे केवल राजनीतिक परिवतर्नलाइर् कानुनी रूपमा वैधता दिनु मात्र हाेइन, यो प्रक्रियालाइर् सामाजिक र संरचानात्मक रुपमा सुदृढ गनर्ुपनि हाे । हुन त वतर्मान गणतान्त्रिक ब्यवस्थामा धेरै सकारात्मक कुरा पनि नभएकाे हाेइन । जनताका छोरा–छोरीहरू नै सत्तामा छन् । तर किन केहि जनता पुवर्राजा प्रति लालायित भएका हुन् ? यो अत्यन्तै सोचनिय विषय बनेकाे छ । हामी पश्चगमन तिर हाेइन, अग्रगमन तिर जानु पर्दछ । लाेकतान्त्रिक गणतन्त्रवाट राजतन्त्र तिर फकर्ने हाेइन, समाजवादी गणतन्त्र तफर् अगाडि बढ्नु पर्दछ, जुन समयकाे माग हाे ।
कम्युनिष्ट आन्दाेलनले सवर्हारा, श्रमजीवी जनताकाे प्रतिनिधिका रुपमा देशलाइर् आकुल परिवतर्न गनर्े दिशामा अघि बढ्नु पर्छ । सम्पुर्ण जनता र राष्ट्रको ईच्छा अनुकुल अर्थतन्त्र र कृषिमा आमुल परिवतर्न गनर्े, राष्ट्रिय आैधिगिकीकरणको दिशामा अघि बढ्ने, शिक्षा, स्वास्थ्य, सांस्कृतिक क्षेत्रमा ब्यापक परिवतर्न गनर्,े राष्ट्रियतालाई संरक्षण गनर्े बृहत् कायर्क्रम लिएर अघि बढे मात्रै गणतन्त्रलाई सुदृढ गदर्ै समाजवादी गणतन्त्र तफर् लान सकिन्छ । अन्तमा, वास्तवमा बर्तमान नेपालकाे एकमात्र विकल्प समाजवादी गणतन्त्र हाे, समाजवादी गणतन्त्रले मात्र जनताकाे भावनाकाे कदर गनर् सक्दछ र देशकाे समृद्धि र विकाशकाे एकमात्र पयार्य भनेकाे नै समाजवादी गणतन्त्र हाे अनि समाजवादी गणतन्त्र नै जनताकाे उत्कृष्ट ब्यवस्था हाे भन्दा अत्युक्ति नहाेला,..धन्यवाद !
(पत्रिका साैर्य र मध्यान्हकाे सहयाेगमा)
(लेखक “मिलन आफन्त” नेकपा (माआेवादी केन्द्र) काे युवा चिन्तक तथा विश्व लेखक संगठनको अध्यक्ष हुनुहुन्छ ।)