हामी समाजकाे मुलभुत रुपान्तरणको प्रक्रियाबाट गुज्रिरहेका छौँ । समाजको यस्तो रुपान्तरण अर्थात समजबादी क्रान्ति,“पृथ्वीमा न्यायको स्थापना” लामो समय देखि मानब चिन्तनमा हाबी हुदै आएको छ । समाजबादी क्रान्ति गर्ने मार्क्सबादी–लेनिनबादी बिचारका अतििरक्त यस्ता अनेक प्रवृति पनि छन्, जस्तो् बुर्जुवा समाजलाई नै लिन सकिन्छ , जुन समाजको संरचना कति धेरै असन्तोषजनक छ र मान्छे पनि कति धेरै अनैतिक, असौन्दर्यबोधी र अपुर्ण छ , म यहाँ मान्छे कस्तो हुनुपर्छ भन्ने रोचक प्रश्नमा केन्द्रित ह्न्नुँ । म के कृुराको मात्रै उल्लेख गर्न चाहन्छु भने अन्य सामाजिक सुधारकहरु (ठुला साना व्यक्तिगत र जनआन्दोलन) ले बच्चा अथवा बयस्क हुँदाका बखतमा मान्छेको पुनः निर्माण विशेष शिक्षाको माध्यमबाट गर्न सकिन्छ र गर्नै पर्छ भनेका छन्, उनीहरुकाे विचारमा एउटा पूर्ण मान्छे सामाजिक जीवनको अझ अघिल्लो विकास र सुधारका पुर्णशर्त हो ।
हामी उदारबादी र युटाेपियाबादीहरुको दृष्टिकोणसँग बिल्कुलै असहमत छौँ । हामीले भन्दै आएका छौं कि समाज , जसभित्र हामी रहेका छौ, मानवजातिको रुपान्तरण सौन्दर्य शास्त्रीय उपदेश या नैतिक विधिहरुले गर्न सकिदैन, चाहे शासकवर्गहरुले त्यसका लागि अनुमति किन नदिउन् । हाम्रो त योजना अर्कै छ –पुँजीबादीद्धारा निर्धन तुल्याईएको सर्वहारा वर्गले सम्पुर्ण जीवन र मानवजातिलाई बैचारिक रुपमा संसारभरका सर्वहाराको एकताको पक्षमा सजिलै एकगठ बनाउँछ । त्यो वर्ग सर्बगुण सम्पन्न अर्थात पुर्ण नभए पनि एक मात्र क्रान्तिकारी शक्ति हो , जसले आफ्नो हातमा सत्ता पार्न सक्छ , अन्य शक्तिहरुलाई आफ्नो इच्छा तथा आदेश मान्न बाध्य पार्छ र जीवनलाई पुनगर्ठन गदै अघि बढ्न सक्छ ।
मार्क्सले यस कुरालाई यसरी भनेका छन्, “सर्वंहाराहरुको सामाजिक क्रान्ति लामो अवधिमा पुरा हुन्छ, कयौँ दशकसम्म सर्वहाराहरुले केबल आफ्नै वातावरण बदल्न खर्चिनु पर्नेछ, त्यससँगै आफुलाई पनि बदल्नु पनर्छे र त्यस प्रत्रियाको् अन्त्यमा मात्र सर्वहारावर्ग समाजबादी व्यवस्था स्थापना गर्नका लागि निकै उपयुक्त शक्ति हुन पुग्छ । ”
समाजबादबाट कम्युनिष्ट संरचनामा संङ्क्रमणका लागि लाग्ने समयलाई, छोट्याउन शैक्षिक प्रक्रियासँग सम्बन्धित विषयमा लेनिनले अत्यन्त रुचिकर र उपयोगी निर्देशन दिएका छन् । लेनिनले के कुरामा जोड दिएका छन् भने “कम्युनिष्ट र सर्वहाराहरुले समाजबादको उदे््रश्य केबल औपचारिक मानव सम्बन्ध,ऐन कानुनहरु बदल्नु, या त मेसीनहरुबाट सुरु गरेर विद्यमान परिस्थिति तथा दैन्दिनको जीवन निर्वाहका कामसम्म आईपुग्दा मान्छेका बारेमा पुर्णत : नजरअन्ताज गरेर भौतिक सम्बन्धहरु बदल्नु हो भन्ने हो भने त्यो ठुलाे भ्रम र घातक भूल ठहरिन्छ ।”
लेनिनले के कुरामा जोडदिएका छन् भने निर्मांणकार्य स्वयले मान्छेलाई परिवर्तन गर्दैन, त्यसकारण राजनितिक र आर्थिक सफलताको दृष्टिले आफ्नो हातमा लिनासाथ साँस्कृतिक क्रान्तिमा जुट्नुपर्छ, नत्र त्यो काम उदेश्यविहिन र अर्थहिन हुन पुग्छ । किनभने राजनितिक चेतनालाई दृढ बनाउने, किासान तथा श्रमजीवी, बुद्धजीवीहरुमाथि पार्ने सर्वहरावर्गीय प्रभाव मजदुरहरुले प्राप्त् गर्ने राजनीतिक शिक्षा र साँस्कृतिक स्तरमा भर पर्छ । भविष्यमा हाम्रो स्थान ग्रहण गनेर् नयाँ पिढीलाई राजनितिक मात्रै दिनु सबैथोक होइन , आगिैक कार्यभारले पनि उत्तिकै महत्व राख्छ । वयस्क (अर्धबैसे) लाई पुनर्शिक्षा युवा तथा बालबच्चालाई दिइने शिक्षा नै आर्थिक तथा राजनीतिक सफलताको पुर्वशर्त हो , जसले सर्वहाराहरुको सम्पुर्ण खाले आन्दोलनलाई साँचो अर्थ प्रदान गर्दछ त्यसैले मानव जीवनको रुपान्तरणलाई पनि पुरा गर्छ । यसअर्थमा शैक्षिक प्रक्रियाले मुख्य स्थापना प्राप्त गर्छ ।
लेनिनले भनेका छन्, “हाम्रा पुराना पुस्ताले पुराना पुर्वाग्रह र जीवनका कुरुपताको फोहोर कम्मर कम्मरसम्म भासिएर मानववीवनलाई रुपान्तरित गर्नुपर्ने छ । हामी अहिले पनि खोटो माछे नै हाै, समाजबादी भईसकेका छैनाैंे । तर हामी त्यस दिशातर्फ ताकिरहेका छौँ ।हामी आफ्नो व्यवहारलाई हामीले चाहे जस्तो रुपमा बदल्ने कसरत गर्दैछौँ । त्यो मान्छे, जसले आफ्नो जीवनकाे ठुलो हिस्सा अथवा भनौँ युवावस्था पुरानो व्यवस्था अन्तर्गत बिताएको छ भने उसले आफुलाई सबै प्रकारका अहम्ता र ब्यक्तिबादी निम्न वुर्जुवा जीवनको आकर्षणहरुबाट मुक्त तुल्याउन बडो कठिन छ ।”
मान्छेको त्यस्ते उज्यालो ब्यक्तित्व जस्तो कि लेनिनमा थियो ,आर्थात उनमा भएकेा दृढता र समान्जस्यताले हामीलाई चकित तुल्याउँछ । उनमा यस्तो चीज थियो जुन कम्युनिष्ट र सर्वहराहरुका बीचमा रहेका औषत मान्छेमा पाइदैन । मुख्य कुरा के हो भने जीवनको ठुलो हिस्सा अब्यवस्थित वातावरणमा बिताएकाहरुलाई हामीले समाजबादी व्यवस्थाले माग गरेअनुरुप शिक्षित गर्नुपर्छ , उनीहरुको बानीबेहोरा, काम र सामान्य शारीरिक गठनलाई पनि समाजबादी व्यवस्था अनुरुप तीब्र रुपमा ढाल्नुपर्छ ।
क्रान्ति सम्पन्न भईसकेपछि पनि शिक्षाको प्रक्रिया कठिनाईमुक्त नै छ । हामीनिकट रहेको पुस्ताले आफ्नो जीवनलाई पुराना परिस्थितिबाट मुक्त गर्नेछ भनेर हामी अहिले पनि ठोकुवा गर्न सक्दैनौं । किन भने अहिलेको सङ्क्रमणकालिन अवधिमा त्यस्तो द्धीप अथवा द्धीपहरुको समुह नै रहेको छ, जसको चारैतिर फोहोर समुद्रले घेरा हालेको छ । यद्यपी त्यहाँ पनि समाजबादी व्यवस्था त स्थापना भईसकेको छ । त्यसकारण शिक्षाका कठिनाईहरु विशाल छन् । मानव इतिहास अथवा मानवसभ्यतामा शिक्षा प्रणालीको स्वरुप कस्तो रहेको छ , त्यसको के महत्व छ र त्यसलार्ई कसरी हाम्रो अनुकुलताअनुसार बदल्न सकिन्छ ? यस विषयमा हामीले विशेष ध्यान दिनुपर्छ ।
मान्छे सामाजिक रुपमा प्राप्त तथा हस्तान्तरित अनुभवका आधारमा निर्वाह गर्ने भुमिकाका आधारमा जनावरभन्दा भिन्न छ । पाँच हजार वर्षयता मान्छे अन्य जनावरजस्तै शारीरिक बनावट र क्रियाकलापमा बैज्ञानिक रुपमा बदलिएका छैनन् । उदाहरणका लागि तपाईले यसै साल लन्डनमा जन्मेको बच्चालाई अहिलेको सभ्यतादेखी पुर्णतः अलग राखेर हुर्काउनु भयो भने त्यो बच्चा अधकल्चो जनाजर मात्र बन्नेछ । किनकि जनवरहरुले सहज प्रवृतिको ठूलो विरासत पाएका हुन्छन् , जुन मनुष्यले प्राप्त गरेका हुदैनन् । तर पाँच हजार वर्षपहिले आफ्नो जीवनको चरमोत्कर्षमा पुगेको मान्छे र आजको मान्छे अर्थात बर्बर युग र समकालिन अङग्रेज युगलाई दाँज्ने हो भने आकाश–पातालको भिन्नता पाइन्छ । यसप्रकारको भिन्नता, ज्ञान, प्रकृति माथीको पकड, भाषा जुन कुराहरु बितेका सभ्यताका परिणाम हुन ,ती विषयमा प्राप्त परिपक्वताबाट शिक्षामा नयाँ ज्ञान हासिल गरिन्छ ।
मानवसमाजले युगौंदेखि सञ्चित विशाल पुँजी प्राप्त गरेको छ, जुन निरन्तर बढिरहेको छ ।प्रत्येक नयाँ पुस्ताले त्यस उच्चतम प्रगतिको उपयोग गर्छ ।यसप्रकार मान्छेले आनुवंशिकताका आधारमा होइन , परिपक्वताका आधारमा विशाल ज्ञान प्राप्त गर्छ । यसले जनावरहरमा ज्यादै कम भुमिका खेल्छ तर मान्छेका हकमा याय “सबथोक” सावित हुन्छ । यसले एक पुस्ता र अर्को पुस्ताका बीचमा अत्यन्त रोचक र कसिलो सम्बन्ध गाँसिदिन्छ । यो इतिहासकाे धारजस्तै हो, जसमा नयाँभन्दा नयाँ मान्छेहरु पैदा हुन्छन् तर पनि नयाँ पुराना ती दुबै पूस्ताहरु एकै हुन । किनकी यी मान्छेहरु विद्यालय,पुस्तकालय ,आर्थिक जीवन र संस्कृति पुरानै ग्रहण गर्छन र स्वयं नयाँ पनि नर्माण गर्छन ।
मानव समाजमा नयाँ, ताजा, झर्झराउँदा, कलकलाउँदो मानवसामाग्री जसले पुराना र ओइलाएका रुखका पातहरुको ठाउँ लिन्छन् तर विगतका त्यस विशाल उपलब्धी सँग सँगै विगतका रोग पनि अपनाउँछन् । कुनै पनि मान्छे, जो कुटिल र निकम्मा समाजमा जन्मेको छ, उसले बिगतका सारा पुर्वाग्रह, कुरुपता र दाेष ग्रहण गर्छ । प्रत्येक नयाँ पुस्ताले विगतका सञ्चित ज्ञानबाट लाभ मात्र प्राप्त गर्दैन, त्यसका रोग (मेरो आशय यहाँ शारीरिक होइन , सामाजिक रोगसँग जोडिएको छ) बाट पनि सङ्क्रमित हुन पुग्छ । हाम्रो कार्यभार हो, मानवजातिको जीवित धारामा एउटा शक्तिशाली फिल्टर या यस्तो कार्यभार हो, मानवजातिको जीवित धारामा एउटा शक्तिशाली फिल्टर या यस्तो प्रिज्म तयार पार्नु पर्छ ,जसले नयाँ मानव सामाग्रीलाई आफ्नो सभ्यताद्धारा निर्मित सारा रचनात्मक कुराले भरिपुर्ण बनाओस् तर सामाजिक कुरुपता, पुर्वाग्रह, थरीथरीका रोग लाग्न नदेओस् र मानवधारालाई शुद्ध बनाओस ।
हाम्रा विद्यालयका दोहोरा काम छन् : पहिलो, नयाँ संस्कृति, नया विज्ञान, त्यसभन्दा पनि पहिले सर्वहारा विज्ञान, मार्क्सबाद, सर्वहारा संगठन, कम्युनिष्ट बिचारमाथि जोड दिदैँ विगतका सम्पुर्ण ज्ञान हस्तान्तरित गर्नु । दोस्रो, पुराना बिचार बालबालिकासम्म पुग्न रोक्नु , जुन पुरानो समाजको विरुद्ध हामी लडिरहेका छौँ, त्यसबाट बालबच्चालाई प्रदुषित हुन नदिन कुनै पनि कसर बाँकी नाख्नु ।
हामी शिक्षाशास्त्रको सम्पुर्ण इतिहास र विश्वमा यसको वर्तमान अवस्थाका बारेमा पोख्न हुनु आवश्यक छ । तर हामीलाई राम्ररी थाहा छ कि विद्यमान विद्यालय तथा शिक्षाशास्त्रका उदेश्य हाम्रा उदेश्यभन्दा विल्कुल विपरित छन् । अधिकाँश अराजनीतिक विद्यालय र स्वतन्त्र बालबच्चाहरुको विद्यालय र हाम्रो वर्गीय विद्यालयका बीचमा “गोरु बेचेको साइनो” पनि छैन । हामीले यी भवनहरु जगदेखि धुरी सम्म आफ्नै हात र भौतिक साधनको व्यापक अभावका बीचमा निर्माण गरेका छाँै । हाम्रा नेताहरुले दिएका निर्देशनलाई हामी पर्चाको रुपमा छापेर सुक्ष्मदर्शक यन्त्रको रुपमा उपयोग गर्न सक्छौं तर यत्रो विशाल भवन सुक्ष्मदर्शक यन्त्रले मात्रै त बन्दैन, त्यो मात्रै पर्याप्त हुदैन ।
अहिले पनि बालबच्चालाई सबै प्रकारको शिक्षा दिनका लागि हामीसँग पर्याप्त साधन छैनन् । त्यसका साथै हाम्रा विद्यालयहरु निश्चत मानकका आधारमा निर्माण गर्नका लागि पनि साधनस्रोतको अभाव छ । यहाँसम्म कि हाम्रा प्राथमिक विद्यालयमा सबै बालबच्चाहरु पढ्दैनन्, माध्यमिक तहमा त एकदम थोरै मात्र पढ्छत् । अब हामी प्रत्येक विद्यार्थीहरुको विद्यालयीय शिक्षाका लागि जारशाही पालामा गरिने खर्चको ५० प्रतिशत रकम मात्र लागानी गर्दैछौँ । प्राथमिक विद्यालयका शिक्षकहरुको युद्ध पुर्वको नगण्य तलबको पनि ७५ प्रतिशत र माध्यमिक तहका शिक्षकहरुको तलब ५० प्रतिशत दिन सक्ने स्थितिमा छौँ । यसले हामी कति ठुल्ठुला कठिनाई र बाधा सामना गरिरहेका छौँ भन्ने स्पष्ट हुन्छ । यसमा कसैको दोष छैन किनकी अत्यन्त थोरै राजकिय साधनस्रोतको बाँडफाड यसभन्दा फरक पाराले गर्न सक्ने स्थितिमा हामी छैनौँ,………………….धन्यवाद ।
पुस्तक : शिक्षामा मार्क्सबादी चिन्तनबाट
लेखक : अनातोली लुनाचार्स्की प्रस्तुती : मिलन आफन्त