चिनियाँ कथा, राति बास्ने कुखुरो

ठूलाे साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लाेत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरु मेलाबाट घर फर्किरहेका थिए । तिनीहरु अरु काेही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम गर्ने खेतालाहरु नै थिए ।

“सारै थाकियो हो, दाइ ।” एउटा खेतालाले थकित स्वरमा भन्यो ।

“थाक्न पनि किन नथाक्नु त कान्छा । आँखा यसाे झिमिक्क गर्न पनि पाएको हुँदैन, कुखुरो बास्न थालिहाल्छ, झट्ट उठ ए मोरा हो । कुखुरो बासिसक्यो, कति मरिरहन्छौ ओछ्यानमा ? हैन यही चालले त कहिले उठाइसक्नु ए गाँठे मेरा त्यत्रा पैसा ! ल ल उिठहाल र जाओ मेलामा काम गर्न, ल ल …….! लत भनेर आँखा मिच्दै ध्रयाङम्रयाङ गर्दै खेत पुग्यो र काम गर्न थाल्यो, उज्यालो त हुँदै हुँदैन । कतिबेर काम गरिसकेपछि पो बल्ल उज्यालो हुने सुर गर्छ । हैन के भा’को यस्तो उदेक ।” अर्को खेतालाले आफ्नो मर्म पोख्यो ।

“कुखुरो पनि त्यही धनीमानीको पक्ष लाग्छ । के गर्नु बजियाको भाग्यै ठूलो र’छ । ‘जता धेर, उतै हेर’ भनेकाे यही त होला नि ।”

“भाग्य–साग्यको कुरो नगर है मसँग ।” अर्को किसानले जङ्गिदै भन्यो, “अघि सधैं ठिक्क बेला बास्ने कुखुरो अहिले चाहिँ किन मध्यरातमै बास्न थाल्छ हँ ? विचार गर है सबैले । अब यी स्यालका छाकहरुलाई एक–एक गरेर ननिमोठी भो’र ! मरी मरी काम गरेर एक भmल्को पनि सुत्न नपाउनु ए गाँठे !”

त्यस भेगका खेतालाहरु सधैं यस्तै कुराकानी गर्दै मेलाबाट आ–आफ्ना घरतिर फर्कन्थे । मिठो–नमिठो एक–आधा पेट खान्थे र निद्रा प्रुयाएर सुत्ने विचारले हतार हतार ओछ्यानतिर लम्कन्थे ।

केही दिनदेखि काओ यु–पाओलाई पखाला लागेकाे थियो । त्यस रात पनि ऊ उठ्यो र बिस्तारै बाहिर निस्क्यो । दिसा बसिसकेपछि फर्कने बेलामा गोरूलाई भुस्सा छ कि छैन भनेर हेर्न काओ यसो टाट्नोतिर गयो । तर त्यही बेलामा उसले एउटा कालो छाया अलि पर कुखुराको खोरतिर चाल मारेर लमक्क लम्केको देख्यो । त्यसकाे हातमा एउटा लामो लठ्ठी थियो । मान्छेको आकृति भएको त्यस छायालाई उसले ठम्याउन खोज्यो तर अहँ ठम्याउन सकेन । अँध्यारो थियो, चन्द्रमा उदाइसकेको थिएन ।

“आज चाहिँ यसलाई नसमाती हुँदैन । बाँधेर लडाउनै पर्यो । एक्लैले सकिनँ भने चिच्याएर सबैलाई उठाएर भा’पनि यस कुखुरा चोरलाई समातेरै छाड्छु ।” उसले सोच्यो । तर उसकाे अकोर् मनले यो पनि सोच्न थाल्यो कि ‘बिचरा कुनै गरिब मान्छे होला नि । यसका जहान छोराछोरीहरु कति दिनदेखि भोकै होलान् वा बिरामी भएर लडिर’का होलान् । नभएरै त चोर्न आयो होला नि बरा ! जहान बच्चा भोकै मर्न लागेपछि के गरोस् त अरु । भो म यसलाई समात्दिनँ । हद्दै चोरे त्यही दुई–चार कुखुरा त चोर्छ होला नि यसले । आ….. चोरोस् । स्यालका आहाराहरुलाई लगे एक निन्द्रा सुखले त सुत्न पाइन्छ ।’

त्यसैबेला छायाले गर्धन तनक्क तान्यो र हातले नाक छोप्यो । यसले हाच्छिउँ गर्न लागेको जस्तो लागेर काओ यु–पाओ आत्तियो र मनमनै सोच्यो ‘ला, यसले हाच्छिउँ ग्रयो र सबै उठे भने यसको दुर्दशा हुन्छ होला नि ! अझ त्यो जमिनदार जोउले यो कुरा चाल पायो भने त यसको छाला काढेरै छोड्छ ।’ तर केही पनि भएन । काओले बिस्तारै गएर गोरूलाई भुस्सा राख्ने भाँडा यसो छोएर हेन्यो रातभरलाई पुग्ने भुस्सा रहेछ । त्यसपछि उसले सुत्न जाने विचार ग्रयो तर आफू हलचल गरे चोर भाग्ने र उसले केही पनि लान नपाउने कुराले ऊ सतर्क भयो । चाेरकै भलाइका लागि काओ पनि भुईंमा थपक्क बस्यो । त्यो को रहेछ भनेर चिन्ने रहर उसलाई निकै लागिरहेको थियो ।

धेरै बेर चुप लागेर बसेपछि एक्कासि कुखुरा बासेको नक्कली आवाज निकालेर छाया करायो । काओ त्यसकाे चाल देखेर जिल्ल प्रयो । त्यो आफूतिरै आउन लागेकाे देखेर काओ पछि हट्यो र परालको थुप्रोमा लुक्यो । गोरू भएको ठाउँमा आइपुगेपछि त्यसले सलाई क्रोयो र भुस्सा भए नभएको यसो ह्रेयो । सलाईको उज्यालोमा काओले त्यो मान्छेको अनुहार देख्यो र तिन छक्क प्रयो – त्यो त अत्याचारी जमिनदार जोउ नै पो रहेछ ।

‘ए ! उसाे भए आधारातमा बास्ने कुखुरो त तँै बजिया पो रहिछस् ।’ काआेले मनमनै भन्यो ।

जमिनदारले बासेको आवाज सुनेर एकछिन पछि खोरका कुखुराहरुले पनि बासेरै जबाफ दिए । त्यसपछि त गाउँभरिका सारा कुखुराहरु नै बास्न थाले । काओलाई भयङ्कर रिस उठ्यो । तर त्यसबेला उसले चुप लागेर बस्नु र त्यसको अगाडि नपर्नु नै उचित ठह्रयायो ।

एकैछिन पछि जमिनदार जोउ हल्ला गर्दै घर घर गएर कराउन थाल्यो “ए ….. उठ है ….. हिँड मेलामा काम गर्न ….. कुखुरा बासिसके ….. अर्काको ऋण खाएर पनि कस्तरी सुत्न सकेका, भाते बजियाहरु । ल….. ल उठिहाल र ज्याबल बाेकेर हिँडिहाल खेततिर ।” किसानहरु अधुरो निद्रामा धङधङाउँदै उठ्न थाले र रिसाउँदै बरबराउँदै औजारहरु समातेर खेततिर हिँड्ने सुरसार गर्न थाले । जमिनदार जोउ एकछिन पछि घरतिर हिँड्यो ।

“कस्ताे अचम्म ए ! न चाँडो, न ढिलो, ओछ्यानमा यसो ढल्यो, बास्न थालि पो हाल्छ । कस्ता कुखुरा हुन् यी ? मलसाँप्राका मुख ।”

“के भन्छौ त कान्छा, एउटाले बासे मात्र पनि केही भयो भन्नु । गाउँभरिकाले नै बास्न थालेपछि के भन्ने त ? लिउ नाम गरेको किसानले पनि आश्चर्य व्यक्त ग्रयो ।

“सुन भाइ हो ! बिगार चाहिँ पक्कै केही भा’को छ ….. छ । यस्तै किसिमले दिनभरि काम गर्नु, त्यस्तै खान्की खाएर रातभरि सुत्न नपाउनु हो भने अब चाँडै मरिन्छ है । हाेस गर ।”

“हैन म त भरखर पल्टेको मात्र पो थिएँ, बास्न थालिहाल्यो पडÞके ।”

“काँ’को ! मेरो त भात खाएपछिको एक चिलिम तमाखु पनि सकिएकाे थिएन ।”

रिसले रन्कँदै उनीहरुले गरेको कुराकानी सुनेर काओले मनमनै भन्यो, ‘यो सबै त्यही लोभी जमिनदारको जाल हो भन्ने तिमीहरुलाई के थाहा ?’

“मेरी आम्मै ! के देखेँ नि आज ! धन्न उम्कें नि म ! कालो भूत ….. अँध्यारोमा ….. ।” किसानहरुको अगाडि आएर आश्चर्य मिसिएको स्वरमा काओ भन्न थाल्यो । “हेर्नोस् त ! मैले लुगा पनि फुकालेको छैन । कस्ताे अचम्मको कुरा छ । बुझ्नु भो ।”

“कस्तो भूत ? कहाँ ?” किसानहरुले आत्तिएर सोधे ।

“पख्नोस् ….. म भन्छु, तर अलि पर बाटोमा पुगेपछि ।” काओले सबैको मनमा खुल्दुली मच्चाउँदै भन्यो । कुरा सुन्ने आत्तुरीले पर बाटामा निस्किसकेपछि किसानहरुले हतारिँदै काओलाई सोधे “ल भन् न त, अचम्मको कुरा के हो ? चाँडो ।”

काआे हाँस्न थाल्यो । उसका आँखा चम्किरहेका थिए ।

“काका हो ! अबदेखि चाँडो कुखुरा बास्यो भनेर कुखुरालाई गाली नगर्नू । कुबेलामा बासेकामा बिचरा कुखुराको केही बिराम छैन तर यसको जरोमा एउटा मानिस छ है ।” काओले रातिका कुरा जम्मै बेलिबिस्तार लगायो ।

सबै कुरा सुनिसकेपछि लिउ रिसले आगो भयो र करायो । “अब खेतमा पुगेर केही काम गरिँदैन । मज्जाले सुतिन्छ, त्यत्ति हो ।”

लिउको कुरामा सबै सहमत भए । खेतमा पुग्दा आकाशतिर तारा छरिएका थिए । एक एक चिलिम तमाखु खाएर किसानहरु हम्पसार परेर सुते । मस्त निद्राले गर्दा शीतले लुगा लफ्रक्क भिजेको पनि कसैले चाल पाएनन् ।

अत्याचारी जमिनदार जोउको खलकले यस्तै नानाभाँतीका जालझेल गरेर किसानहरुलाई ठग्दै प्रशस्त श्रीसम्पत्ति जोडेको थियो । अनेक बित्पाते जुक्तिहरु जेउले उसका बाबु बराजेहरुवाटै सिकेर आएको थियो । जालझेल त उसको पुर्ख्यौली सम्पत्ति नै भने पनि हुन्छ । निद्राले चुर भएर किसानहरु काम गर्दागर्दै खेतमै ढल्थे । यस्तो हुँदा पनि ऊ चाहिँ यसैबाट अरु फाइदा निकाल्ने जुक्ति निकाल्थ्यो । ‘अल्छे, ठग, बेइमान, निमेक हराम्’ भन्दै ऊ किसानहरुलाई पुरा काम नसिध्याएको भनेर एक पैसा पनि ज्याला दिँदैनथ्यो ।

मस्त निद्रामा सुतिरहेका किसानहरु एक्कासी कहालिए कराए, “ऐया !”

दुष्ट जमिनदार जोउ ठूलो स्वरमा गर्जिदै किसानहरुलाई बुटले निर्मम तरिकाले कुटिरहेको थियो । निद्राबाट आत्तिएर किसानहरु ज्रयाकजुरूक उभिए । जोउ आँखा तर्दै किसानहरुलाई हकारिरहेको थियो – “मेरो नुन–पानी खाएर मलाई नै ठग्ने ! तेरी’मा निमेक हरामी चोर हो । हेर त ! सबै मस्तले सुतिरहेका नकच्चराहरु, यत्रो काम बेमाख पारेर । अहिले बार बजेसम्म यति सबै काम नसक त ! म के गर्दो रै’छु तिमीहरुलाई ? एक थोपा पानी र एक गेडा अन्न दिन्नँ, बुझ्यौ ?” खाने कुरा लिएर आएको मान्छेतिर फर्केर जोउ करायो “खाने कुरा फर्काएर लैजा ।”

जाेउ सधैं झै आज पनि सबेरै उठेको थियो । बिहानको खाना खान सधैँ झैँ किसानहरु बेलामा नआइपुगेकाले आज ऊ छक्क प्रयो । किसान आउँदा जाँदा धेरै समय लाग्ने र काममा निकै हानि हुने सोचेर खानेकुरा आफैसँग खेतमा लिएर जाने उसले निर्णय ग्रयो । त्यसैले उसैकहाँ बस्ने बुढो गोठालालाई खानेकुरा बोकाएर जमिनदार खेततिर हिँड्यो । उहाँ पुगेर हेर्छ त सबै खेताला मस्तसित सुतिरहेका । रिसले उसको जीउ नै सल्केको जस्तो भयो र उसले सुतिरहेका खेतालाहरुलाई लठ्ठीले जथाभाबी हिर्काएर उठायो । त्यसपछि मारसँग गाली गर्दै खानेकुरा फर्काउन लगाउँदै अत्याचारी जोउ खेतबाट हिँड्यो ।

जाेउ त्यहाँबाट हिँडेपछि रिसले मुर्मुरिएका किसानहरु एक आपसमा कुरा गर्न थाले । कसैले तुरुन्त काम छोडेर हिँड्ने विचार गरे । कसैले आजसम्म काम गरेको ज्यालाको हरहिसाब माग्ने कुरा गरे । कसैले चाहिँ निराश भएर त्यसै घर फर्कने विचार गरे ।

अन्तमा सबैको कुरा र विचारहरु सुनेर बिसरहेको काओले मुसुमुसु हाँस्दै उनीहरुलाई भन्यो, “काका हो ! मेरो पनि एउटा सानो कुरो छ । तपाईहरुले त्यसलाई राम्ररी ध्यान दिएर सुनिदिनुहुन्छ कि भन्ने मेरो अनुरोध पनि छ ।

सबैले उसको कुरो सुन्न उत्सुकता देखाएपछि काओले भन्न थाल्यो, “मैले एउटा सानो योजना बनाएको छु । मेरो योजनालाई राम्ररी सुनेर त्यस बमोजिम चल्ने हो भने त्यस पाजीसँग अहिलेको रिस पोख्न र त्यसलाई निकै मजाले मर्मत गर्न सक्छौं ।”

“हैन, के भन्छ यो केटो ?” एक जना किसानले छक्क पर्दै भने, “उससँग धन छ । तागत छ । यस इलाकाको त्याे सानाेतिनो राजै हो । कस्ताे नराम्रो कुरा गरेको तैले ?”

अरुहरुले पनि आफ्नो कुरामा त्यति ध्यान नदिएको देखेर काओले आफ्नो कुरालाई अझ जोड दिँदै भन्यो, “काका हो ! मैले नराम्रो कुरा गरेको हैन । त्यसलाइर् ठिक पार्ने जुक्ति निकालेको मात्रै हो । हाम्रो सन्तान दर–सन्तानलाई सधैं यसरी सताउने र मार्ने काम गरिरहन्छ भने अहिले मौका पाएको बेलामा हामीले पनि किन छाड्ने, हँ ? काका चाउ–ते–चुनले भन्नुभएको कुरा पनि हामीले बिर्सन हुन्न नि – जसले शत्रुलाई पहिलो मुक्का हान्न सक्छ, त्यही नै बहादुर हुन्छ ।”

किसानहरुले काओको योजनालाई ध्यान दिएर सुने र दिल खोलेर हाँसे । “सारै बेस, सारै मनासिब । हामीले यसै गर्नुपर्छ ।” काओको योजनालाई सबैले एकै मुखले समर्थन गरे ।

दिउँसाेको खाना खान सबै किसानहरु जमिनदार जोउको घरमा गए । जोउ अझै पनि उनीहरुलाई गाली गर्दै सरापिरहेको थियो । तर उनीहरु कसैले पनि त्यसको वास्ता गरेनन् ।

दुई–तिन दिनपछि किसानहरुले लामा लामा लौराहरु तयार गरे र एकदिन सधैं झै राति खानेकुराहरु खाइसकेपछि उनीहरूले बत्ती निभाए । काओलाई चियो बस्न उनीहरूले आँगनमा पठाएका थिए । एक घन्टा बितेपछि जमिनदार जोउ चाल मारेर कुखुराको खोरतिर लम्कँदै गरेको काओले देख्यो र जोउ कुखुराको खोरनिर पुगेको मात्र के थियो काओले न्वारानदेखिको बल झिकेर चिच्यायो “चोर ….. चोर ।”

किसानहरु हत्त न पत्त कोठा–कोठाबाट निस्केर आए र जोउलाई लखेटेर आ–आफ्ना लौराहरुले मारसँग चुट्न थाले ।

“पर्ख पर्ख, ए ….. म हुँ ।” जोउले आत्तिएर करायो ।

“हो हो, तैँ होस् नि तेरी’मा कुखुरा चोर । आज चाहिँ तँलाई ठिक नपारी कहाँ छोड्छौं र ?” किसानहरुले दनादन दनक दिन थाले ।

काओ चिच्याउँदै आँगनतिर दाैडियाे र करायो “जमिनदार जोउ, झट्ट बाहिर निक्लनुहाेस् त । हामीले चोर समातेका छौँ ….. कुखुरा चोर ….. ।” बाहिरको डरलाग्दो खैलाबैलाले जमिनदारको घरमा बस्ने जापानी अफिसरको निद्रा टुट्यो र दुई जना आठपहरियालाइर् अघिपछि लगाएर हातमा पिस्तोल लिँदै बेछाँटले हतारिदै अॅागनतिर कुद्यो ।

जापानी अफिसर करायो “ठोक् ….. ठोक बजियालाई । कुखुरा चोरलाई पनि जिउँदै छोड्ने हुकुम छैन । कुटी कुटी मारिदेओ ।”

उता जमिनदारको घरमा चाहिँ भने स्वास्नी छोराहरु आत्तिएर काेकाेहोलो मच्चाउन थाले । “ए, तिनलाई नकुट भनेको !” जमिनदारनीले न्वारानदेखिको बल निकालेर चिच्याई तर जापानीले हानेको दुई फायर पिस्तोलको आवाजमा उसको स्वर कता हरायो कता ?

“म्रायाे बाबा ….. गुहार ….. गुहार ….. ! ए, म हुँ भनेकाे ।” अत्याचारी जोउले आत्तिएर टाउको कुखुराको खोरतिर घुसा्रयो ।

दुई फायर आकाशमा हानेपछि जापानीले पिस्तोल कुखुराको खोरतिर ताक्यो । आफ्नो लोग्नेको ज्यानै जान लागेको देखेपछि सुरुवाल मात्र लगाएकी, नाङ्गीभुतुङ्गी, बहुलाई झैँ जोउकी स्वास्नी कुद्दै कुद्दै त्यहीँ आइपुगी र भएभरको तागत निकालेर चिच्याई, “ए, यिनी त इलाकाका जमिनदार पो हुन् ।”

अफिसरको हात टक्क रोकियो र छक्क पर्दै भन्यो, “हँ ! किन ? किन ? के ? के ? अघि …. अघि त यसरी मध्यरातमा कतै बाहिर निस्किनुहुन्नथ्यो । आज चाहिँ किन कुखुराको खाेरतिर आउनुभयो हँ ? ए ….. चाँडो बत्ती ल्याओ ।”

“ए जमिनदार सा’प पो हुनुहुँदो रै’छ । हरे ! हामीले के ग्रयौँ नि मालिकलाई ।” किसानहरुले अचम्म मान्दै पछुतो गरेको अभिनय गरिटोपले ।

जमिनदारको छोरो आफ्नाे सुत्ने कोठाबाट लालटिन लिएर दौडिदै आयो । लालटिनको उज्यालाेमा त्यहाँको दृश्य छर्लङ्ग भयो । जोउको जाँघबाट रगतको धारो छुटिरहेको थियो । किसानहरुको मारबाट जोगाउन उसले टाउको चाहिँ कुखुराको खोरभित्र घुसारेको रहेछ । किसानहरुले जोउलाई झल्ट्याङझुल्टुङ पारेर बाहिर निकाले र भुँइमा पल्टाइदिए । जाेउकाे मुख कुखुराको सुलीले घिनलाग्दो र हाँसउठ्दो भएको थियो । ऊ जाँघ मुसारी मुसारी कराइरहेको थियो । किसानहरु चाहिँ भित्रभित्रै खुसी भएका थिए र उनीहरुको शिर ठाडो थियो ।

“मालिकलाई पनि के सुर चलेको त, यस्तो मध्यरातमा कुखुराको खोरतिर आउन ? कुखुरा चोर नै ठानेर पो हामीले पनि यस्तो सारो कुट्यौँ ।” किसान लिउले धेरै दुःखी भए जस्तो गरेर अफसोस प्रकट गरे ।

“ऐया ….. ओह ….. म त ओछ्यानमा ….. सुतेको ….. थिएँ ….. ऐया ….. कुन्नि कुन चाहिँ ….. भूतप्रेतले ….. तानेर मलाई यहाँ ल्यायो ….. मलाई थाहा छैन ….. ऐया ….. !” जमिनदार जोउले पीडाले रुँदै कराउँदै आफ्नो स्पष्टीकरण दियो ।

“ए, उसाे भए हजुरले झन् विचार गर्नुपर्ने भयो । घरमा भूतप्रेत रहेछन् । मौकैमा होस नप्रुयाए झन् ठूलो बिगार पर्न पनि बेर छैन है मालिक ।” किसानहरुले बडो गम्भीर भए जस्तो गरेर अत्याचारी जोउलाई सम्झाए ।

जोउलाई बोकेर कोठामा प्रुयाइदिएपछि जापानी अफिसरले डाक्टरलाई लिन पठायो । जमिनदारको दुवै जाँघका मूल हड्डी नै भाँचिएका रहेछन् । भित्रभित्रै रिसले मुर्मुरिए तापनि दुष्ट जमिनदार जोउले बाहिर चाहिँ केही भन्न सकेन । त्यस घटनापछि अत्याचारी दुष्ट जमिनदार जाेउ कुखुराको खोरनजिक जानै नसक्ने भयो । खेतमा चियोचचाेर् गर्न जान पनि ऊ असमर्थ भयो र गाउँमा मध्यराततिर कुखुराहरु पनि बास्न छाडे ।

(कथाकार : काओ यु–पायो, अनुवादक : रामेश श्रेष्ठ, निर्देशक : मिलन आफन्त,

श्राेत : लेफ्ट रिभ्यु)

“माक्सर्वादी–लेलिनवादी हुन पाउनु हाम्रो अधिकार हो”

पर्सि मे ९ तारिखमा महान् देशभक्तिपूर्ण युद्धको ७० औं वार्षिकोत्सव मनाइनेछ । समयकाे भिन्नतालाई ध्यानमा राख्दा, मैले यी लाइनहरु लेख्दै गर्दा रूसी महासंघको सेनाका सिपाहीहरु र उच्चाधिकारीहरु गौरवपूर्ण तरिकाले मस्कोको रेड स्वायरमा उनीहरुको विशिष्ट खालको द्रुत र सैन्य चालमा कवाज गरिरहेका हुनेछन् ।

लेनिन एउटा तेजस्वी क्रान्तिकारी रणनीतिकार हुनुहुन्थ्यो जसले मार्क्सका विचारहरुलाई अवलम्बन गर्न र तिनलाई महान् तरिकाले लागू गर्न कुनै सङ्कोच मान्नु भएन । परिणामतः पूँजीवादले विश्वमा निम्त्याएको सबैभन्दा ठूलो नरसंहारका बाबजुद एउटा आंशिक रूपमा मात्रै औद्योगीकृत भएको देशको सर्वहारा पार्टी यो ग्रहको सबैभन्दा क्रान्तिकारी र साहसी पार्टी बन्न पुग्यो, जतिबेला इतिहासमा पहिलो पटक ट्याङ्कहरु, स्वचालित हतियारहरु, विमानहरु र विषालु ग्यासहरुले युद्धमा प्रवेश पाए र १०० किलोमिटरसम्म मार हान्न सक्ने ऐतिहासिक तोपहरुले रक्तपातपूर्ण युद्धमा आफ्नो उपस्थिति जनाए ।

त्यो हत्याकान्डबाट लिग अफ नेसन्स सतहमा आयो, एउटा संस्था जसले शान्तिको रक्षा गर्नुपर्थ्यो तर त्यसले अफ्रिका, एसियाको एउटा ठूलो हिस्सा, ओसियाना, क्यारेबियन, क्यानडामा उपनिवेशवाद तथा ल्याटिन अमेरिकामा एउटा घिनलाग्दो नवउदारवादको तीव्र बिस्तारलाई रोक्ने प्रयत्नसम्म गर्न सकेन । केवल २० वर्षपछि युरोपमा अर्को भयानक विश्वयुद्ध सुरू भयो, जसको पृष्ठभूमिमा सन् १९३६ मा सुरू भएको स्पेनीयाली गृहयुद्ध थियो ।

नाजीहरुको बीभत्स पराजयपश्चात् विश्वका राष्ट्रहरुले संयुक्त राष्ट्र संघलाई आशाको नजरले हेरे, जसले हस्तक्षेप र युद्धहरुको अन्त्य गर्ने प्रयत्न गर्न सहयोग पुन्याउने कोसिस ग्रयो ताकि विश्वका ठुला र साना, धनी र गरिब राज्यहरुले देशमा शान्ति, विकास र शान्तिपूर्ण सहयोग कायम गर्न सकून् । अन्य कामहरुसँगै लाखौं वैज्ञानिकहरुले छोटो समयावधि भित्रै खाद्यान्न र पानीको अभावले पहिल्यै सङ्कटग्रस्त रहेको मानवजातिको जीवनरक्षाको सम्भावनालाई बढाउन सकून् । अहिले नै पृथ्वीमा हामी ७.३ अरब मानिसहरु छौं । सन् १८०० मा यहाँ जम्माजम्मी ९७ करोड ८० लाख जति मानिसहरु थिए, जुन सङ्ख्या सन् २००० मा बढेर ६ अरब ७ करोड हुन पुग्यो र परम्परागत आकलनहरुको आधारमा सन् २०५० को अन्त्य सम्ममा यो सङ्ख्या १० अरब पुग्ने छ ।

पक्कै पनि, पश्चिम युरोपमा डुङ्गाभरी आप्रवासीहरु, पानीमा तैरिने कुनै पनि वस्तुमा यात्रा गरेर युरोपियनहरुद्वारा सयौँ वर्षसम्म उपनिवेश कायम गरिएका देशहरुबाट अफ्रिकी आप्रवासीहरुको बाढी आउने कुरा अनौठो छ ।

२३ वर्ष पहिले, संयुक्त राष्ट्र संघको वातावरण तथा विकास सम्मेलनमा मैले भनेको थिएँ, “आफ्नो प्राकृतिक जीवनयापनको अवस्थाको द्रुत तथा बढ्दो ध्वंसको कारणले एउटा महत्वपूर्ण जैविक प्रजाति–मानिस लोप हुने खतरामा छ ।” तर मलाई त्यतिबेला यो थाहा थिएन कि हामी त्यसको यति धेरै नजिक छौँ ।

७० औँ महान् देशभक्तिपूर्ण युद्धको वार्षिकोत्सवको अवसरमा, म ती वीर सोभियत जनताप्रति हाम्रो उच्च सम्मानलाई लिपिबद्ध गराउन चाहन्छु, जसले मानवजातिका लागि महान् सेवा अर्पित गरे । आज हामीले रूसी महासंघ र विश्वको सबैभन्दा द्रुत गतिमा अघि बढिरहेको अर्थतन्त्रको देश जनवादी गणतन्त्र चीनको बिचमा सुदृढ एकता देखिरहेका छौँ, जुन दुई देशहरुले, तिनीहरुको निकट सहयोग, आधुनिक विज्ञान, शक्तिशाली सैन्यबल र शाहसी सैनिकहरुले विश्व शान्ति र सुरक्षाको शक्तिशाली रक्षाकवच निर्माण गर्दछन्, ताकि हाम्रो प्रजातिको जीवनको रक्षा गर्न सकियोस् ।

शारीरिक तथा मानिसक स्वास्थ्य र ऐक्यबद्धताको भावनाको मान्यता कायम रहोस् । अन्यथा मानवजातिको भविष्य, हामीलाई थाहा भएझै, सधैंको लागि समाप्त हुनेछ । २ करोड २७ लाख सोभियत जनता, जसले महान् देशभक्तिपूर्ण युद्धमा मृत्युवरण गरे, तिनले मानवताका लागि, सोच्न पाउने अधिकारका लागि, मार्क्सवादी–लेनिनवादी तथा कम्युनिस्ट हुन पाउनका लागि र अँध्यारा युगहरुलाई त्याग्नका लागि त्यसो गरे ।

(क. फिडेल क्यास्ट्रो, मे ७, २०१५, १०:१४ रात्रीकालीन समय, क्युबा, पहिलो पटक मे ८, २०१५ मा ग्रान्मामा प्रकाशित, निर्देशक : शताब्दी बर्ष ब्यक्ति, मिलन आफन्त, श्रोत : लेफ्ट रिभ्यु)

“अक्टाेबर समाजवादी क्रान्ति र यसले चिनियाँ क्रान्तिमा पारेको प्रभाव”

सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिले चीन र संसारको इतिहासमा मौलिक परिवर्तन आयो । चिनियाँ क्रान्तिमा यसकाे दूरगामी र गहिरो प्रभाव प्रयो ।

एक, अक्टाेबर क्रान्तिले चिनियाँ जनताहरुको मुक्तिसङ्घर्षमा अत्यधिक आत्मविश्वास भरिदियो । रूसी सर्वहारावर्गको अगुवाइमा जनताद्वारा प्राप्त जित र सर्वहारा अधिनायकत्व अन्तर्गत राज्यसत्ता स्थापना, पहिले दबाइएका, किचिएका राष्ट्रियताहरुले सोभियत रुसमा हासिल गरेको मुक्ति र स्वावलम्बन, जर्मन–अस्ट्रियन साम्राज्यवादको पतन तथा यी दुवै देशमा क्रान्ति फैलिनु र फ्रान्सेली साम्राज्यवाद कमजोर हुनुले चिनियाँ जनतामा आफ्नो राष्ट्रको मुक्तिको लागि नयाँ आशाको किरण पलायो । रूसी सर्वहारावर्गले सामाजिक प्रगतिका सबै बाधाहरु जार, कुलिन, नोकरशाह, सैनिकवाद र पुँजीवादलाई मिल्काएका थिए । उनीहरुले साम्राज्यवादी विश्वव्यवस्थाको अवश्यम्भावी विनासको पनि घोषणा गरे । उनीहरुकाे जितले चिनियाँ जनताको लड्ने इच्छाशक्तिमा उत्प्रेरकको काम गर्यो ।

दुई, अक्टोबर क्रान्तिले पश्चिमका सर्वहारा र पूर्वका थिचोमिचोमा परेका जनताको बिचमा पुलको काम गयो । अक्टोबर क्रान्तिपछि विश्वक्रान्तिको रुपरेखा तयार भयो, जसले लेनिनवादको झण्डामुनि राष्ट्रिय मुक्तिआन्दोलनलाई भरपूर सहयोग ग्रयो । समाजवादी सोभियत संघको सहायता प्राप्त हुनुले उपनिवेशहरुमा चलिरहेको क्रान्ति विश्वसर्वहारा क्रान्तिको हिस्सा बन्यो ।

लेनिन तथा रूसी जनता चिनियाँ जनतालाई ज्यादै प्रेम गर्थे, उनीहरु चिनियाँ क्रान्तिमा असीम शक्ति छ भन्नेमा विश्वस्त थिए । चिनियाँ जनताको क्रान्तिकारी सङ्घर्षप्रति गहिरो सहानुभूति राख्दै सर्वहारा अन्तर्राष्ट्रियवादको सिद्धान्तअनुरुप उनीहरुले चिनियाँ जनताको मुक्तिआन्दोलनलाई निरन्तर सहयोग गरे । सन् १९१९ र १९२० मा सोभियत सरकारले चीनबारे दुईवटा वक्तव्य जारी ग्रयो, जसमा जारशाही रूसद्वारा चीनमाथि जबरजस्त रुपमा थोपरिएका रूसी विशेषाधिकारहरु रद्द तथा जारका पालामा नियुक्त सबै अधिकारीहरुलाई निष्काशन गरिएको जनाइएको थियो । यसरी सोभियत संघ मात्र यस्तो पहिलो देश थियो, जसले चीनबाट जबरजस्त बपौतीका रुपमा प्राप्त विशेषाधिकारहरु परित्याग ग्रयो । सोभियत सरकारद्वारा अन्तर्राष्ट्रियवादको जो शानदार भावना प्रदर्शन गरियो, चिनियाँ जनताले त्यसको विशाल उत्साहसहित स्वागत गरे । युवा, विद्यार्थी तथा पत्रपत्रिकाहरुले अक्टोबर क्रान्तिको स्वस्फूर्त रुपमा प्रचार गर्न थाले । चिनियाँ जनताले सोभियत विदेशनीति विश्व कुटनीतिक इतिहासमा एउटा नयाँ थालनी हो भन्ने आत्मसात गरेका थिए । चिनियाँ जनताले नवोदित सोभियत राष्ट्रलाई ‘न्याय तथा मानवाताको प्रिय शिशु’ तथा रूसी श्रमिक, किसान र सैनिकहरुलाई ‘संसारको सर्वप्रिय मित्र’को रुपमा स्वागत गरे । चिनियाँ जनताहरुमा यस प्रकारको जागृति पैदा भएको थियो, उनीहरुले युद्ध सरदार तथा नोकरशाहहरुको प्रतिक्रियावादी सरकार विरूद्ध जुझारू सङ्घर्ष छेड्न तयारी गरे ।

तीन, अक्टोबर क्रान्तिले मार्क्सवाद–लेनिनवादलाई चिनियाँ जनतासम्म प्रुयाएर उनीहरुलाई मुक्तिको मार्ग देखायो । ‘अक्टोबर क्रान्तिको ज्वारभाटाले हामीलाई मार्क्सवाद–लेनिनवादप्रति जागृत गरायो ।’ यो विश्वव्यापी सत्यले प्रगतिशील चिनियाँ बुद्धिजीवीहरुलाई आफ्नो देशको भविष्यप्रति आशावादी बनाउन सहयोग ग्रयो । त्यति मात्र हाेइन, सर्वहारा विश्व दृष्टिकोणको प्रकाशमा आफ्ना समस्याहरु पगर्ल्ने पनि सहयोग ग्रयो । उनीहरूले मार्क्सवाद–लेनिनवादलाई अङ्गीकार गर्न सुरू गरे र श्रमिक वर्गको आन्दोलनको आधारमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरे । ‘चिनियाँ क्रान्तिको ठोस परिस्थितिसँग एकतावद्ध भएर मार्क्सवाद–लेनिनवादको सार्वभौमिक सत्यले चिनियाँ क्रान्तिलाई नयाँ स्वरूप प्रदान ग्रयो ।’

अक्टाेबर क्रान्तिद्वारा प्रसारित मार्क्सवाद–लेनिनवादले चिनियाँ जनताको मुक्ति अभियानको मार्गप्रशस्त ग्रयो । त्यसैले त उनीहरु लेनिन र रूसी बोल्सेविक पार्टीलाई आफ्नो महानतम् शिक्षक र मित्रका रुपमा लिन्छन् । उनीहरूले प्रदान गरेको शिक्षाबाट नै चिनियाँ जनताले सैद्धान्तिक शक्ति प्राप्त गरेका हुन् ।

(लेखक : हो कान च, नयाँ जनवादी क्रान्ति नामक पुस्तकवाट झिकिएको, निर्देशक :

शताब्दी वर्ष ब्यक्ति, मिलन आफन्त, श्रोत : लेफ्ट रिभ्यु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *