प्रजातन्त्रः प्रजातन्त्र वा लोकतन्त्र जे भनेनी दुबै अंग्रेजीमा भनिने शब्द m‘डेमोक््रेसी’ नै हो । यही m‘डेमोक््रेसी’ को हिन्दी अनुवाद हो लोकतन्त्र, नेपाली अनुवाद हो प्रजातन्त्र । लोकतन्त्र (वा प्रजातन्त्र) शासनको एउटा व्यवस्था हो । यो व्यवस्था दुई प्रकारका हुन्छन् । प्रत्यक्ष प्रजातन्त्रमा शासनको दायित्व सिधा रुपमा शासित जनताले निर्वाह गर्दछन् भने प्रतिनिधि मुलक प्रजातन्त्रमा शासनको दायित्व जनताद्धारा िनर्वाचित प्रतिनिधिद्धारा हुने गर्दछ । प्रायः सानो जनस+ख्यामा प्रत्यक्ष र ठुलो जनसंख्यामा प्रतिनिधिमुलक प्रजातन्त्र बढी प्रभावकारी देखिन्छन् । छोटोमा भन्दा प्रजातन्त्र भनेको प्रतिनिधिमुलक सरकार सँग सम्बन्धित छ । अब्राहम लिंकनको एउटा भनाई चर्चित छ, “जनताद्धारा जनताको लागि जनताले गर्ने स्वशासन नै प्रजातन्त्र हो ।” प्रजातन्त्रमा सर्वोच्च शक्ति जनतामा निहित हुन्छ । तर जनताको तर्फबाट त्यो शक्ति जन प्रतिनिधि मुलक संस्था वा निकायले अभ्यास गर्छ ।
;dfhjfbM æ;dfhjfbÆ एउटा यस्तो आर्थिक व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ, जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आथिर्क राजनितिक व्यवस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले बस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्दछन् . ;fdflhs :jfldTjsf klg lवभिन्न प्रकारहरु हुन्छन्, जस्तैः साझा स्वामिTj, ;xsfरी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राजाद्धारा संचालित स्वतन्त्र संस्थान आदि जनाउँछ । तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरुमा फरक फरक हुन सक्छ । हाल विश्वमा समाजवादी व्यवस्था भएका देशहरु चिन, क्युवा, लाओस, भियतनाम र उत्तर कोरीया छन् । नेपालको सरकारमा पनि समाजवादीहरुको बर्चश्व देखिन्छ . -क. शिशिर श्रेष्ठ र विकिपिडिया_
प्रजातन्त्र र समाजवादको विश्व मिलन : वर्तमान विश्वमा प्रजातन्त्रवादी र समाजवादीको समान वर्चश्व छ । चिनले समाजवादीको नेतृत्व गरीरहेको छ भने अमेरिकाले प्रजातन्त्रवादीको नेतृत्व गरिरहेकाे छ । आज साँचो कुरा के हो भने चिन र अमेरिकाको मित्रता बिना विश्वमा शान्ति र समृद्धिको परिकल्पना गर्न पनि सकिदैन । अमेरिका र चिन बिच द्धन्द्ध भयो भने विश्वनै अशान्त र विश्वयुद्ध हुने सम्भावना हुन्छ । तसर्थ यी दुई विपरित ध्रुवका राष्ट्रको सहयोगि भावना अगाडी बढाउन हामी विश्ववासि अग्रसर हुनुपर्ने देखिन्छ । विगतमा जस्तो प्रजातन्त्र र समाजवादलाई विपरीत वर्गको प्रतिनिधित्व गराउनु हुदैन । हामीले प्रजातन्त्रवादी र समाजवादीको मिलन विन्दु खोज्नु पर्दछ । तसर्थ वर्तमान संसारको राजनितिक लक्ष्य नै प्रजातान्त्रिक समाजवाद हुनु पर्दछ । विश्वको शान्तिको लागि विगतमा जस्तो प्रजातन्त्रवादी र समाजवादी आपसमा युद्ध र झगडा गर्ने होइन । मिलेर संसार सजाउनु पर्दछ । दुश्मनको होइन, मित्रताको ब्यवहार गर्नु पर्दछ ।
जहाँ सम्म मेरो कुरा छ, म अमेरिका र चिन दुबैको निकट छु । अमेरिका त मेरो कर्मथलो जस्तै बनेको छ । अमेरिकाको धेरै मिडियामा मेरो लेखहरु प्रकाशित भएको छ । त्यसोत चिन सँग पनि मेरो निकट सम्बन्ध छ । म प्रजातन्त्रवादी र समाजवादी दुवै बिच लोकप्रिय छु । प्रजातन्त्रवादीको मििडया HILLARY FOR AMERICA HILLARYCLINTION.COM df मेरो अधिकांश लेख सार्वजनिक भएको छ भने समाजवादीको मिडिया Marxist-Leninist Party of Facebook df klg dेरो धरै लेख सार्वजनिक भएको छ । नेपालको प्रसंग हेर्ने हो भने प्रजातन्त्रवादी नेता महामानव वि.पी कोइरालाले प्रजातान्त्रिक समाजवाद र कम्युनिष्ट नेता जननायक मदन भण्डारीले वहुदलीय जनवादको सिद्धान्त अपनाउनु भएको थियो । वर्तमान नेपाली प्रधानमन्त्रि प्रचण्ड पनि प्रजातान्त्रिक ब्यवस्थामा नै समाजवाद खोजि रहनु भएको छ । प्रजातन्त्रवादी र समाजवादी बिचको एकताको सुनौलो सन्देश, हामीले नेपालबाट विश्वलाई दिएका छौं । हामी समाजवादी शक्ति माओवादी केन्द्र र प्रजातन्त्रवादी शक्ति नेपाली कांग्रेस हामी सँगै मिलेर निर्वाचनमा गयौं र सफलता पनि प्राप्त गर्यौं । आज हामी (माओवादी केन्द्र र नेपाली काँग्रेस_ मिलेर संयुक्तरुपमा नेपालको सरकारमा छौं ।
प्रजातन्त्र र समाजवादको राम्रो कुराको हामीले अवलम्बन गर्नुपर्दछ अनि विश्वलाई शान्त र अनुशासित बनाउनु पर्दछ ा अबको एक्काईसौं शताब्दीमा प्रजातन्त्र र समाजवाद एक अर्कालाई निषेध गरेर जानु हुदैन, मिल्नु पर्दछ । अन्तमा, प्रजातन्त्र र समाजवादको विश्व मिलन, आजको एक मात्र आवश्यकता हो भन्दा अत्य’lSt नहोला, ………………wGojfb .
लेखक : मिलन आफन्त (शताब्दी बर्ष व्याक्ति)