“आफ्नो विचारलाई शक्तिमान् बनाउनुस् ”
(क) बिचारको शक्ति
मानिस आफ्नो विचारको गुणनफल हो,उ जे हो, उसको आदर्श रुचि, अरुची,उ स्वयं बिचारको उत्पति हो । –गौतम बुद्ध
राजनैतिक दल विचारहरुको संवाहक हो । – लास्वेल
राजनैतिक दलहरुको कारण नै सरकारको सञ्चालन जनमतको आधारमा हुन्छ ।
–क्याकिवर
राजनैतिक दलले यसरी काम गर्छन कि हरेक नागरिकलाई समस्त राष्ट्रको ज्ञान प्राप्त हुन जान्छ । –डा. फाईनर
विश्वास नै सारा उपलब्धिको जड हो । यसबाट योग्यता परिवर्तन हुन्छ । कार्य शक्ति दुई गुणा हुन्छ । मानसिक शक्ति विकशित हुन्छ र मानिसको सामर्थ्य कयौँ गुणा बढ्छ ।
–शिशिर श्रेष्ठ
के कुनै मानिसले आफ्नो विचारबाट शक्ति पाउन सक्छ ? हो ।तर यस्को लागि एकशर्त छ –तपाईको बिचार पवित्र र शक्तिमान छ भने तपाईले त्यसबाट अवश्य शक्ति पाउनु हुनेछ । प्राणी मनमा जुन बिचार गर्छ, त्यसलाई नै आफ्नो बचनद्धारा प्रकट गर्छ । त्यो पुरा गर्न प्रयत्न गर्छ । जुन कार्यको लागि मानिसले कोशिस गर्छ जसले विचार गर्न सक्छ । बिचारको शक्ति नै मान शक्तिको अंग हो । संसारले उसैलाई बाटो दिन्छ , जसको निश्चय दृढ छ । जुन मानिस दृढ संङकल्प गरेर आफ्नो लक्ष्य तिर अगाडि बढ्छ , त्यहँा पनि बढी रहन्छ , जहाँ अरु मानिस आएर रोकिन्छन् ।
उ ती बाधा पार पनि गर्छ ,जसमा ठोक्किएर अरु मानिसहरु लड्ने गर्छन । प्रसिद्ध विद्धान इमर्सनको भनाई छ ,“जुन मानिसले अाफ्नो अगाडि उच्च उदेश्य राख्छ, उ अवश्य एक दिन त्यो काम पुरा गर्नमा सफल हुन्छ । तर त्यसको लागि आवश्यक छ उ आफ्नो लक्ष्यमा तीव्र वपेगले निरन्तर अगाडी बढ्दै जाओस ।” यसको विपरित जुन मानिस आफ्नो अगाडि कुनै ठुलो उदेश्य राख्दैन,उ जिवनभर कछुवाको चालमा घस्रिरहन्छ । विश्वास नै सारा उपलब्धीकाे जड हो ।यसबाट योग्यता परिवर्तन हुन्छ – कार्यशक्ति दुई गुणा हुन्छ, मानसिक शक्ति विकसित हुन्छ तथा मानिसका सामर्थ्य कयौँ गुणा बढ्छ । आफ्नो विचारमा यति धेरै शक्ति हुनु पर्छ , यति विश्वास हुनुपर्छ , जसद्धारा तपाई जे चाह्यो त्यही गर्न सक्नुहोस् ।
(ख) हाम्रो आशा
जुन मानिसलाई आफ्नाे जीवनको लक्ष्यमा पुरा विश्वास छ । उ भन्छ –म हर काम सफलतापुर्वक गर्न सक्छु तब उसलाई त्यो काम पुरा गर्न कठिन छैन ।म जीवन देखी कहिल्यै हार मान्ने छैन, मेरो सफलता सदा म सँगै रहनेछ । मान्नुस तपाई त्यही हो जे हामी बन्न चाहन्छौं –जुन हाम्रो आशा छ ।कुनै कुरामा आएर अथवा वा कसैको भनाईमा आएर हामी आफ्नो उदेश्य बदल्न सक्दैनौ, तब आफ्नो काम सफल रुपमा गर्न सक्दैनौ ।यस्तो काम जब गरिन्छ तब सफलता मिल्छ । असाधारण काममा दृढ इच्छा शक्तिको अावश्यकता पर्छर्, उच्च विचार सँगै उसले यो प्रतिज्ञा पनि गर्नु पर्छ । म जुन काममा हात हाल्ने छु, त्यही काममा मैले सफलता पाउने छु ।यो संसारमा कुनै मानिस आजसम्म कुनै काममा तब सम्म सफल भएको छैन , जबसम्म उसले दृढ विश्वासका साथ प्रतिज्ञा गरको छैन ।
जुन मानिसलाई आफ्नो जीवनको लक्ष्यमा पुरा विश्वास छ । उ भन्छ –म हर काम सफलता पुर्वक गर्न सक्छु, तब उसलाई त्यो काम पुरा गर्न कठिन छैन । म जीवन देखि कहिल्यै हार मान्ने छैन, मेरो सफलता सदा म सँगै रहनेछ । उ आफ्नो प्रतिज्ञा बारम्बार दोह्रोयाउँछ, । आत्मविश्वास छ भने उसको मनोबल बढ्छ । जुन समय कुनै मानिसले घोषणा गर्छ म यो काम अवश्य गर्ने छु , म यो काम गर्न सक्छु, म यो काम पुरा शक्तिका साथ पुरा गर्छु । यस प्रकारको गर्वले उ आफ्नो आत्म बिश्वासलाई नै नोक्सान प्रुयाउँछ ,मानिसले कहिल्यै गवर् गर्नु हुदैन । गवर्ले काम गर्ने शक्ति कम हुन्छ । कठिन कार्य तपाई आत्मविश्वासको बलमा नै पुरा गर्न सक्नुहुन्छ , गर्व गरेर होइन ।
कठिन कार्य विशेष शक्तिले सम्पन्न हुन्छ । शक्तिहिन भएर ,निराश भएर तपाई कुनै काम पुरा गर्न सक्नु हुन्न । यो शक्ति तपाई त्यो बेला प्राप्त्ा गर्न सक्नु हुन्छ ,जब तपाईको बिचार उच्च हुनेछ, तब तपाईको उडान उच्च हुनेछ । सत्य कुरा यही हो मौलिक तथा स्वतन्त्र कार्यकर्ता बन्नको लागि ठुलो परिवर्तन गर्नु पर्छ ।यसको लागि मनमा उच्च र आदर्श विचारलाई जन्म दिनु पर्छ । शङ्कालाई आफ्नो मनबाट निकाल्नु पर्छ । आफ्नो आवश्यकता पुरा गर्न कहिले काँही आफ्नो अधिकार खोस्नु पनि पर्छ । डर नामको हर कुरालाई आफ्नो मनबाट निकाल्नु पर्दछ । यस्तो कुनै सानो बिचारलाई आफ्नो मनमा बस्न नदिनुस, जसले तपाईलाई कमजोर बनाओस् । कमजोर मनले मानिसको शक्ति खोस्छ । उ धेरै गर्न चाहन्छ तर उसको शरीरले उसको साथ दिँदैन ।
यो कुरा याद राख्नुस्, जुन काम धेरै मानिसले गर्न सक्दैनन् ,त्यो तपाई गर्न सक्नु हुन्छ किनकी तपाईको बिचार उच्च छ । आफ्नो बाध्यतालाई तपाई आफ्नो अधिकार गर्न नदिनुस । कहिल्यै आफ्नो मनमा शङ्का आउन नदिनुस्, शङकाले पनि हृदय कमजोर बनाउँछ । सदा आफुलाई संसार भन्दा उच्च राख्नुस किनकी तपाई केहि गर्न चाहनु हुन्छ ।बस् एउटा कुरा भन्नुस् –यात म केही गर्ने छु या मर्ने छु । भयको भूत भगाउनुहाेस् । याे पनि मानिसको बाटोको काँडा हो । भयले मानिसलाई ठुलो काम गर्न बाट रोक्छ । इश्वरले तपाइएलार्य पृथ्वीमा आफुलाई बाध्य र विवश बनाई राख्नको लागि पठाएका हैनन् ।
“कुनै बेला त तपाई सोच्नुस धनी मानिससँग भन्दा कुन कुराको कमि छ तपाईसँग ? इश्वरले सबै मानिसलाई बराबर बनाएका छन्, फेरी तपाई आफुलाई सानो किन महसुस गर्नु हुन्छ ?”
(ग) म आशाबादी छु, आशाबादी
भाग्यलाई दोष दिने मानिस सदा पछाडी पर्छ ।तपाई किन आफैलाई उत्साही, साहासी र भाग्य निर्माता बनाउनु हुन्न ? मानिसलाई केहि महत्वपुर्ण काम गरेर देखाउनुस्, त्यसपछि आफ् से आफ मानिसहरु तपाईलाई भाग्यशाली भन्न थाल्ने छन् ।
तपाई आशाबादी बन्नुस् ।केबल आशाबादी –निराशालाई आफ्नो छेउ छाउमै आउन नदिनुस् ।बस एउटा कुरा आफ्नो मनमा राख्नुस् –म आशाबादी छु, आशाबादी । यी सम्झेर आफुतिर हेर्नुस्– म सबैभन्दा भाग्यशाली मानिस हुँ ।मलाई इश्वरले सबैभन्दा जरुरी काम गर्नको लागि पृथ्वीमा पठाएका हुन भने म इश्वरको भनाई किन नमानुँ । तपाईको जन्म ठिक स्थान र उच्च परिवारमा भएको छ ।तपाईले ठुलो काम गर्नु पर्नेछ, । यी काम गर्न बाट तपाईलाई कसैले रोक्न सक्दैन । किनकि तपाईसँग आत्मशक्ति छ ।दृ.ढ विश्वास छ । उच्च बिचार छ ।यदि तपाई गरिब हुनुहुन्छ, बेकार हुनुहुन्छ भने तपाई आफुलाई सानो किन सम्झनु ? गरिब हुनु कुनै अपराध हैन, बेकार हुनु अपराध छैन ।
यो संसारमा कति मानिस छन् ,जसले जाँतो पिसिरहेका छन् । कति बेकार छन् , जो कामको खोजीमा घुमिरहेका छन् ।त्यसो भए के यी सब मानिस साना छन् ? छैन कुनै मानिस सानो छैन ।गरिब हुनु कुनै अपराध हैन । हो सानो बिचार राख्नु अपराध हो ।आफैलाई सानो सम्झनु अपराध हो । केही मानिस गरिवी र बेकारीको कारण आफुलाई अभागी सम्झन थाल्छन् । भाग्य र अभागी मानिस आफैले आफुलाई बनाउँछ । भाग्य बनाएर बन्छ , लेखेर हैन । भाग्यलाई दोष दिने मानिस सदा पछाडी पर्छ । तपाई किन आफैलाई उत्साही,साहासी र भाग्य निर्माता बनाउनु हुन्न ? मानिसलाई केही महत्वपुर्ण काम गरेर देखाउनुस्, त्यसपछि आफु से आफ मानिसहरु तपाईलाई भाग्यशाली भन्न थाल्ने छन् । तपाई कुनै सफलता या उपलब्धीमा आफ्नो मन लगाउनुस् ।यस्तो अनुभव गर्नुस्, तपाईको चारैतिरको बातावरण्ाले तपाईलाई सफल हुने संकेत गरिरहेको छ । आफ्नो वातावरणलाई यस्तो बनाउनुस् जसबाट प्रकट होस तपाई सफल हुनुहुनेछ । अर्थात तपाईको सफलता निश्चित छ ।
तपाईको बोलचाल ,तपाईको लगाई तपाईको हर प्रयत्नबाट तपाई अवश्य सफल हुनुहुन्छ , जस्तो दखिनु पर्छ । तपाई अवश्य विजयी हुनुहुनेछ । तपाई जहाँ जानुस् , सफलताको यस्तो वातावरण साथमा लिएर जानुस् । तपाईलाई देखेर यस्तो प्रतित हुन थालोस् तपाई सफल प्राणी हो । आफ्नो कार्य शक्तिलाई आफ्नो बंशमा राख्नुस् र निश्चयलाई दृढ राख्नुस् । पुरा विश्वासका साथ काम गर्नुस् । फेरी हेर्नुस, सफलता तपाई समक्ष कसरी आउँदैन ।यस प्रकारको उच्च विचार धारणा गर्नाले तपाईको जीवनमा एक नयाँ परिवर्तन आउने छ । यसले तपाईको शरीरको लागि रसायनको काम गर्नेछ । यसबाट तपाईको मष्तिष्क निर्मल र स्ष्ष्ट हुनेछ । तपाईको बिचारधारा पनि आदर्शबादी हुने छ ।यदि तपाईको शरीरमा कुनै गुणको कमि भएको महसुस गर्नहुन्छ भने् सबैभन्दा पहिला त्यो कमी हटाउनुस् ।यदि कुनै विषयको बारेमा तपाईको मनमा डर बसेको छ भने आफ्नो आध्यात्मीक शक्तिले त्यो डर हटाउनुस् ।
(घ) म एक सफल मानिस हुँ
”तपाई जे पाउने ,जे बन्ने सपना देख्नु हुन्छ ,जुन पदार्थ या गौरब पाउनको लागि ब्याकुल हुनु हुन्छ ।जुन तपाईको सबैभन्दा उच्च आकाङ्क्षा हो, त्यो तपाईको आदर्श हो ।” –विश्व सन्देश परिवार
जुन बिचार तपाईको प्रगतिको बाटोमा काँडा बन्छ , त्यसलाई आफ्नो मनमा आउनै नदिनुस त्यसलाई सदा आफ्नो मनदेखि टाढा राख्नु होस् । जस्तो तपाई फोहोर कुरा देखी घृणा गर्नुहुन्छ ,त्यस्तै यी बिचार देखि घृणा गर्नुस । आफ्नो मनबाट उदासी र निराशा निकालेर खुसी ल्याउनुस् । आशाको मन मन्दिरको मुर्ती सम्झेर पुजा गर्नुस् ।जबसम्म आशा छ , तबसम्म तपाईको साहसले काम गर्ने छ । यसैले आशालाई हर समय आफुसँगै राख्नुस र आफ्नो मनमा यस्तो प्रतिज्ञा गर्नुस्–म एक सफल मानिस हुँ ।सफलता मेरो जन्मसिद्ध अधिकार हो । जब कसैले मलाई सफलता तिर अगाडि बढ्नबाट रोक्छ , तब म उसको सर्वनाश गर्ने छु ।बस यही प्रतिज्ञा तपाईको गुमेको सुख फिर्ता ल्याउन सक्छ । तपाई एक सफल प्राणी मानिनु हुनेछ ।जब तपाई आफ्नो जीवनमा सफलता पाउनु हुन्छ , तब सारा सुख तपाई सँगै हिड्नेछ । तपाई स्वयं आफ्नो जीवनमा एक नयाँ परिवर्तन महशुस गर्नु हुनेछ । तपाईलाई यस्तो प्रतित हुन्छ ,जस्तो जीवनको सारा अध्यारो हटिसकेको छ र त्यसको स्थान प्र्रकाशले लिएको छ ।
डर जब तपाईको मन मन्दिरमा प्रवेश पाउने प्रयत्न गर्छ ,तब तपाई इर्श्वरलाई सम्झनुस् । प्रभु भक्तिमा लिन हुनुस्, तब डर आफसे आफ भाग्न बाध्य हुन्छ ।निराशा र डर दुबै मिलेर पनि तपाई माथि आक्रमण गर्न सक्छन् ।किनकी ,जब निराशाको बारेमा थाहा हुन्छ ,तब तपाई त्यो सँग डरको सिकार हुनुहुन्छ र त्यसले पनि आफ्नो पंख निकाल्छ । तर त्यसबाट पनि बच्ने उपाय छ –तपाईको आत्मविश्वास ।तपाई जे पाउने जे बन्ने सपना देख्नु हुन्छ ,जुन पदार्थ या गौरब पाउनको लागि ब्याकुल हुनु हुन्छ । जुन तपाईको सबैभन्दा उच्च आकाङ्क्षा हो , त्यो तपाईको आदर्श हो ।त्यही तपाईको योग्यता हो । योग्यता र विचारको मिलन नै हामीलाई सफलता तिर लिएर जान्छ । आफ्नो कामनालाई जागृत राख्नुस । कामनामा नै आशा बाँधिएको हुन्छ । आशा जीवनको त्यो डोरी हो । जसले तपाईलाई तानेर सफलतातिर लिएर जान्छ । बस प्रभुको नाम लिएर आफु देखि डरलाई टाढै राख्नुस । र आफ्नो आशाको पुरा गर्ने प्रतिज्ञा गरेर निराशालाई सदाको लागि भगाउनुस् । बिजयले तपाईको प्रतिक्षा गरिरहेको छ ।
परिणाम –मानिसको जीवनमा विचारको धेरै महत्व हुन्छ । भन्ने गरिन्छ जस्तो रोप्ने छांै त्यस्तै काट्ने छौ । तपाईले राम्रो बिचार मनमा ल्याउनु भयो भने निश्चित रुपमा राम्रो कर्म गर्नु हुनेछ । कुनै विद्यार्थीको लक्ष्य कक्षामा टपर बन्ने छ भने यो भन्दा कम भएर उसलाई सन्तोष मिल्दैन , तब उ टपर बन्नको लागि परिश्रम गर्नेछ । यसको विपरित जुन विद्यार्थीको बिचार उ स्कुल जानेछ , क्लास अटेन्ड गर्नेछ र कक्षा पार गर्ने छ ।जो पासमा सिमित हुन्छ , यस्तो विद्यार्थी पास हुने नम्बर ल्याउनको लागि मात्र प्रयत्नशिल हुन्छ । सधै उच्च लक्ष्यको लागि बिचार बनाउनुस्– ताकि उच्च लक्ष्य प्राप्त गर्ने प्रयासमा नै तपाई लाग्नुहोस् । कममा सन्तोष गर्नु अकर्मण्य मानिसको काम हुन्छ , …………..धन्यवाद ।
–स्वेट मार्डनको पुस्तक ‘बैज्ञानिक सफलता’ बाट
समाप्त