विश्वव्यापी चिठ्ठीपत्रको इतिहाँस र मेरो सहभागिता

लेखकः–मिलन आफन्त

पेशाले म एक लेखक भएकोले मैले आफ्ना भावनाहरु लेख मै पोख्ने गर्दथे भने तयार लेखहरु चिठ्ठीपत्रको माध्यमबाट प्रेषित गर्ने जमानाको लेखक हुँ म । २०५२ साल देखि २०७२ सालसम्म २० वर्ष मैले चिठ्ठी पत्रहरुबाट नै विश्वव्यापी आफ्नो लेख रचना प्रेषित गर्ने गदर्थे । अधिकांस चिठ्ठीपत्रहरु मैले चितवन जिल्ला हुलाकबाट प्रेषित गरेको थिए भने केही चिठ्ठीपत्रहरु काठमाण्डौँ,सुन्धारा स्थित केन्द्रीय हुलाक कार्यालयबाट प्रेषित गरेको थिए । २०७२ साल यता ति सबै कुरा अहिले झ्बष्ि ले पुरा गरेको छ । त्यसो त अहिले आफ्नो कुरा प्रस्तुत गर्न चिठ्ठीपत्र भन्दा पनि सामाजिक सञ्जाल प्रयोग हुने गर्दछ , जसबाट म पनि अछुतो छैन । अब त चिठ्ठीपत्रको प्रयोग पनि इतिहाँस्ा भईसकेको छ । अहिले चिठ्ठी पत्रको प्रयोग नगन्य मात्रामा हुन्छ । यस लेखमा मैले मेरो २० वर्षे विश्वव्यापी चिठ्ठीपत्रको इतिहँास्ामा आफ्नो सहभागिता बारे प्रष्ट पार्ने जमर्को गरेको छु ।

पुर्व अमेरीकी राष्ट्रपति बाराक ओबामाको आठ बर्षे कार्यकालमा उहाँको कार्यालय ध्जष्तभ ज्यगकभ , ग्क्ब् को ठगानामा उहाँलाई करिब ५० वटा भन्दा बढी चिठ्ठीपत्र पठाएको थिए । जुन विदेश ठेगानामा मैले पठाएको सर्बाधिक बढी चिठ्ठीपत्र हो । त्यसो त भारतकी पुर्व विश्व सुन्दरी ऐश्वयर्ा रायलाई पनि बच्च्ान परिवारको ठेगानामा मनग्गे चिठ्ठीपत्रहरु पठाएको थिए । ऐश्वर्या रायसँग विगत १७ वर्षर् देखि मेरो समुधुर सम्बन्ध थियो । तर उहाँको जिवनमा अभिषेक हुँदा म विक्षिप्त थिए भने मेरो जीवनमा पनि मेलिनाजीको आगमन पछि भने हामी बिच कुनै सम्पर्क छैन । हुनत अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनको नाममा पनि चिठ्ठीपत्र तयार पारेको थिए तर कोरोना कहरका कारण उहाँलाई पत्र पठाउन असमर्थ भए ।मैले चिनका राष्ट्रपति सिजीन पिङगलाई पनि उहाँको कार्यालयमा पत्र प्रेषित गरेको छु ।

बाराक ओबामाको अलावा मिसेल ओबामा , हिलारी क्लिटण्न ,बिल क्लिण्टन, एन्जेलिना जोली , जुलिया रोबर्टस, माइकल ज्याक्सनलाई पनि मैले ध्जष्तभ ज्यगकभ, ध्बकजष्नतयल म्।ऋ, mब्भचष्अब लाई मुल ठेगाना बनाएर पत्र प्रेषित गर्दथे । अमेरिका पठाउने पत्रहरुमा मैले अब्राहम लिंकन , जोनएफ केनडी , मर्लिन मुनरो,मेडोना , ब्रिटनी स्पेयसर् बारे आफ्नो धारणा पनि राख्ने गर्दथे भारतमा पनि मैले ऐश्वर्या रायको अलावा अिमताभ बच्चन र शाहरुख खानको ठेगानामा चिठ्ठीपत्रहरु पठाएको छु , भारतमा पठाउने पत्रहरुमा दिपीका पादुकोन ,प्रियंका चोपडा, शिल्पा शेठ्ठी, श्रीदेबी र करिना कपुरको बारेमा पनि आफ्नो धारणा राख्ने गर्दथे । त्यसको साथै गिनिज बुकको केन्द्रिय कार्यालय ,लण्डन (बेलायत ) मा पनि आफ्नो पत्र प्रेषित गरेको छु ।जसमा मैले विश्वमा प्रथम पटक खोलेको प्रेम संगठन बारे चर्चा गरेको थिए । बेलायत प्रषित पत्रहरुमा मैले महारानी ऐलिजावेथ , युवराज चार्ल्स र पुर्व युवराज्ञी डायनाको बारेमा पनि आफ्नो धारणा राख्ने गर्दथे ।

मैले चितवन र काठमाण्डौँबाट प्रकाशित हुने अधिकांश पत्रिकालाई आफ्नो लेख प्रेषित गरेका छु ।जनधारणा , विश्वदिप ,सौर्य, पारदर्शी, नारायणी टुडे र िबमोचनमा मैले पठाएका चिठ्ठपत्रको लेखले धेरै नै स्थान पाएको थियो भने नेपालका सम्पुर्ण पत्रिकाहरुमा मेरो चर्चा हुने गर्दथ्यो । त्यसो त तत्कालिन समयका प्रेमको डायरी ,रङ्गमञ्च, युवा प्रेमको डायरी, सत्यकथा, प्रेमपुञ्ज लगायतका अधिकाँश प्रेम पत्रिकामा मेरो लेख प्रकाशित हुने गर्दथ्यो । जसको लागि आफ्नो लेख प्रेषित गर्न मैले चिठ्ठी पत्रको प्रयोग गर्दथे । कान्तिपुर पब्लीकेशनका अध्यक्ष र कल कान्तिपुरमा पनि मैले पत्र प्रेषित गरेको छु । नयाँ पत्रिकाका प्रधान सम्पादकलाई त मैले नेपाल आमाको पाण्डुलिपी नै पेश गरको छु भने राष्टपति भण्डारीलाई शुभकामना मन्तब्य र डिकुरा अध्यक्षलाई प्रकाशनको लागि विश्व सन्देश (भाग ६) को पाण्डुलिपि पेश गरेको थिए । तर विविध कारणवश विश्वसन्देश (भाग ६) सार्वजनिक हुन सकेन । राष्ट्रपति भण्डारी र अनुवादक बिनिता प्रसाईको ठेगानामा समसमायिक विषय उल्लेख गरेर केहि पत्रहरु पठाएको थिए भने चितवन र काठमाण्डौँको कुनै पनि पत्रिकाहरु बाँकी छैन जाहाँ मैले चिठ्ठीपत्र पठाएकाे नहोस । अमेरिकाका पत्रिकाहरु न्युर्योक टाइम्स र वासिङ्टन पोष्टलाई चिठ्ठीपत्र नपठाएपनि झ्बष्ि भने पठाउने गर्दछु । नेपालका गन्यमान्य ब्यक्तित्वहरु राजेश हमाल, करिश्मा मानन्धर, निरुता सिँह, निर्मला शाह, पुर्व प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, डा. बाबुराम, माल्भिका सुब्बा र समा थापा, लगायत धेरै नेपालीको ठेगानामा मेरो चिठ्ठीपत्रका पत्र प्रेषित भएको छ, यसरी आफ्नो जीवनको उर्जाशिल समय करिब २०वर्ष मैले आफ्नो लेखहरु र भावनाहरुको विश्वब्यापी प्रसारण गर्ने काम चिठ्ठीपत्रद्धारा गर्ने गर्दथे जुन आज इतिहास भएको छ भन्दा अत्युक्ति नहोला ,………….. धन्यवाद ।

मिति :२०साउन, २०७९

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *