आर्नाेल्ड रीडको नाटकीय कहानीः शताब्दि बर्ष व्यक्ति
यो धर्तीमा कुनै सुरक्षा छैन, सिर्फ अवसर छ ।
जनरल डगलस मेक्आर्थर
आर्नाेल्ड रीड पनि एक बीमा कम्पनी एग्जीक्यूटिभ हुन् । जीवन र व्यक्तिगत उपलब्धिको विज्ञानसँग उसको सम्बन्ध पनि धेरै हदसम्म यस्तै छ, जस्तो स्टोनको छ । कैयौं मामलामा रीडको कथा स्टोनको कथाभन्दा नाटकीय छ । एक समय रीड सफलतम् सेल्समेन थिए । उनको सेल्स रेकर्डको बराबरी गर्ने मानिस उनको फील्डमा धेरै कम थिए । रीडको सेल्सको शुरुवात बार्षिक दस लाख डलरबाट भयो । यो बढ्दै उनको आफ्नो सीमाभन्दा अगाडि पुग्यो । जुन बीमा कम्पनीमा उनी काम गर्थे त्यसका प्रमुखलाई उनी आफ्नो साथी मान्थे ।
दुर्भाग्यवश रीडले कम्पनीसँग आफ्नो अनुबन्धनको दस्तावेज ध्यानले पढेका थिएनन् । पछि उनले थाहा पाए कि दस्तावेजमा एक यस्तो प्रावधान थियो, एक खास परिस्थितिना सेल्समेनलाई उसको कमिशनबाट वञ्चित गर्न सकिन्छ । यो कुरा बुझ्न मुश्किल छैन कि यदि सेल्समेनले उसको कमिशन पाएन भने काम गर्ने उसको उत्साह बिल्कुलै कम हुनेछ । यो जानकारीले रीडलाई यति कमजोर बनाइदियो कि उनी अफिसबाट सीधै घरमा गए र ओछ्यानमा लडे । खानपिन र साथीहरुसँग भेटघाट पनि बन्द गरे । रोगको निदान गर्न डाक्टर बोलाइयो, तर उनीहरु मध्ये एउटाले पनि रीडको शरीरमा कुनै रोग भेट्न सकेनन् । वास्तवमा उनको शरीरमा कुनै रोग नै थिएन । चोट त उनको आत्मामा लागेको थियो, उनको साथीको चालबाजीले आहत भएको थियो । यो चालबाजीको कारण सेल्समेनको रुपमा उनको प्रेरणा मरिसकेको थियो र यो प्रेरणा बिना कुनै बीमा सेल्समेनको जीवन निष्प्राण छ ।
रीड विस्तारै तर निश्चित रुपमा मृत्युतिर बढिरहेको थिए । उनको रोगको उपचार कुनै डाक्टरसँग थिएन । उनको हेरविचारमा तैनाथ डाक्टर यो कुरासँग राम्रोसँग परिचित थिए । उनीहरुले आफ्नो हार मानिसकेका थिए । तब एक चमत्कार भयो । आर्नाेल्डका एक साथी उनलाई भेट्न गए । उनी मेरो व्यक्तिगत उपलब्धि विज्ञानका पुराना पाठक थिए । उनले थिंक एंड ग्रो रिच नामक किताब भेट स्वरुप आर्नाेल्डलाई दिए । किताब दिंदै उनले भने, “यो किताबले मेरो जिवनमा चमत्कारिक बदलाव गरेको छ । म चाहन्छु कि तिमी पनि यो किताब पढ ।” आर्नाेल्डले किताब लिए र केही नभनी ओछ्यानमा आफ्नो छेउमा फ्याँकिदिए । घण्टौंपछि उनले त्यो किताब टिपे र त्यसका पन्ना पल्टाउन थाले । यी पन्नामा रीडले थाहा छैन के देखे तब उनले पुरा किताब नै पढे । यसपछि उनले यो किताब पटक पटक पढे । तेस्रो पटक पढ्दै गर्दा उनले आफुभित्र शक्तिको संचार भएको महसुस गरे, जसले उनलाई हताशाको यो दलदलबाट बाहिर निकाल्ने क्षमता राख्थ्यो ।
उनी ओछ्यानबाट उठे र उनले आफ्नो साथीलाई चिठी लेख्न शुरु गरेँ जो एक बीमा सेल्समेनको रुपमा उनको रेकर्डसँग परिचित थिए । यी चिठीमा उनले आफ्नो साथीको अगाडि साझामा ग्रेट कमनवेल्थ लाइफ इन्स्योरेन्स कम्पनी नामबाट एक बीमा कम्पनी खोल्ने सुझाव राखे । साथीले पनि उनको सुझाव तुरुन्तै स्वीकार गरे । कम्पनी शुरु भयो । अनगिन्ति मानिस यो पोलिसी स्कीमका सदस्य बने र छिटै यस्तो स्थिति आयो कि अब कम्पनी आफुले स्थापनाको लागि लिएको पैसा फिर्ता गर्न सक्थ्यो । यो त्यो समयको कुरा हो, जब मैले स्टोनको कम्पनीसँग आफ्नो काम शुरु गरेको थिएँ । आजसम्म करीब बाह्र बर्षपछि रीडको कम्पनी आफ्नो पेशाको सबैभन्दा सफल कम्पनीमध्ये एक छ । उनको कुल प्रीमियम आय वार्षिक ५० करोड डलरभन्दा धेरै छ । अब यो कम्पनी तीव्र गतिमा एक अरब डलरको लक्ष्यतिर बढिरहेको छ ।
आज यो कम्पनीको कारोबार संयुक्त राज्य अमेरिकाको धेरैजसो भागमा फैलिसकेको छ र यसमा कार्यरत चार हजार समर्पित स्त्रीपुरुष सामूहिक शक्ति निर्धारित लक्ष्य प्राप्त गर्नको लागि दिनरात प्रयासरत छन् । यो कम्पनीका कर्मचारीहरुले पनि यो रहस्यको भरपुर प्रयोग गरेका छन्, जसले रीडलाई मृत्युको चंगुलबाट बाहिर निकालेका थिए । आज यो कम्पनीका कर्मचारीहरुको कामको स्तर अर्को कुनै बीमा कम्पनीका कर्मचारीहरुको भन्दा राम्रो छ । ग्रेट कमनवेल्थ लाइफ इन्स्योरेन्स कम्पनी आज देशको कैंयौं भागमा स्कुल चलाउँछ । रीड र कम्पनीको जीवनमा यो किताबको योगदानको विषयमा बताइन्छ ।
पछिल्लो पटक जब मैले ग्रेट कमनवेल्थको बिक्री विभागका मानिससँग भेट गरें तब रीडले मेरो हात समाएर मलाई सीधै मञ्चमा लिएर गए । उनले उपरोक्त पुस्तकको प्रति हातमा लिएर भने, “साथी हो, यदि यी किताब मैले नपाएको भए र यी साहेबले मलाई बाटो नदेखाएका भए जो आज मेरो छेउमा उभिएका छन्, कुनै ग्रेट कमनवेल्थ कम्पनी हुने थिएन र म छ फुट तल, जमीन भित्र आराम गरिरहेको हुने थिएँ ।” यो मेरो जीवनको सबैभन्दा नाटकीय र संक्षिप्त परिचय थियो । यो परिचयले मलाई यति भावविभोर गरिदियो कि म धेरै मुश्किलले आफुलाई भाषणको लागि तयार गर्न सकें । रीडमा निःसन्देह एक उत्कृष्ट नेताको सारा गुण रहेको छ, उनको कम्पनी यो कुराको जीवित उदाहरण हो । उनको नेतृत्वको सबैभन्दा ठुलो रहस्य यो हो कि उनलाई आफ्नो काम र योग्यतामा पुरा भरोसा छ र उनी आफ्ना सहकर्मीहरु सँगको सम्बन्धमा पुरा इमानदार रहन्छन् । यी दुई गुण हुन् जुन बिना कुनै पनि मानिस जीवनको कुनै पनि मोडमा साँचो नेता बन्न सक्दैन ।
निर्देशकः मिलन आफन्त चिन्तक ः स्बेट मार्डन
समाप्त