ओशोको प्रवचनः प्रेम र विवाहबीचको अन्तरसम्बन्ध

ओशोको प्रवचनः प्रेम र विवाहबीचको अन्तरसम्बन्ध

“दुई आत्माको मिलन प्रेम हो। प्रेममा आत्माले आत्मालाई नै देख्नुपर्छ। आत्माको आवाज सुन्नुपर्छ, मनन पनि गर्नुपर्छ। तब मात्र हाम्रो आत्माले प्रेमको मिठो अनुभूति प्राप्त गर्नेछ। प्रेम र विवाह एकअर्काका परिपूरक हुन्। जुन पत्नीले आफ्नो पतिलाई आत्मैदेखि प्रेम गर्छिन्, उनको लागि पति परमात्मा भइदिन्छन्।” — मिलन आफन्त

प्रेमबाट विवाह उत्पन्न हुन सक्छ। तर विवाहबाट प्रेम उत्पन्न हुँदैन। र हुन पनि सक्दैन। यो कुरालाई अलिकति बुझ्यौं भने हामी अगाडि बढ्न सक्छौं।

प्रेम परमात्माको व्यवस्था हो। तर विवाह मानिसको व्यवस्था हो। विवाह सामाजिक संस्था हो, प्रेम प्रकृतिको बरदान हो। प्रेम त प्राणको कुनै कुनामा अन्जानमै, अपरिचित रूपमा उत्पन्न हुन्छ। तर विवाह? विवाहलाई समाज र कानुनले नियमित गर्छ, स्थिर गराउँछ, बनाउँछ।

विवाह मानिसको सृष्टि हो। अनि प्रेम? प्रेम परमात्माको वरदान हो। प्रेमको जन्म स्वतन्त्रतामा हुन्छ। प्रेमको जन्म स्वतन्त्रताको भूमिमा हुन्छ—जहाँ कुनै बन्धन हुँदैन, जहाँ कुनै बलजफ्ती हुँदैन, जहाँ कुनै कानुन हुँदैन। प्रेम व्यक्तिको आत्मदान हो, बन्धन होइन, जबरजस्ती होइन। प्रेमको पछाडि कुनै कानुन हुँदैन, कुनै नियम हुँदैन।

तसर्थ प्रेम परमात्माको व्यवस्था हो, तर विवाह मानिसको व्यवस्था हो।

— पुस्तक ‘प्रेम र विवाह’ बाट — मिलन आफन्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *