महिला आन्दाेलन र समाजवाद (क) : प्रेम र विवाह परिवार

“मातृसत्ताकाे तख्ता पल्टिनु महिला समुदायकाे विश्व ऐतिहासिक पराजय थियाे ।” – फ्रेडरिक एंगेल्स

“दासताकाे स्वाद चाख्ने पहिलाे मानवीय प्राणी महिला नै थिए । दासप्रथाकाे अस्तित्व भन्दा पहिले नै महिला दासी भइसकेका थिए ।” – अगस्त बेबेल

“अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजकाे इतिहास वगर्सङ्घर्षकाे इतिहास हाे ।” – कालर् माक्र्स

“सामन्ती युगमा महिलाहरू जमिन्दार मालिकका दास हुन्छन् भने पुँजीवादी युगमा रोजगार प्रबन्धकका दास हुन्छन्, वास्तविक महिला समानता त समाजवादमा मात्र सम्भव छ ।” – क्लारा जेटकिन

“पुँजीवादी महिलाद्वारा प्राप्त गिरने प्रत्येक त्यस्ताे सफलताले, प्रत्येक नयाँ अधिकारले तिनकाे हातमा तिनकी बहिनीलाइर् दबाउने अकार्े एउटा आैजार मात्र राखिदिनेछ र त्यसले दुइर् विरोधी सामाजिक शिविरमा रहेका महिलाहरूलाइर् विभाजित गनर्े खाडललाई अझ गहिरो मात्र पानर्छे ।” – अलेक्जेन्डरा काेलान्ताइर्

महिला आन्दाेलनकाे बहस नयाँ हाेइन । महिलाहरूले आफूमाथि भएकाे शाेषण, उत्पीडन, दमन, अन्याय, अत्याचार र विभेदकाे अनुभूति जतिबेलादेखि गरे त्यतिबेलादेखि नै एकल, सामूहिक वा सङ्गठित रुपमै विद्राेह गदर्ै आएका छन् । विद्राेहकाे पहिलाे रूप अवज्ञा, अस्वीकार वा विरोध हुन्छ भने त्यसपछिका रूपहरु क्रमश मागदाबी, नारा जुलुस, सडक प्रदशर्न, धनार्, अनसन हुँदै बल प्रयाेगसम्म पुग्दछन् । यसकाे उद्देश्य अधिकार प्राप्ति र समाज रूपान्तरणसँग सम्बन्धित हुन्छ । यथास्थितिले समाजकाे समस्या हल गनर् नसक्ने अवस्थामा नयाँ विकल्पकाे मागसहित विभिन्न आन्दाेलनहरू चल्ने गरेका ऐतिहासिक दृष्टान्तहरू हाम्रा सामु प्रशस्तै छन् । तर महिला आन्दाेलन यस्तो आन्दाेलन हाे जुन हजारौं वषर् पहिलेदेखि विकास हुँदै आएकाे मानव सभ्यताकाे अभिन्न अङ्ग र एउटै मानव प्राणीको फरक लिङ्गमा रहेकाे प्राणीले भाेग्दै आएकाे विभेद विरुद्धको सशक्त सङ्घर्ष हाे । कयाैं विषय र झट्ट हेर्दा लैंगिक अन्तरविरोधले पैदा गरेकाे समस्या जस्तो देखिने र बुझिने यो आन्दाेलन त्यतिमा मात्र सीमित छैन । समाज विकास र सभ्यता निमार्णको हर क्षेत्रमा सशक्त भूमिका निवार्ह गदर्ै आएकाे छ । त्यसैले यो वगर्सङ्घर्षकै हाराहारी र कतिपय विषयमा त्याेभन्दा पनि अगाडि बढ्नसक्ने आन्दाेलनकाे रुपमा बुझ्न सकिन्छ । किनकि यो आन्दाेलनले मानव जातिका आधारभूत कुरादेखि उन्नत र वैज्ञानिक चेतनासम्मकाे माग गदर्छ । त्यसैले यो आन्दाेलनकाे काेणबाट मात्र हाेइन समाज विकास, सभ्यता निमार्ण र मानवीय गुणको उच्चता जस्ता बहुआयामिक अर्थसँग जाेडिएको छ ।

महिला आन्दाेलन भनेपछि विशुद्ध महिलाकाे विषय मात्र बुझ्ने, लिङ्गीय मुद्दा मात्र उठाउने र पुरुष विरोधी देख्ने तर यसकाे अन्तयर्मा सिंगाे समाज र राज्य व्यवस्था जाेडिएको छ भन्ने कुरालाइर् नजरअन्दाज गनर्े कुराले महिला आन्दाेलनमा बेलाबेलामा समस्या आउने र साथर्क परिणाम नदिने तथ्यहरु पनि छन् । अहिलेकाे सूचना प्रविधिकाे विकासले विश्वलाइर् नै सानाे इकाइमा खुम्च्याइदिएकाे छ । त्यसैले महिला आन्दाेलन पनि नेपालमा मात्र सीमित छैन । यसकाे विश्वव्यापी आयाम छ । विकसित परिस्थितिमा पुराना कुरामा अल्झेर मात्र हाेइन नयाँ सिराबाट नयाँ विचार र सोचसहित अबकाे महिला आन्दाेलनलाइर् अगाडि बढाउने र समस्याकाे समाधान दिने उद्देश्यसहित यो बहसकाे सुरुवात गिरएकाे छ ।

महिला उत्पीडन र विभेदकाे ऐतिहासिक पृष्ठभूमि

मानव जातिकाे विकास लाखाैं वषर्काे सङ्घर्षबाट भएपनि संज्ञानात्मक विकास ७० हजार वषर्अघि भएकाे मानिन्छ । बाैद्धिक विकास भएकाे २५ हजार वषर्पछि मानव जाति घुमन्ते शिकारी युगबाट गुज्रियाे । त्यतिबेलाकाे घुमन्ते मानव समाजमा महिला पुरुषबीच विभेद थिएन । कन्दमूल र जङ्गली जनावरकाे शिकारबाट जीविका चलाउने, सामूहिक बसाेबास गनर्े र फिरन्ते जीवन बिताउने भएकाेले यो समयलाइर् समाजशास्त्रीहरूले आदिम साम्यवाद (आध्यात्मिक भाषामा सत्ययुग) भन्ने गरेका छन् । त्यतिबेला समूहकाे हेरचाह, खानाकाे बाँडफाँड र बच्चा जन्माउने हुकार्उने कामले गदार् महिलाहरूकाे भूमिका नेतृत्वदायी हुन्थ्याे । त्यसकारण त्याे समयकाे समाज मातृप्रधान थियाे । १० हजार वषर्अघिदेखि मानव जाति जब घुमन्ते युगबाट कृषि, पशुपालन र स्थायी बसाेबासकाे चरणमा प्रवेश गयार्,े त्यसले निजी सम्पत्ति, परिवार, वंश र राज्यकाे अवधारणा विकास गयार्े । यसकाे नेतृत्व पुरुषले गनर् सफल भए र महिलालाइर् आफ्नाे प्रभुत्वमा राखे । त्यसले वंशवादमा आधािरत पितृसत्ताकाे जन्म गरायाे । त्यही समयबाट नै महिलाकाे हातबाट नेतृत्वदायी अधिकार गुम्याे र महिलाहरू पुरुषकाे अधीनमा बस्न बाध्य भए । एंगेल्सकाे भनाइ अनुसार, ‘परिवार, निजी सम्पत्ति र राज्यकाे उदय हुनु, त्यसकाे नेतृत्व वा स्वामित्व पुरुषहरूले लिनु र मातृसत्ताकाे तख्ता पल्टिनु महिला समुदायकाे विश्व ऐतिहासिक पराजय थियाे ।’ त्यहीँबाट नै महिलामाथि विभेद र दमनकाे सुरुवात भएकाे मानिन्छ । त्यसपछि सुरु भएकाे दास युगले त महिलाहरूलाइर् दासी मात्र बनाएन हर काममा पशुतुल्य जीवन जिउन बाध्य बनायाे । त्यतिबेलाकाे युगमा गणहरूको बीचमा लडाई हुन्थ्याे । जित्नेले हानर्ेलाइर् दास बनाउँथ्याे र कृषि श्रममा लगाउँथ्याे । हानर्े गणका महिलाहरू दासी र श्रमिक मात्र हुँदैनथे, पुरुषहरुका यौनदासी पनि हुन्थे । त्यतिबेलादेखि नै महिलाहरू माथि यौन हिंसाकाे सुरुवात भएकाे मानिन्छ ।

दास युगपछि सुरु भएकाे सामन्ती युग नै त्यस्ताे युग हाे, जुन राज्यसत्ताकाे विकास र विस्तारकाे चरम अवस्थामा थियाे । त्यही युगमा नै समाज सञ्चालन गनर् विभिन्न नीतिनियम, विधिविधानहरु बनाइए । त्यही नीति र विधिभित्र महिलाहरूलाइर् यसरी बाँधियाे कि स्वतन्त्रताकाे त कुरै छोडौं, महिलाहरूलाइर् आफ्नाे पतिसँगै सती जान लगाएर जिउँदै जलाइयाे । यसबाट नै प्रमाणित हुन्छ कि सामन्ती युग महिलाप्रति कति बबर्र र अमानवीय थियाे भनेर । अहिलेसम्म पनि नेपाली समाजमा व्याप्त महिला उत्पीडनका जति पनि धमर् संस्कार, रीतििरवाज छन्, ती सब सामन्तवादी समाजका अवशेष हुन् ।

विगत ५ सय वषर् यता सुरु भएकाे पुँजीवादी युगले महिलाहरूलाइर् श्रमकाे क्षेत्रबाट स्थानान्तरण गयार्े । हिजाेका घरेलु दास आज आैद्योगिक मजदुरमा परिणत भए । पुँजीवादकाे फराकिलाे क्षेत्रले महिलाहरूकाे चेतनामा केही विकास त गयार्े तर श्रमकाे शाेषण र विभेदमा कुनै परिवतर्न आएन । हिजाेका घरेलु दास महिलाहरु आज पुँजीपतिका नाेकर मात्र भएनन् उपभाेक्तावादी संस्कृतिमा माैलाएकाे विज्ञापन र मनाेरञ्जनका साधनमा परिणत भए । जुन कुरा हामी हाम्राे समाज, देश र विश्वभिर यत्रतत्र देखिरहेका छौं । यसरी के भन्न सकिन्छ भने मानव समाज हजारौं वषर्देखि विभिन्न युगहरू पार गदर्ै आएकाे छ तर महिलामाथि हुने विभेद र उत्पीडनको अन्त्य हुन सकेकाे छैन ।

निदर्ेशक : मिलन आफन्त (प्रेम र विवाह परिवार) लेखक : बन्धु सी (नाङ्गेली)

Leave a Reply

Your email address will not be published. Required fields are marked *