अध्यक्ष माओका महत्वपुर्ण १० शिक्षाहरु(क)

सामान्य अर्थमा मान्छे दुई प्रकार हुने गर्दछन्–एउटा सामान्य मान्छे र अर्को असामान्य मान्छे। कमरेड माओ त्यही असामान्य मान्छे हुन् जो असाध्यै थोरै राम्रा मान्छेभित्र पर्दछन् । टाइम्स पत्रिकाले कमरेड माओलाई विश्वका १०० जना सवभन्दा प्रभावशाली व्यक्तिहरुमा एक जना हुन् भनेर लेखेका छन् । उनै महान् व्यक्ति कमरेड माओको १३१औं जन्मदिन अर्थात १३१औं माओ दिवस आज यहि पौष १० गते पर्न आएको छ । यो अवसरमा कमरेड माओप्रति विशेष सम्मान र संझना । कमरेड माओको निधन भएको आज ५४ वर्ष भएको छ । कसैलाई मर्नु उप्रान्त संझन्ाुको अर्थ हो, उनको यागदानलाई संझनु । यो अवसरमा म उहाँका १०. महत्वपूर्ण योगदानहरुको स्मरण गरेर सझन चाहान्छु ।

१) सामन्तबादकाे अन्त

माआेकालिन चीन सामन्तवादले ग्रस्त थियो । अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको विशाल चीन एकातिर साम्राज्यवादीहरुले mटुक्राटुत्रा पारेर लुछिरहेका थिए भने अर्कोतिर युद्ध सरदारहरुले चोक्टाचोक्टा गरेर रजाइ गरिरहेका थिए । जनताको अवस्था पशुवत रुपमा गुजेको थियो । हामीले सानो हुने बेला सुन्ने गर्दथ्यौं – चीनमा त गोरुको सट्टामा मान्छेलाई जोत्छन् रे। पछि बुभदा यो केही हदसम्म सत्य रहेछ । कहीं मान्छेलाई नै जोत्ने, कहीं गोरुले झै सामन्त–जमिनदाहरुले किसान र जनतालाई यसरी नै जोत्ने गर्दथे । यो भनेकाे निकै जर्जर अवस्था हो ।

यस्तो अवस्थामा सन् १९२१ मा चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो। यो नेपालकाे जर्जर राणाकालिन अवस्था थियो । नेपालमा पनि उस्तैउस्तै अवस्था थियो । त्यसैले संसारका सामन्त र शासकहरु जहाँका पनि हुन्, तिनले गनर्े व्यवहार एउटै हुन्छ । यसका विरुद्ध परिवारबाटै विद्रोहमा उत्रेको कमरेड माओ जीवनभरि अन्याय, अत्याचार र गरिव जनताको पक्षमा लड्नु भयो । एक भूगोल हिसावले विशाल चीन, दोस्रो युद्ध सरदारहरुद्वारा चलिरहेको मुलुक, तेस्रों साम्राज्यवादीहरुले लुछिरहेको मुलुकलाई आन्तरिक रुपमा सामन्त र जमिन्दारी प्रथाबाट मुक्त गर्ने र अर्कोतिरबाट बेलायत, जापान र युरोपियन मुलुकहरुको उपनिवेशबाट मुक्त गर्ने कुरा सामान्य थिएन । यसको नेतृत्व गर्ने र यसलाई सफल पार्ने कुरा पनि चानचुने थिएन । यसमा धेरै चिनियाँ जनताको रगत बग्यो । अन्तिममा यसमा कमरेड माओ नै सफल हुनुभयो ।

सन् १९२२ मा चिनीयाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समिति सदस्य भएका कमरेड माओ १९२४ मा उत्तरी अभियानको नेतृत्व गर्नुभएका कमरेड माओ सन् १९२७ मा कोमिङताङले धोका दिएपछि एका तिर कोमिङताङ प्रतिक्रियावादी र अर्को तिर छन् तुस्यू जस्ता पार्टीभित्रका दक्षिणपन्थी अवसरवादी र धोकेवाजीहरुसँग लड्नुभयो । १९३६ देखि जापानी आक्रमणकारीहरुसँग र १९३९देखि अमेरिकी सहयोगमा दमनमा उत्रेको च्याङकाइसेकका विरुद्ध गृहयुद्ध लडेर माओले अन्तिममा सन् १९४९ मा लामो युद्धद्वारा वाह्य र आन्तरिक दुश्मनहरुलाई परास्त गरी सिङ्गो चीनलाई सामन्तवाद र अर्धउपनिवेशबाट मुक्त गर्नुभयो । यो उहाँको महान कार्य थियो ।

२) जनयुद्धको िसद्धान्त

दोस्रो कमरेड माओको महान् कार्य जनयुद्धको युद्धसिद्वान्तको विकास थियो । उहाँले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा त्यहांका सामन्तवाद र साम्राज्यवादसँग लड्ने सिद्धान्त प्रतिपादन गर्नुभयो। चीन जस्तो ठूलो देश, किसानहरुको बाहुल्य रहेको देश, पहाड र यातायात, सञ्चारको विकास नंभइसकेको देश, शिक्षा र चेतनाले पछि परेको जनता, सामन्त, जमिन्दार, युद्ध सरदार र. नोकरशाह पंजीपति वर्गले चलाइरहेको देशमा तिनको वैज्ञानिक वर्ग विश्लेषण गरेर तिनलाई जित्ने युद्ध रणनीतिको विकास गर्नु आफैमा नौलो थियो । छापामार युद्ध, चलायमान युद्ध र मोर्चावद्ध युद्ध, रक्षा, सन्तुलन र प्रत्याक्रमण, छापामार इलाका, आधार इलाका र केन्द्रीयसत्ता कब्जा, गाउँबाट शहर घेर्ने, छापामार सेना, चलायमान सेना र नियमित सेना, गरिव किसान, निम्न मध्यम किसान, मध्यम किसान, धनी किसानलाई साथ लिएर जमिन्दार तथा सामन्तहरुका विरुद्ध लडिने संघर्ष, सर्वहारा वर्ग, सहरी निम्न पूँजीपति वर्ग, बुद्धिजीवि र राष्ट्रिय पूँजीपति वर्ग मिलेर नोकरशाह पूँजीपति वर्गका बिरुद्ध लडिने संघर्ष, सामन्ती अधिनायकत्वको अन्त्य गरेर जनवादी अधिनायकत्व कायम गर्ने राज्यसत्ताको अवधारणा, पूँजीवादबाट समाजवादमा जाने लामो बाटोको विकल्प जनवादी क्रान्तिको बाटोबाट समाजवादमा जाने छोटो बाटो पत्ता लगाउनुभयो । यसको सैन्य रणनीति दीर्घकालीन जनयुद्ध (एभयउभिक धबच) थियो ।

यसलाई क्रान्तिकारीहरुले क्रान्तिको चिनियाँ मोडेलको रुपमा आत्मसात गरे । यसभन्दा अगाडि अल्पकालीन सशस्त्र विद्रोह (क्ष्लकगचचभअतष्यल) लाई मात्र क्रान्तिको मोडेल ठानिन्थ्यो । यसलाई रसियन माेडेल भन्ने गरिन्थ्यो । नेपालमा एकीकृत जनक्रान्तिभन्दा अगाडिका नेताहरुको विचार र मान्यतामा क्रान्तिका केवल दुई मोडेल थिए रसियन मोडेल र चिनियाँ मोडेल । त्यसमध्ये चिनियाँ मोडेलको प्रवर्तक कमरेड माओलाई मानिन्छ भने रसियन मोडेलका प्रवर्तक कमरेड लेनिनलाई मानिन्छ । यस हिसावले पनि कमरेड माओ जनयुद्धका सिद्धान्तका प्रतिपादक हुनुहुन्थ्यो ।

३) तीन विश्वको िसद्धान्त र राष्ट्रिय मुक्ति युद्ध

कमरेड लेनिनले प्रतिस्पर्धात्मक साम्राज्यवादको बेला क्रान्ति सम्पन्न गर्नुभयो ।. पहिलो विश्वयुद्धकै बीचमा लेनिनले रुसमा क्रान्ति सम्पन्न गर्नुभयो। यसकाे एउटा अनुकुलता बाहिय शक्तिकेन्द्रहरु आपसमा–लड्नु र कमजोर हुनु हो । अर्थात् प्रतिस्पर्धात्मक साम्राज्यवादीहरुको आपसी भीषण युद्धमा होमिएर जार शाही कमजोर भएको बेला लेनिनले रुसमा क्रान्ति सम्पन्न गर्नुभयो । कमरेड माओले विश्वका साम्राज्यवादीहरु फेिर दोस्रो पटक विश्वयुद्धमा होमिएको बेला क्रान्ति सम्पन्न गर्नभयो । यो बेला पनि साम्राज्यवादीहरु आपसमा लडेर कमजोर बनेको विश्वको अवस्था थियो। यी दुई विश्व युद्ध र क्रान्तिहरुले पहिलो क्रान्तिको लागि अन्तर्राष्ट्रिय परिस्थिति क्रान्ति अनुकुल बन्नु पर्दोरहेछ भन्ने कुरा उजागर गरेको छ । दाेस्रो साम्राज्यवादी कालमा सर्वहारा क्रान्तिको एउटा पाटो राष्ट्रिय मुक्तियुद्ध बन्न आउँदो रहेछ भन्ने कुरा पुष्टि गरेको छ । तेस्रो यी राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको सही विश्लेषण र अन्तरविरोधहरुको सही ढंगले परिचालन गर्ने लिडरशीपको आवश्यकता हुदोरहेछ भन्ने यसबाट प्राप्त शिक्षा हो । पेरिसको मजदुर विद्रोहदेखि रुस, चीन, भियतनाम, क्युवा, कोरिया, पैरु, कोलम्बिया, नेपाल लगायतका सफल र असफल क्रान्तिहरु हेर्दा हरेक क्रान्तिले मध्यकालदेखि साम्राज्यवादको सामना गर्नुपरेको देखिन्छ र साम्राज्यवादी शक्तिहरु मिलेर क्रान्ति दबाएको वा सफल भएका क्रान्तिहरुको पनि घेराबन्दी गर्ने असफल बनाउने षड्यन्त्र गर्ने गरेको इतिहास छ ।

उपर्युक्त सन्दर्भमा कमरेड माओले प्रतिस्पर्धात्मक साम्राज्यवाद एकाधिकारवादमा गएको र अवको विश्व ३ खेमामा विभक्त भएको निस्कर्ष निकाल्नु भयो । पहिलो विश्व एकाधिकारवादी साम्राज्यावाद, दोस्रो विश्व अन्य विकसित पूँजीवादी–दोस्रो दर्जाका साम्राज्यवादी मुलुकहरु र तेस्रो विश्व भनेर अविकसित पछौटे मुलुकहरु भनेर विश्लेषण गर्नु भयो र विश्वको प्रधान अन्तरविरोध अव साम्राज्यवाद र तेस्रो मुलुकहरु र त्यहाँका जनता–सँग रहेको विश्लेषण गर्नु भयो । यो भनेकाे राष्ट्रिय मुक्तियुद्ध र आन्दोलनहरु थिए । यसभन्दा अगाडि लेनिनले विश्व पूँजीवाद अर्थात साम्राज्यावाद र सर्वहारा वर्ग बीचको अन्तरविरोध प्रधान भएको संश्लेषण गर्नुभएको थियो । यो बेला पूँजीवादी देशहरु विश्व कब्जा–गर्ने अभियानमा प्रतिस्पर्धा गर्दै थिए ।

४) संयुक्त मोचार्

कमरेड माओले संयुक्त मोर्चाको प्रारंभिक शिक्षा आफ्नो परिवारबाट सिक्नुभयो । माओका आफ्नै भनाइमा माओ परिवारमा बुवा, आमा र आफू गरी तीन पार्टी थिए । बुवा सामन्ती विचारका, आमा धार्मिक र दयालु स्वभावका, आफू क्रान्तिकारी बिचारका । यी तीन विचारका बीचमा बुवाको गलत विचारका–विरुद्ध माओ र आमाको मोर्चा बन्थ्यो र बुवालाई अल्पमतमा पार्नुहुन्थ्यो। यो उहाँकै भनाइ हो। यो शिक्षालाई पछि समाज र राजनीतिमा प्रयोग गर्नुभयो किनकि परिवार भनेको समाज र राजनीतिको सानो इकाई हो ।

उहाँले संयुक्त मोर्चाको सिद्धान्तमा विकसित गर्दै क्रान्तिकालमा जापानी साम्राज्यादीहरुको आक्रमणका विरुद्ध च्याङ काइ सेकसँग संयुक्त मोर्चा बनाई जापानीहरुलाई परास्त गर्नुभयो। यो अवधारणाको विकास संयुक्त मोर्चा सम्बन्धि नयाँ सिद्धान्त थियो । यही सिद्धान्त पार्टीभित्र पनि क्रान्तिकारी प्रवृत्ति, दक्षिणपन्थी प्रवृत्ति र मध्यपन्थी प्रवृत्तिकाे किटान गरी मध्यपन्थी प्रवृत्तिलाई क्रान्तिकारी मोर्चामा लिएर दक्षिणपन्थी प्रविृतिमाथि हावी हुने नीति पार्टीभित्रको मोर्चाको रुप थियो । लिउसाओ ची, देङस्याओपिङ, लगायतका दक्षिणपन्थी प्रवृत्तिका विरुद्ध कहिले ह्वाकोफेङलाई त कहिले लिनपियाओलाई मिलाएर पार्टीलाई सधै सन्तुलनमा राख्ने र क्रान्तिकारी विचार लागू गर्ने, गरिरहनु भयो । अमेरिकी सहयोग र गठबन्धनमा जनमुक्तिसेनासँग लडिरहेको च्याडकाइसेकको सेना र अमेरिकालाई धपाउन उत्तरी चीनमा माओले स्टालिनसंग संयुक्त मोर्चा गरेर रुसी लालसेना र चिनियाँ जनमुक्ति सेना परिचालन गरेर एकातिर उत्तरी चीनलाई युरोपियन साम्राज्यवादी अपनिवेशबाट मक्त गर्नुभयो भने अर्कोतर्फ अमेरिकीहरुलाई पनि चीनको भूमिबाट धपाउन माओ सफल हुनुभयो । याे उहाँको अन्तर्राष्ट्रिय संयुक्त मार्चा सम्बन्धि विकसित युद्धकला र कुटनीतिककला थियो । कमरेड माओले यसबाट एउटा निष्कर्ष निकाल्नुभयो –समाज वा राजनीति वा विचार–प्रवृत्ति जहिले पनि तीन खेमामा विभक्त हुन्छ । एउटा क्रान्तिकारी वा परिवर्तनकारी शक्ति, दोस्रो ठिक यसको विपरित प्रतिक्रियावादी शक्ति र तेस्रो बीचको मध्यमार्गी तप्का । यी तीन खेमालाई माओले क्रान्तिकारी शक्ति २० प्रतिशतको संख्यामा, प्रतिक्रियावादी १० प्रतिशतकाे संख्यामा हुन्छ । बाँकी अत्यधिक ठूलो शक्ति ७० प्रतिशत बीचमा बसेकाे हुन्छ । त्यसलाई जसले तान्न सक्यो उसैले जित्छ, भन्नुभएको छ । यसको अर्थ हो प्रतिक्रियावादीहरु मुठ्ठीभर हुन्छन् । तिनीहरुभन्दा प्रगतिशील वा परिवर्तनकारी शक्ति अलि बढी हुन्छन् तर यी दुईभन्दा अत्यधिक सख्या जहिले पनि बीचमा बसेको हुन्छ । यो अवस्थामा क्रान्तिकारीहरुले मुख्य दुश्मनलाई एक्लो बनाउन बीचको मध्यमार्गी, अवसरवादी जो मौका हेरेर बसेको हुन्छ, यसलाई आफूतिर तान्न सकेमा मात्र क्रान्ति जित्न सकिन्छ । यो संयुक्त मोर्चा सम्बन्धि क. माओबाट सिक्नु पर्ने महत्वपूर्ण पक्ष हो ।

५) महान् सवर्हारा सास्कृतिक क्रान्ति

१९७१ को पेरिसमा भएको मजदुर विद्रोहपछि गठन भएको पेरिस कम्युन विद्रोहपछि ७२ दिन मात्र टिक्यो। १९१७ मा रुसमा भएको महान् अक्टोबर क्रान्तिपछि कमरेड माओले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधारणा विकास गर्नु भयो । सन् १९६६ – १९७६ सम्म एक दशक चलाइएको यो अभियान निरन्तर क्रान्तिको सुरुवात थियो । यद्यपि यसलाई पूर्णता नविकल्पै क. माओको निधन भयो। याे एउटा दुखद घटना बन्न पुग्यो। यसलाई एउटा पंक्तिले “अनावश्यक“ भनेर विरोध गरे तर यो जायज र आवश्यक थियो। उनीहरु माओको आलोचना गर्दा यसलाई माओको “सबभन्दा ठूलो गल्ती“ भन्ने गर्दछन् । पछिल्लो चिनियाँ शासकहरुले यो साँस्कृतिक काललाई “अँध्यारो काल“ पनि भन्दा रहेछन् । असल कम्यूनिस्टहरुको दृष्टिमा यो अभियान प्रतिक्रान्ति रोक्ने र कम्युनिस्ट पार्टी र कम्युनिस्ट सत्तामा देखा परेका पूँजीवादी विकृति–विसँगति रोक्ने एउटा राजनीतिक अभियान थियो। यो अभियानमा पूँजीवादी र दक्षिणपन्थीको योजनाबद्ध घुसपैठबाट साँस्कृतिक क्रान्तिका नीति विपरित उत्शृङ्खल कार्यहरु गर्ने अनावश्यक मठ–मन्दिरहरु भत्काउने, तोडफोड गर्ने कामहरु गरे जुन साँस्कृतिक क्रान्तिको नीति विपरित थियो। यो महान् कार्य पूरा नहुँदै कमरेड माओको निधन भयो । परिणाम सत्ता दक्षिणपन्थी समूहको हातमा पर्न गयो र यो अभिानका नेतृत्वहरुलाई जेल कोचियो र यो महान् कार्यले सफलतासम्म पुग्न पाएन । यो नै आजसम्म आलोचनाको विषय बन्दै आएको छ । बास्तवमा यो प्रतिक्रान्ति रोक्ने निरन्तर क्रान्तिको सिद्धान्त थियो । यो िसद्धान्तकाे प्रतिपादक कमरेड माओ हुनुहुन्थ्यो ।

यस बाहेक उहाँले क्रान्तिकालमै बाहिय संघर्षका साथै पार्टीभित्र पनि १० ठूला दुईलाइन–संघर्ष चलाउनु भयो । छनतुस्यु, चुचुपाइ, वाङ्मिङ, लीलीसान, चाडकोथाओ, ल्यूसाओची, लिनपियाओका विरुद्ध माओले भीषण दुई लाइन संघर्ष गरेर मात्र माओले बाहिरी र भित्री दुश्मनहरुलाई पराजित गर्नुभयो ।

निर्देशक : मिलन आफन्त (शताब्दी वर्ष व्यक्ति) लेखक : विषम सी (क्षेप्यास्त्र)

Leave a Reply

Your email address will not be published. Required fields are marked *