आदरणीय तथा पुजनीय विश्व बासी पाठकहरु , म तपाईहरुको प्यारो प्रस्तुत कर्ता मिलन आफन्त । आज मेरो हातमा बायन ट्रेसिको विश्व प्रसिद्ध कृति “ सोच बदलौं , जिन्दगी बदलौं ” रहेको छ । राईट थट पब्लिकेसन द्धारा प्रकाशित यो पूस्तक भित्रका महत्वपुर्ण चिन्तनहरुलाई सरल र संक्षिप्त रुपमा तपाईहरुको सामू मन्थन गर्दैछु । यसबाट तपाई चेतनशील महानु भावहरुले यथेस्ट मात्रामा लाभ उठाउन हुनेछ भनेर म विश्वस्त छु , ……………. धन्यबाद ।
–शताब्दी वर्ष ब्यक्ति
यो किताबको मूख्य उद्देश्य तपाईको सोच बदलेर तपाईलाई यस्तो बनाउनु हो कि फेरि कसैले तपाईलाई कुनै पनि लक्ष्य प्राप्त गर्नबाट रोक्न नसकोस् । तपाईले आफ्नो मनो बैज्ञानिक स्तरलाई कति धेरै विकशित गनुर्पर्ने छ भने तपाई प्रकृतिको अपराजेय शक्ति झैं बन्नु हुनेछ । तपाई उठ्ने खालको कुनै ज्वार या पुरा धर्तिलाई हल्लाउने जोडदार तुफान झैं हुनु हुनेछ । – ब्रायन ट्रेसी
आफ्नो जिन्दगीको कमान थाम्नुस् स्
केवल एउटा कुरा छ जसमा तपाईको पुरा नियन्त्रण हुनसक्छ र त्यो हो तपाईको दिमागमा आउने खालको कुरा । केवल तपाईले नै यो निर्धारण गर्न सक्नुहुन्छ , तपाई के र कसरी सोच्नु हुन्छ । यो शक्ति , यो नियन्त्रण नै तपाईको जिन्दगी सजाउनको लागि काफी छ । आफ्नो विचारको दिशा आफ्नो मनपर्ने लक्ष्यतिर गर्ने योग्यताले नै तपाईलाई हर बाधा पार गर्न मद्दत गर्ने छ । यो योग्यताले सफलताको बाटोमा हिंडदा आउने तमाम बाधालाई हटाइदिनेछ । धारणा, आशा , आकर्षण र परस्परताको उपयोग सोची सम्झी उद्देश्यपूर्ण रुपमा गरिने प्रयोग जिन्दगीको राम्रो कुरा प्राप्त गर्न महत्वपुर्ण हुन्छ । जब तपाई आफ्नो लक्ष्य र आफुमा लुकेको संभावनाको बारेमा रहेको सोच बदल्नु हुन्छ तब तपाईको धारणा र तपाईद्धारा उठाउने कदम पनि आफै बदलिन्छ । तपाई आफूलाई धेरै भन्दा धेरै यस्तो काम गरि रहेको देख्नु हुनेछ जुन तपाईको सपना साँचो बनाउनको लागि जरुरी छ ।
तपाई हरदम आफ्नो जीवनमा राम्रो हुने बारेमा सोच्नु हुनेछ र तपाईले कहिले काही मात्र निराशा हुनुपर्नेछ । तपाई आफ्नो जिन्दगीमा हर खालको राम्रा मानिस र मौकालाई आफुतिर आकर्षित गर्नमा सफल हुनुहुनेछ । तपाईको पुरा बाहिरी दुनियाँ नै तपाई भित्रको सुन्दरताको दुनियाँ अनुकुल हुनेछ । सफल र खुशी मानिस साधारणतया सकारात्मक प्रकृतिका हुन्छन् । समृद्ध र धनी मानिसको सोच पनि समृद्ध र धनवान नै हुन्छ । द्यावान् , धैर्यवान , विनम्र , प्यारो व्यक्ति , जो आफ्नो परिवार र साथीसँग , खुशीले परिपुर्ण सम्बन्ध बनाउछ , दयावान , धैर्यवान र प्रेमले भरिएको सोचको परिणाम हुन्छ । जब तपाई आफ्नो दिमागलाई सफल मानिसको झैं बनाउनु हुन्छ तब तपाई पनि छिटै ती मानिसहरुले झै परिणाम र अनुभव प्राप्त गर्न थाल्नु हुनेछ ।
जहाँ हुनु हुन्छ , त्यहीबाट शुरुवात गर्नुस् :
हुन सक्छ कि तपाई सोच्नु हुन्छ कि शिक्षा , मौका या संसाधनको रुपमा अधिकांश मानिसको शुरुवात् धेरै कम राम्रो स्थितिबाटै हुन्छ । सफल मानिसको कथा असलमा ती मानिसको कथा हो जसले खाली हात शुरुवात गरेका थिए र आफ्नो जिन्दगी सजाएका थिए । जिन्दगीको बीसौं वर्षमा थाेरै पैसा र सीमित शिक्षाका साथ प्रवेश गर्दा म धेरै लाजको महशुस गरिरहेको थिएँ । फेरि मलाई थाहा भयो कि अधिकांश मानिस कम या बिना पैसामा शुरुवात गर्छन् । यदि उनीहरुले राम्रो शिक्षा प्राप्त गरेका भए पनि बाहिरको दुनियाँमा आउने वित्तिकै त्यो सबै बेमानी लाग्न थाल्छ ।
फेरि मलाई आफूमा कुनै नैसर्गिक प्रतिभा नभएको र नोकरी नपाएको अपसोच हुन थाल्यो । मलाई थाहा भयो कि अधिकांश मानिसको शुरुवात यस्तै हुन्छ । अधिकांश मानिस कयौं कुरामा असफल भएपछि आफ्नो प्रितभा र योग्यताको लायक काम प्राप्त गर्न सक्छन् । बास्तविकता यही हो , तपाई जे प्राप्त गर्न लागि रहनु भएको छ , त्यसको लागि प्रयास पनि तपाईले नै गर्नु पर्ने छ । अरु कसैले यो काम तपाईको लागि गरिदिदैन । तर यदि तपाई सिक्न, उन्नती गर्न , कयौं काम गर्न जारी राख्नु हुन्छ भने आखिरकार तपाईले मौका पाउनु हुनेछ । हरेकले यो मौका पाउँछ । याद राख्नुस् मौका कुनै फुटबलको खेल झै हुन्छ । जबसम्म तपाई अगाडि बढेर बल आफ्नो कब्जामा पार्नु हुन्न तबसम्म त्यो त्यही रहन्छ र त्यसको म्याचको स्कोरमा कुनै असर पर्दैन । जब तपाईले मौका पाउनु हुन्छ तब तत्काल त्यसको फाइदा उठाउनको लागि जुट्नुस् ।
उत्कृष्टको संकल्प लिनुस् :
कुनै मानिसको जिन्दगीको फैसला , उसको उत्कृष्टता प्राप्त गर्ने इच्छाको गहिराइबाट हुन्छ , चाहे त्यो जुनसुकै क्षेत्रमा किन नहोस् । –वंश लाेम्बाडीर्
महान् उपलब्धि प्राप्त गर्ने शुरुवातको लागि तपाई सबैभन्दा पहिला आफैलाई दिमागको हर खालको बन्धन बाट स्वतन्त्र बनाउनुस् । पहिलाको तुलनामा कुनै कुरा प्राप्त गर्ने बारेमा सोच्ने , हेर्ने र महशुस गर्ने शुरुवात , ठुला—ठुला सपना देख्न र ठुलो लक्ष्य निर्धारण गरेर नै आउँछ । तपाई आफ्नो बारेमा के सोच्नु हुन्छ र के सम्झनु हुन्छ , यो यस कुरामा निर्भर छ , तपाई आफ्नो काम या कार्यक्षेत्रमा आफुलाई कति उपयोगी मान्नुहुन्छ । यदि तपाई आफ्नो चिनारी बनाउने खालको त्यो प्रमुख कुरालाई लिएर सहज योग्यता सँग परिचित हुनुहुन्छ भने तपाई खुशी र आत्म विश्वासले भरपुर महसुस गर्न सक्नु हुन्न ।
आफ्नो बारेमा आफ्नो सोचलाई राम्रो बनाउने सबैभन्दा सशक्त तरिका मध्ये एक हो उत्कृष्टताको संकल्प लिनु । यो फैसला तपाई अहिल्यै यसै आफ्नो बारेमा आफ्नो सोचलाई राम्रो बनाउने सबैभन्दा सशक्त तरिका मध्य एक हो , राम्रो संकल्प लिनु । यो फैसला तपाईले अहिल्यै यसै समय लिनुपर्ने छ , कि तपाई सर्वश्रेष्ठ बन्ने प्रयास गर्नुहुनेछ , आफ्नो क्षेत्रको दश प्रतिशत शीर्ष मानिसमा स्थान बनाउनु हुनेछ , चाहे यसको लागि जतिसुकै समय किन नलागोस् । केवल यति सोच्नाले नै तपाईको सोच र तपाईको ब्यक्तित्वमा धेरै ठुलो परिवर्तन आउँछ , तपाई राम्रो बन्न योग्य हुनुहुन्छ । यसले तपाईलाई खुशी राख्छ र तपाईको निजी अवधारणालाई पनि राम्रो बनाउँछ । सर्वश्रेष्ठ बन्ने संकल्प लिनासाथ तपाई आफुलाई धेरै मनपराएर सम्मान दिन थाल्नु हुनेछ ।
बजारमा राम्रो प्रदर्शनको मूल्य धेरै हुन्छ । यो औसत प्रदर्शनमा औसत मूल्यांकन हुन्छ र औसत भन्दा पनि कम प्रदर्शनमा कम पारिश्रमिक , बेरोजगारी र टाटपल्टने स्थितिको सामना गराइदिन्छ । आज , हर क्षेत्रमा जोडदार प्रतिस्पर्धा छ । पहिलाको तुलनामा तपाईका प्रतिस्पर्धी धेरै उत्कृष्ट र संकल्पवान भएका छन् र बर्षै पिच्छेको क्यारियरको बाँकी समयमा उनीहरुको यी गुणमा वृद्धि हुदै जानेछ । तपाईले आफ्ना स्थानमा टिकिरहनको लागि पनि तेज दौडनु पर्ने छ ।
जति राम्रो तपाई गर्नुहुन्छ :
निजी अवधारणा र निजी क्षमता असलमा ब्यक्तित्वकै एक सिक्काको दुई पाटा हुन् । तपाई आफ्नो लागि जब मनपर्ने र सम्मानको भाव प्राप्त गर्न सक्नुहुन्छ , जब मनबाट तपाई महशुस गर्नुहुन्छ , तपाई साँच्चै आफ्नो काममा राम्रो हुनुहुन्छ । आफैमा नियन्त्रणको भाव स्वस्थ ब्यक्तित्वको लागि अत्यन्त जरुरी छ । राम्रो तरिकाले गरिएको तपाईको एक एक काम तपाईको आफ्नो बारेमा सोचलाई राम्रो बनाइदिन्छ र तपाईलाई आफ्नो बारेमा सुखद अनुभव दिन्छ । यसले तपाईलाई अरु उच्च स्तरमा अरु राम्रो प्रदर्शनको आत्मविश्वास दिन्छ ।
आफ्नो योग्यता अनुसार सफलताको लागि तपाईको अब्बल दर्जाको साहस र आत्मविश्वास हुनुपर्छ । जोडदार सफलताको लागि तपाई भित्र सन्तुष्टिको भाव भन्दा माथि उठेर लगातार काम गनेर् चाहना हुनुपर्छ । साथै हुनुपर्छ अधिकांश मानिसको बाटोको बाधा बन्ने खालको असहायताको बन्धन तोड्ने साहस । आफ्नो निजी अवधारणा , जति उच्च हुन्छ, तपाई त्यति नै शक्तिवर , सकरात्मक र दृढ संकल्पवाला बन्नु हुनेछ । तपाई आफुलाई जति मन पराउनु हुनेछ , त्यति नै तपाईमा मौका लिने र अरुसंग धेरै बेरसम्म कुरा गर्ने प्रयास गर्ने विश्वास रहने छ । आफ्नो निर्धारित क्षेत्रमा तपाई जति धेरै राम्रो हुनुहुन्छ , जीवनको अरु क्षेत्रमा पनि त्यति नै शक्तिवर र आत्मविश्वासले भरिएको हुनु हुनेछ ।
विजय प्राप्त गर्नुस् :
सफलताकाे सबै महत्वपूर्ण सिद्धान्त मध्ये एक हो , “ विजयी वन ” को विचार । यो विचारले नै सफलता र असफलताको फरक बताई दिन्छ र यो बारम्बार देख्न पाइन्छ । यो िसद्धान्तले भन्छ , योग्यतामा अलिकति मात्र अन्तर परिणाममा धेरै ठुलो अन्तर आउँछ । यस्तो लाग्छ , हर क्षेत्रमा शीर्ष मानिस , महत्वपुर्ण कुरालाई , औसत ब्यक्तिले भन्दा राम्रो तरिकाले गर्न सक्छ । आफ्नो मुख्य कामको क्षेत्रमा लगातार राम्रो प्रदर्शन आखिरकार प्राप्त हुने परिणाममा धेरै ठुलो परिवर्तन गरिदिन्छ ।
वास्तविकतामा, तपाईलाई विजय प्राप्त गर्नको लागि आफ्नो कामको हर प्रमुख क्षेत्रमा केवल तीन प्रितशत राम्रो हुन आवश्यक छ । यो सफलताले तपाईलाई जिन्दगीको दौडमा सबैभन्दा अगाडि पुर्याउनमा सुधारका साथ आफ्नो प्रगति कायम राख्न सक्नुहुन्छ र त्यसमा वद्धि गर्न सक्नु हुन्छ । तपाई सिकेर र अभ्यास गरेर राम्रो , अझ राम्रो हुन सक्नुहुन्छ । यो रणनीतिका साथ, तपाई छिटै आफुलाई शीर्ष दश प्रतिशत या आफ्नो क्षेत्रका शीर्ष पाँच प्रतिशत मानिसमा पाउन सक्नुहुन्छ ।
प्रदर्शनको लागि स्तर निर्धारण गर्नुस् :
यदि तपाई वजन कम गर्न चाहनु हुन्छ भने सबैभन्दा पहिला आफ्नो बजन नाप्नुस् । यदि तपाई कुनै क्षेत्रमा सुधार ल्याउन चाहनु हुन्छ भने पहिला तपाईले यो कुरा पत्ता लगाउनु पर्ने छ कि यति बेला तपाईको त्यो क्षेत्रमा के स्थिति छ र फेरि त्यहि आधारमा प्रयोग गरेर सुधारको काम शुरु गनर्सु् । एक पटक तपाईले आफ्नो जिन्दगी र कामको ती क्षेत्र निर्धारण गर्नु भयो जसमा तपाईले निश्चित रुपमा सकारात्मक तरिकाले प्रदर्शन सुधार्नु पर्ने छ , भने फेरि तपाई हर रिजल्ट एरियामा आफुलाई न्यूनतम एक देखि लिएर अधिकत्तम दश सम्म अंक दिनुस् । यदि तपाईले आफ्नो काममा सफल हुनु छ भने सबैको रिजल्ट एरियामा तपाईको अंक सात भन्दा कम हुन्छ भने तत्काल त्यसमा सुधार गर्ने प्रयासमा जुट्नुस् ।
आफ्नो प्रदर्शनमा सुधारको काम त्यो क्षेत्रबाट गर्नुस् , जहाँ तपाईले सबैभन्दा तिव्रताले सबैभन्दा राम्रो परिणाम प्राप्त गर्ने आश गर्नु भएको छ । यो निश्चित रुपमा त्यसैको रिजल्ट एरियामा हुनेछ , जसमा तपाई तुलनात्मक रुपमा कमजोर हुनुहुन्छ । आफ्नो केआरएको सबैभन्दा कम अंक भएको क्षेत्र चिन्नुस् र यो क्षेत्रमा आफ्नो कौशललाई तिव्रताले सुधार्नको लािग योजना बनाउनुस् । यसको साथ साथै तपाईको बाँकी हर त्यो क्षेत्रमा विस्तार सुधारको प्रयास गर्नुस् जसमा तपाई कमजोर हुन ुहुन्छ ।
आफ्नो रिजल्ट एरियामा मध्य कुनै एकमा सुधारको लागि तपाईद्धारा उठाइएको हर कदम तपाईको कामको परिणाममा पनि सुधारको कारण बन्ने छ । तपाई आफ्नो काममा जति राम्रो हुनु हुनेछ , तपाईको आफुप्रति जति लगाव र सम्मान महशुस गर्नु हुन्छ , त्यति नै तपाईलाई राम्रो लाग्ने आज तपाई आफु प्रति जति लगाव र सम्मान महशुस गर्नुहुन्छ , त्यति नै तपाईलाई राम्रो लाग्ने छ र तपाईमा त्यतिनै धेरै उर्जा र उत्साह आउने छ । तपाई छिटै अपराजेय बन्नु हुनेछ ।
आफ्नो कमाई आफै निर्धारण गर्नुस् :
मानिस यो कुरामा म संग कयौं पटक बहस गर्न लाग्छन् । उनीहरु भन्छन् कारोबार या उद्योगमा तलबको ढाँचा यस्तो कुराले निर्धारण गरिएको हुन्छ , जसमा उनीहरुको कुनै नियन्त्रण हुंदैन । तर पनि म उनीहरुलाई यो कुरा याद दिलाउँछु , त्यो कारोबार या उद्योगमा जाने फैसला उसको आफ्नै थियो । उसले नै त्यसमा टिकिरहने फैसला गरेको थियो । उ नै यसकाे लागि जिम्मेदार छ । उनीहरु त आफ्नो तलबमा काम गरिरहेकाे छन् । यदि तपाई आफ्नो कामको कुनै भागबाट सन्तुष्ट हुनु हुन्न भने बदलाब तपाईले गर्नुपर्ने छ । वेंजामिन डिजराइलीले भनेका छन , “ न कहिल्यै गुनासो गर न कहिल्यै स्पष्टिकरण देउ । ”यदि तपाईको जिन्दगी या काममा कुनै यस्तो कुरा छ जसबाट तपाई सन्तुष्ट हुनुहुन्न तब त्यसको गुनासो गरिरहनमा समय नविताउनुस् । यसकाे साटो, यसलाई बदल्नको लागि कुनै पाइला चाल्नुस् । शेक्सपियरले हेमलेटमा यसको खुलासा गरेका छन् , “ समस्याको सागर पार गर्नका लागि हतियार उठाउँ र त्यसको विरोध गरेर खत्तम गरिदेउँ । ”
आफुलाई आफ्नो निजी कम्पनीको अध्यक्ष स्वीकार गर्नको लागि जरुरी छ , तपाई आफूसँग हुने हर कुरा र तपाई जे बन्न लाग्नु भएको छ , त्यसको जिम्मेवारी स्वीकार गर्नुस् । यो कयौं मानिसलाई अचम्मित बनाउने खालको ठुलो विचार हो । यो डर लगाउने खालको पनि छ र उत्साह बढाउने खालको पनि । कल्पना गर्नुृस् । तपाई आज जहाँ र जुन हातमा हुनु हुन्छ , त्यो तपाईको फैसलाको कारणले हुनु हुन्छ । तपाई बाँकीको जिन्दगीमा जे प्राप्त गर्नु हुनेछ , त्यसको निर्धारण यो कुराले हुने छ कि तपाई के कदम चाल्नु हुनेछ या चालिसक्नु भएको छ । तपाई जिम्मेदार हुनुहुन्छ । तपाईको हातमा कमान छ । पुरा नियन्त्रण तपाईको हातमा छ । तपाई आफ्नो बोस हो । तपाई के प्राप्त गर्ने सक्नु हुन्छ यसको कुनै सीमा छैन , मात्र त्यो सिमाको जुन तपाई आफ्नो दिलो दिमागमा आफ्नो लागि निर्धारण गर्नु हुन्छ ।
तपाईको श्रेष्ठतावाल्ाा क्ष्ोत्र :
त्यो कुन महत्वपुर्ण कारण हो जसले कुनै पनि कम्पनीको सफलता या असफलताको निर्धारण गर्छ ? यो हो प्रतिस्पर्धात्मक स्थिति या “ श्रेष्ठताको क्षेत्र । ” हर कम्पनी अस्तित्वमा आएर फेरि त्यसलाई कायम राख्छु , किनकी उसमा बजारका आफ्ना प्रतिस्पर्धाको तुलनामा कुनै न कुनै प्रकारले केहि उत्कृष्ट दिने क्षमता हुन्छ । उँ जबसम्म आफ्नो उपभोक्ताको आवश्यकता, अरुको तुलनामा कुनै न कुनै प्रकारले राम्रो तरिकाले पुरा गर्न सक्छ , तब सम्म कारोबारमा टिकिरहन्छ । ् प्रतिस्पर्धात्मक या विक्रिको लागि जरुरी अनौठो योग्यता युनिक सेलिंग प्रोयोजिशन (युएसपी ) नै कम्पनीको विकासको दर , विक्रिको आँंकडा , लाभ र त्यसको अस्तित्वको संभावनाको फैसला गर्छ । प्रतिस्पर्धामा ध्यान नदिने कम्पनीहरु छिटै बजारबाट गायब हुन्छ । उनीहरुको स्थान सफा , सुस्पष्ट , प्रतिस्पर्धात्मक यस्ता कम्पनीले लिनेछन् , जसको लागि उपभोक्ता आफ्नो पर्स खोल्न तयार हुन्छन् ।
तपाई पनि केहि अलग हुनुहुन्छ । एक निजी कम्पनीको अध्यक्षको हैसियतले , तपाईले पनि केहि प्रतिस्पर्धात्मक बृद्धि प्राप्त गरेर त्यसलाई कायम राख्नुपर्छ । तपाईले पनि एक विशेष योग्यता प्राप्त गर्नु पर्छ । तपाईले आफ्नो कामलाई सय प्रतिशत श्रेष्ठता प्राप्त गर्नुपर्छ ताकि आफ्नो क्षेत्रमा शीर्षमा पुग्न सक्नुहोस् । आफ्नो प्रतिस्पर्धात्मक बृद्धि पत्ता लगाउनमा तपाईद्धारा रोजिएको विकल्प र फैसला नै तपाईको जिन्दगी र क्यारियरमा तपाईको आर्थिक सफलता निर्धारण गर्ने छ ।
तपाई कति उत्कृष्ट हुनुहुन्छ ?
तपाई आफ्नो काममा कति राम्रो हुनु हुन्छ , त्यो पत्ता लगाउने धेरै सजिलो तरिका हो : के तपाई धेरै माग गर्नु हुन्छ ? यदि तपाई काममा धेरै राम्रो हुनुहुन्छ भने मानिस तपाईलाई वर्तमान नोकरीबाट आफ्नोमा राख्नको लागि हतारिने छन् । तपाईलाई नियमित्र रुपमा नोकरीको लागि निम्ता मिलिरहने छ । यदि तपाई स्वरोजगार हुनुहुन्छ भने तपाईकोमा आवश्यक भन्दा धेरै काम आउने छ । तपाईकोमा सन्तुष्ट उपभोक्ताबाट सिफािरस र मानिससँग सम्पर्कको लागि सूचना आइरहने छ ।
जब तपाईको माग हुन्छ तब तपाईको नोकरी सुरक्षित रहन्छ । तपाईलाई थाहा छ कि यदि तपाईको वर्तमान नोकरी केही भयो भने भोली तपाई सडक पार गरेर दोश्रो नोकरी प्राप्त गर्न सक्नु हुन्छ । वित्त ब्यवस्थाको उत्तार चढावलाई लिएर तपाई कहिल्यै चिन्तिन हुनु हुन्न , किनकी तपाई सँग एक दिनमा संभालि नसक्नु मौका छन् । जब तपाई यो विन्दुमा पुग्नु हुन्छ तब तपाईले थाहा पाउनु हुन्छ कि तपाई आफ्नो कार्यक्षेत्रको श्रेष्ठ मानिस मध्ये एक हो । तपाईलाई आफ्नो बारेमा गजबको अनुभूति हुनेछ । तपाईको आफ्नो भविष्यमा पुर्ण रुपमा नियन्त्रण हुनेछ , …………. धन्यबाद ।
निदर्शेक तथा अन्वेषक : मिलन आफन्त (शताब्दी वर्ष व्यक्ति)
समाप्त